भीम गौतम
बुधवार, मंसिर १३, २०७४

सरकारले आफूसँगको समझदारी एकतर्फी रूपमा खारेज गरेको भन्दै चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)ले बूढीगण्डकी जलाशययुक्त आयोजनाका सम्बन्धमा गरिएको निर्णय उल्ट्याउन आग्रह गरेको छ । आयोजना निर्माणको समझदारी भंग गर्ने सम्बन्धमा उल्लेखित शर्त पालना नगरिएको भन्दै कम्पनी रुष्ट देखिएको छ । कम्पनीले सरकारलाई लेखेको पत्रमा सहमति रद्द गर्नुपूर्व तीस दिने सूचना दिनुपर्ने भएपनि नदिइएको उल्लेख छ ।

1935
रासस
मंगलबार, मंसिर १२, २०७४

नेपाल दमकल अभियानले दुई लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्यले आजदेखि एउटा क्राउडफन्डिङ अभियान सुरु गरेको छ । दमकल ढुवानी गर्न र अभियानलाई आर्थिक सहयोग जुटाउनाका साथै नेपाल भित्रिँदै गर्दा यस यात्राको अविस्मरणीय वृत्तचित्र निर्माण गर्न प्रयोग गरिनेछ ।

569
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १४ अर्ब रूपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धनबाट सो रकम संकलन गरेको हो ।

610
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका विभिन्न तीन आयोजना एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको छ । प्राधिकरणले गौतम बुद्ध विमानस्थल सुदृढीकरण, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको हो ।

1212
सरस्वती ढकाल
मंगलबार, मंसिर १२, २०७४

उद्योग विभागले खानीजन्य उद्योगका लागि २ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) स्वीकृत गरेको छ । सोलुखुम्बुको दुधकोसी गाउँपालिका आसपासमा रहेको तामा उत्खननका लागि विभागले चिनियाँ लगानी अघिल्लो साता स्वीकृत गरेको हो । मुलुकको खानीजन्य उद्योगमा उल्लेख्य रुपमा विदेशी लगानी नआइरहेका बेला सरकारले लगानी सहजीकरण गरेपछि पहिलोपटक ठूलो लगानी भित्रिएको हो ।

1663
दीननाथ बराल
सोमवार, मंसिर ११, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आगामी दुई वर्षमा उज्यालो नेपाल बनाउने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको आयोजनामा आइतबार पोखरामा आयोजित पोखरा स्मार्ट सिटीको अवधारणा विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले आफ्नो दुई वर्षीय कार्यकालमा हरेक नेपालीलाई विद्युत्को पहुँच पुर्याउन आफूहरूले उज्यालो नेपाल अभियान ल्याएको बताउँदै त्यसलाई दुई वर्षभित्र उज्यालो नेपाल बनाएरै छाड्ने दाबी गरे ।

702
भीम गौतम
सोमवार, मंसिर ११, २०७४

भारतबाट आयात हुने विद्युत् कटौती भएसँगै हिउँदका लागि नेपालमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । भारतीय सर्वोच्च अदालतको फैसलासँगै दुई नाका हुँदै नेपाल आयात हुने ५५ मेगावाट विद्युत् कटौती भएपछि डिसेम्बरदेखि नै विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको हो ।

726
रासस
आइतवार, मंसिर १०, २०७४

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित सुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रूप लिने भएको छ ।

944
भीम गौतम
आइतवार, मंसिर १०, २०७४

नेपाल विद्युत् प्राधिकरणबाट चार वर्षअघि विकास समितिमातहत पुगेको बूढीगण्डकी जलाशययुक्त आयोजना फेरि प्राधिकरणमै फर्किएको छ । १ हजार २ सय मेगावाट क्षमताको यो आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने पूर्ववर्ती पुष्पकमल दाहाल सरकारको निर्णय उल्ट्याउँदै सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । कात्तिक २७ मा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)सँगको समझदारी खारेज गरेको मन्त्रिपरिषदले स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै शुक्रबार विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेसँगै फेरि फर्किएको हो ।

1003
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

नेपालमा ऊर्जाको पहुँच ८५ प्रतिशत जनतामा पुगे पनि अर्थतन्त्रमा भने २ प्रतिशतको योगदान दिएको प्रतिवेदन सार्वजनिक भएको छ । युनाइटेड नेसन कन्फरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्ट (यूएनसीटीएडी) द्वारा बिहीबार नेपाललगायत विश्वभर एक साथ सार्वजनिक भएको परिवर्तनकारी ऊर्जा पहुँचबारेको अति कमविकसित राष्ट्रहरूको प्रतिवेदनमा यस्तो सार्वजनिक गरिएको हो ।

773
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

राष्ट्रिय जनता पार्टीले नेपालले आधुनिक सहर, युवालाई ऋणदेखि फ्रि इन्टरनेटसम्म समेटेर घोषणापत्र सार्वजनिक गरेको छ । आधुनिक सहर निर्माण गर्नेदेखि फ्रि इन्टरनेटको व्यवस्था गर्ने विषय घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ । सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामाकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको योजना छ ।

633
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

बैंक र नगरपालिकाको लापरबाहीका कारण सुर्खेतका केही नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । तथ्यांक संकलन तथा व्यवस्थापनमा बैंक र नगरपालिकाका कर्मचारीको लापरबाहीका कारण गतवर्ष सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका केही नागरिकहरू यस वर्ष वञ्चित भएका हुन । गत वर्ष बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएका सदरमुकाम वीरेन्द्रनगरसहित भेरीगंगा, सुभाघाट र पञ्चपुरी नगरपालिकामा उक्त समस्या देखिएको हो । तथ्यांकमा नाम नहुँदा अघिल्ला वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका केही नागरिक यस वर्ष बञ्चित भएको वीरेन्द्रनगर– ११ का वडाअध्यक्ष नन्दलाल शर्माले बताए ।

569
भीम गौतम
बिहिवार, मंसिर ७, २०७४

नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर रहने गरी ‘सीजीआईजी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनी’ स्थापना भएको छ । बुटबल पावर कम्पनी (बीपीसी)को २० प्रतिशत तथा तीन चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व रहनेगरी जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनी स्थापना भएको हो ।

2561
प्रगति ढकाल
मंगलबार, मंसिर ५, २०७४

भर्खरमात्रै जर्मनीको बोनमा सम्पन्न भएको संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरू बीचको २३औं अन्तर्राष्ट्रिय सम्मेलनका उपलब्धिलाई नेपाललगायतका अल्पविकसित राष्ट्रहरूले सन्तोषजनक उपलब्धि मानेका छन् । जलवायु परिवर्तनसम्बन्धी क्योटो प्रोटोकलमा मात्रै सीमित जलवायु अनुकूलन कोषलाई पेरिसमा भएको सम्झौतामा पनि राखिने निर्णयसँगै कोषको भविष्य सुनिश्चित रहेको भन्दै कोप २३ लाई सन्तोषजनक उपलब्धि मानिएको हो ।

1242
भगवान खनाल
सोमवार, मंसिर ४, २०७४

सरकारले प्रदेशसभा निर्वाचन आउन करिब एक हप्तामात्रै बाँकी छँदासमेत प्रदेश सरकारको व्यवस्थापनमा आवश्यक कदम नचाल्दा प्रदेशको व्यवस्थापनमा ढिलाइ भएको छ । संविधानले प्रदेशको लागि दिएको अधिकार सञ्चालनको लागि सरकारले तत्कालै नमुना कानुनलगायतका कार्यविधि बनाउने कार्यमा ढिलाइ गरेको हो । निर्वाचनको मुखैमा पनि प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख तोक्ने कार्यमा बिलम्ब हुँदा प्रदेशमा खटिने कर्मचारीबारे पनि अन्योल सिर्जना भएको छ ।

766