कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

बाँकेको खजुरा गाउँपालिकालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । कृषि र सहरलाई हरित बनाउन ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्ट सञ्चालनका लागि गतवर्ष खजुरा गाउँपालिकाले संयुक्त राष्ट्र संघअन्तर्गतको चाइना इन्स्टिच्युट फर साउथ को–अपरेसन इन एग्रिकल्चरमा प्रस्तावनापत्र पेश गरेको थियो ।

285
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

विकास योजनामा ढिलासुस्ती हुनु नेपालमा कुनै नौलो कुरा होइन । यस्तै ढिलासुस्तीका योजना म्याग्दीमा पनि छन् । जिल्लाका विकास योजनामा तत्कालीन जिविसभन्दा स्थानीय तह ग्रामीण भेगको विकास योजनामा प्रभावकारी देखिए पनि प्रदेश र संघबाट निरन्तरता दिएका योजना प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् ।

253
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

२०४३ साल चैत ६ गते मदिरा बनाउनका लागि कोदो पकाउँदा आगो घरमा सल्किएपछि पुरै गाउँ जलेको सम्झँदा मेलम्ची नगरपालिका–८ गिरानचौरका सिंंगेमान तामाङ अझै झस्कन्छन् । डरलाग्दो गरी आएको हावासँगै बढेको आगोको झिल्कोले खरानी तुल्यायो उनको सिंगो गाउँ । सिंगो गाउँ जलेको बिर्सिन दसकौं लाग्यो गिरानचौरवासीलाई । विस्तारै तंग्रिन थालेको बस्तीमा त्यो विपद पुरानो नहुँदै १२ वैशाख २०७२ को भूकम्पले फेरि उही गतिमा पु-याइदियो ।

558
भीम गौतम
शुक्रवार, असार २७, २०७६

नेपाल र भारतबीचमा ग्रीड सिंक्रोनाइजका लागि नेपालका आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडान गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बीच भारतस्थित भएको बैठकले एसपीएस कार्यान्वयन प्रतिवेदन स्वीकृत गरेसँगै ग्रीड सिंक्रोनाइजका लागि आठ स्थानमा यस्तो प्रणाली जडान हुने भएको हो । बैठकले ग्रीड सिंक्रोनाइजका लागि एसपीएसलाई पूर्वसर्तको रूपमा लिइन्छ ।

435
अमरराज आचार्य
बिहिवार, असार २६, २०७६

को नीति कार्यक्रममा यस्तो उल्लेख गरेको छ । गाउँपालिकाले सडक सञ्जालले जोडनका लागि सडक निर्माणकार्यलाई प्राथमिकता दिएको जनाएको छ । राजपुर गाउँपालिका भौगोलिक रूपमा विकट छ ।

245
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

सरकारले अघि बढाउन लागेको दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइनको मोडालिटी (प्रारूप) बारेमा अलमल देखिएको छ । अन्तरदेशीय प्रसारणलाइन बनाउनका लागि दुवै देशबीच सहमति भए पनि नेपाल र भारतबीच कुन मोडालिटीमा बनाउने भन्नेमै अलमल देखिएको हो ।

370
कारोबार संवाददाता
बुधवार, असार २५, २०७६

रिडी हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको साढे ८ मेगावाटको सौर्य (सोलार) विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बैंक अफ काठमाडौंको अगुवाईमा सिटिजन्स इन्टरनेशनल र नेपाल बंगलादेश बैंकले ऋण लगानी गर्न गर्न सम्झौता भएसँगै वित्तीय व्यवस्थपान भएको हो । विद्युत् विकास विभागबाट धेरै सोलार आयोजनाले अनुमतिपत्र (लाइसेन्स) लिएपनि वित्तीय व्यवस्थापन भएर निर्माणमा जाने लागेको ग्रीड कनेक्सन हुने यो सबैभन्दा ठूलो सोलार आयोजना हो ।

343
कारोबार संवाददाता
बुधवार, असार २५, २०७६

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरीको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सिए÷तुलसी कन्स्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

228
कारोबार संवाददाता
बुधवार, असार २५, २०७६

पर्यटकीयस्थलको रूपमा रहेको आँबुखैरेनी–५ स्थित छिम्केश्वरी मन्दिर मनकामना मन्दिरकै शैलीमा पुनर्निर्माण भइरहेको छ । तनहुँकै अग्लो छिम्कालेकमा ढुंगाको गारो लगाई बनाइएको मन्दिर जीर्ण भएपछि आँबुखैरेनी गाउँपालिकाले पुनर्निर्माण सुरु गरेको हो । गाउँपालिकाले मन्दिरका लागि २० लाख बजेट विनियोजन गरेपछि गत फागुनदेखि मन्दिर पुनर्निर्माणकार्य सुरु गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।

360
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

असार महिनामा धेरै पानी पर्छ । तर यस वर्षको असारमा पर्याप्त वर्षा हुन नसक्दा किसान त मारमा परेका छन् नै हाइड्रो सञ्चालकहरू पनि उत्तिकै घाटामा छन् । पर्याप्त पानी नपर्दा खोलामा पानीको सतह घटेर हाइड्रोको उत्पादनमा कमी आएसँगै सञ्चालकहरू घाटामा गएका हुन् । हिउँदमा सुकेका खोला खोल्सा असारको तस्रो साता वितिसक्दा पनि बढ्न सकेका छैनन् । खोलामा पानीको बहाव वढ्न नसक्दा हाइड्रोको समेत उत्पादन बढ्न सकेको छैन । हाइड्रोले क्षमता बमोजिम उत्पादन बढाउन नसक्दा घाटामा गएका छन् ।

537
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

प्रभावित क्षेत्रका अगुवाहरूले बेनी–कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिले सुझाव दिएका हुन् ।

376
भीम गौतम
मंगलबार, असार २४, २०७६

‘ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)लाई जनताको जलविद्युत् कार्यक्रमको कोष प्रबन्धक (फण्ड म्यानेजर) को जिम्मा दिने निर्णय गरेको छ । जलविद्युत् आयोजनामा लगानी जुटाउन गठन गरिएको संस्थालाई फण्ड म्यानेजरको जिम्मा दिन लागिएको हो । कोषले स्थापनाको लक्ष्यअनुसार काम नगरेको भन्दै आलोचना भइरहेका बेला सरकारले अर्कै जिम्मेवारी दिन लागेको हो ।

737
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एसियाली बिकास बैंक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।

342
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकी छिन् । उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गरेकी हुन् । ऐन पारित भएपछि विदेशमा खानेपानीको निर्यात गर्न बाटो खुल्नेछ । नेपाल सरकार वा अनुमतिपत्र प्राप्त संस्था वा कम्पनीले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्ने ऐनमा व्यवस्था छ । यसअघि खानेपानी र सरसफाइसम्बन्धी छुट्टै कानुन थिएन ।

363
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

गैरआवासीय नेपाली संघ सातौं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठकले नेपाली मूलका विदेशी नागरिकहरुलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको छ । संघका क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम ऊ क्याउ तिनको प्रमुख आतिथ्यता, म्यानमारका लागि नेपाली राजदूत भिम उदास, प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको विशेष आतिथ्यता, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो पदाधिकारी सल्लाहकार एवं अभियन्ताहरुको उपस्थितिमा आइतबार म्यानमारको यांगुनमा बैठक सम्पनन भएको थियो ।

221