कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

नेपाल उद्योग परिसंघले बुधबारदेखि आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना प्रस्तुत (शोकेस) गर्ने भएको छ । प्रदेश–२ बाहेकका ६ वटा प्रदेशका सम्भाव्यता अध्ययन भइसकेका ३३ सहित यति संख्यामा परियोजना शोकेस गर्न लागिएको हो ।

329
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किलो मिटर सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ । सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ ।

255
नरी बडु
सोमवार, भदौ २३, २०७६

बैतडीको जुलाघाटस्थित नेपाल–भारत सिमानाका जुलाघाटमा मोटरेवल पुल निमार्णको माग गर्दै आइतबारबाट बैतडीमा अनिश्चितकालीन अनशन शुरु भएको छ । महाकाली नदीमाथी मोटरेवल पुल निर्माणमा लागि जुलाघाट पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन शुरु गरेको हो । पुल निर्माका लागि सरकारी पक्षबाट पहल शुरु नहुन्जेलसम्म अनशन जारी रहने संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए ।

197
रासस
सोमवार, भदौ २३, २०७६

कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घिउ दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ । प्रायः स्थानीय तहहरू सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा संघीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ ।

238
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो ।

315
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट खोटाङको ६ सय ५७, ओखलढुङ्गाको ४ सय ७९ र सोलुखुम्बुको १४ गरी एक हजार एक सय ५० घरधुरी स्थानीयवासी प्रभावित हुने भएका हुन् ।

141
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महिना नियमित यातायातका साधन चल्ने भएको छ । उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भइ सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महिना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो ।

237
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

पोखरा महानगरपालिका २२ (पुम्दी—भुम्दी) मा एक करोड ३७ लाख १९ हजार ४ सय ५६ रुपैयाँको लगानीमा हालसम्म १ हजार ४ सय ८७ वटा घरमा एक घर एक धारा जडान गरिएको छ ।

229
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

जिल्लाको फुङलिङ नगरपालिका–५ स्थित माछापोखरी बस्तीका एक दर्जन परिवारले नजिकैको पानीको मुहान प्रयोग गर्थे । तर जग्गाधनी सरिता लिम्बुले मुहान क्षेत्रमै घर बनाइन् । पानीको मुहान सुक्ने खतरा तथा पानी दुषित बन्यो । बस्तीमा पानीको विवाद मिलेन । नगरपालिकाको न्यायिक उपसमितिमा उजुरी प-यो । न्यायिक उपसमितिले मुहानलाई असर नपर्ने गरी घर निर्माण गर्न आग्रह ग-यो । तर उपभोक्ता न्यायका लागि भन्दै जिल्ला अदालत पुगे ।

250
भीम गौतम
आइतवार, भदौ २२, २०७६

नेपालबाट १० वर्षभित्र १५ हजार मेगावाट किन्ने योजना बनाएको छिमेकी राष्ट्र भारतले यसका लागि पहलकदमी अघि बढाएको छ । छिमेकी राष्ट्र नेपाल र भुटानबाट भारतमा बिजुली ल्याउने योजना बनाएको भारत सरकारले यसका लागि पहल थालेको हो । बिहीबार नेपालसहित वंगलादेश, भुटान र भारत अर्थात बीबीआईएन देशसँग विद्युत् व्यापारका लागि गरेको छलफलमा भारतीय अधिकारीहरूले स्पष्ट रूपमा भारतले छिमेकी राष्ट्रहरूबाट बिजुली किन्न चाहेको बताउँदै यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए ।

2575
लक्ष्मीप्रसाद सापकोटा
शुक्रवार, भदौ २०, २०७६

केवलकार मोडलमा निर्माण गरिएको कुुश्मा–बलेवा यान्त्रिक पुल पर्वतको कुश्मा र दक्षिण बागलुङका स्थानीयवासीका लागि यातयातको विश्वासिलो साधनका रूपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडको बिहीबार कुश्मामा सम्पन्न आठौँ साधारणसभामा बोल्ने वक्ताहरूले यान्त्रिक पुल यस क्षेत्रका बासिन्दाका लागि यातयातको भरपर्दो साधनका रूपमा विकास भएको बताएका हुन् ।

242
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

सोचेभन्दा चाँडो खानेपानी आयोजनाको काम भएपछि स्थानीय तथा कर्मचारी दंग छन् । इलाम बजारमा सञ्चालन भइरहेको खानेपानी आयोजनाले गति लिएपछि यहाँका स्थानीय, उपभोक्ता समितिका पदाधिकारी तथा कर्मचारी दंग भएका हुन् । इलाम सदरमुकाममा सञ्चालित खानेपानी आयोजनाले सोचेभन्दा चारगुणा चाँडो गति लिएसँगै उनीहरु हर्षित छन् । ‘इलाम बजार तेस्रो साना खानेपानी आयोजना’को काम हालसम्ममा ४ प्रतिशत सम्पन्न गर्ने लक्ष लिइएको थियो तर १९ प्रतिशत काम भएको आयोजनाका प्रमुख इञ्जिनियर मेघराज धिमालले बताए ।

169
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

विद्युत उत्पादनको हिसावले उर्बर मानिएको संखुवासभामा सर्भे भएको विद्युत उत्पादन क्षमता मात्र ३ हजार मेगावाट भन्दा बढी छ । सर्भे हुन बाँकी थुप्रै खोलाहरुबाट पनि विद्युत निकाल्न सकिने सम्भावना छन् । ३ दर्जन भन्दा बढी साना ठूला विद्युत उत्पादन हुनसक्ने संभावना रहेपनि सरकारको उचित ध्यान पुग्न नसक्दा अहिलेसम्म ३ वटा साना खोलाहरुबाट मात्र विद्युत उत्पादन भइरहेको छ । वि.सं. २०५७ सालमा पहिलो पटक पिलुवा खोलाबाट विद्युत उत्पादनको काम भएयता जिल्लामा साना खोलाहरु पिलुवा, हेवाँ र सभाखोलाबाट मात्र विद्युत उत्पादन भइरहेको छ ।

276
रासस
शुक्रवार, भदौ २०, २०७६

धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमको प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्नेे पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताए । ‘खोलामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ’, उनले भने ।

178
निरु अर्याल
शुक्रवार, भदौ २०, २०७६

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सञ्चालित सबैजसो आयोजना कार्यान्वयनमा ढिलाइ भएको छ । नेपालमा सञ्चालित सडक, शिक्षा, सहरी पूर्वाधार र ऊर्जा क्षेत्रका आयोजना कार्यान्वयनमा ढिलाइ भएको एडीबीले जनाएको छ । एडीबीको ऋण सहयोगमा सञ्चालन भइरहेको सासेक हाइवे सुधार आयोजना गत चैतको मध्यतिरै सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार परिचालनदेखि परामर्शदाता नियुक्तिसम्मका कारणले ढिलाइ भएको हो ।

399