कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

नेपालमा लामो समयदेखि ऐन नियममा सुधार हुन नसक्दा सम्भावना भएका क्षेत्र पनि छायाँमा परेको सरोकारवालाले बताएका छन् । औषधि उत्पादनका क्षेत्रमा आत्मनिर्भरतासँगै निर्यात गर्नेसम्मका सम्भावना भए पनि लगानीमैत्री वातावरण र नीतिगत सुधार हुन नसक्दा आयातको हिस्सा धेरै भएको उनीहरूको भनाइ छ । देउराली जनता फर्मास्युटिकल्सको २७ औं वार्षिक साधारणसभामा सरोकारवालाहरूले नीतिगत सुधार र उत्पादनमा सहजीकरण गर्ने हो भने औषधि उद्योगबाटै नेपालले व्यापारघाटा कम गर्नसक्ने धारणा राखे ।

783
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

पर्साको ठोरी गाउँपालिकाको गाउँसभा सोमबार सम्पन्न भएको छ । सभाले आव ०७४÷७५ का लागि विनियोजन गरेको २४ करोड ८७ लाख ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

728
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

जिल्लाका अधिकांश स्थानीय तहले वातावरणीय मूल्यांकन र कार्यविधि बिना नै डोजर लगाएर विकास निर्माणका कार्य गर्न थालेका छन् । स्थानीय तहहरूले सडक निर्माण, फिल्ड निर्माण र अन्य विकास निर्माणका काममा डोजर लगाउने गरेका हुन् ।

2666
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

चुरे संरक्षित क्षेत्रभित्र पर्ने तनहुँको देवघाट गाउँपालिका–५ भुवनटार घाटमा गिट्टी बालुवाको अवैध रूपमा उत्खनन भएको पाइएको छ । तत्कालीन जिल्ला विकास समितिले हाते सामग्री मात्र प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न टेन्डरमार्फत अनुमति दिए पनि ठेकेदारले नियमविपरीत जेसीभी र एक्जाभेटरको प्रयोग गरी मापदण्डभन्दा धेरै परिमाणमा नदीजन्य सामग्रीको उत्खनन र निकासी गर्दै आएका छन् ।

870
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

तनहुँमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगतिबारे कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चासो राखेका छन् ।

1710
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

पलाँता गाउँपालिकाले स्थानीय सडक निर्माणका लागि कार्यदल बनाएको छ । कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणकार्यमा काम गरेको हो ।

1161
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

नेपाल विद्युत् प्राधिकरण र २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धकबीच विद्युत् खरिद सम्झौता (पीपीए) मा हस्ताक्षर भएको छ । ४ दिनअघि विद्युत् प्राधिकरण सञ्चालक समितिले पीपीए गर्ने निर्णय गरेकोमा आइतबार प्राधिकरण र प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वो सेक यीले हस्ताक्षर गरेका छन् ।

1095
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

जलविद्युत् क्षेत्रका विज्ञ र प्रवद्र्धकहरूले जलविद्युत् क्षेत्रमा लगानी गर्न नेपालको दायरा फराकिलो रहेको बताएका छन् । ऊर्जा विकास परिषद्ले आयोजना गरेको नेपाल पावर इन्भेस्टमेन्ट समिट–२०१८ को अवसरमा आइतबार आयोजित ‘नेपालको ऊर्जाको क्षेत्रमा वैदेशिक लगानी’ (एफडीआई) बारेको छलफलमा सहभागी विज्ञ तथा प्रवद्र्धकहरूले प्रतिव्यक्ति ऊर्जा खपत कम हुनु तथा उत्पादनको अवस्था कमजोर रहनुलगायतका कारण नेपालमा ऊर्जाको बढी माग रहेकाले एफडीआई बढी आवश्यक रहेको बताए ।

1459
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

१० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादनको मुख्य नारासहित शनिबारदेखि काठमाडौंमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ सुरु भएको छ । ऊर्जा विकास परिषद् (ईडीसी) को मुख्य आयोजनामा सुरु भएको पावर समिटिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जलविद्युत् लगानीमैत्री वातावरण बनाउने बताइन् । जलविद्युत्मा बाह्य लगानी आकर्षित गर्नुपर्ने बताउँदै उनले यसका लागि सरकारले सबै किसिमको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

1113
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

सुदूरपश्चिम क्षेत्रका बासिन्दाहरूले तीन महिनाभित्र अन्योल नहटे बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउन अघि बढ्ने बताएका छन् । शनिबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईप्पान र सुदूरपश्चिम सरोकार मञ्चले काठमाडौंमा आयोजना गरेको पश्चिमसेती जलविद्युत्सम्बन्धी छलफलमा उनीहरूले २२ वर्षदेखि सुदूरपश्चिमबासीले पश्चिम सेती निर्माणको प्रतिक्षा गरिरहेको बताउँदै तीन महिनाभित्र अन्योल नहटे स्वदेशी लगानीमा निर्माणका लागि प्रकृया अघि बढाउने बताए ।

2423
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना पूर्वाधार विकासको नमूनाको रूपमा अघि बढेको छ । नेपालमै पहिलोपटक चीनबाट ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सफलताका साथ दु्रतगतिमा सुरुङ निर्माणले तीव्रता पाएको छ । यससँगै सिँचाइ, जलविद्युत्, ग्रामीण सडक सुधार र रोजगार प्रवद्र्धनमा पनि आयोजना विकासको नमुनाको रूपमा अघि बढेको हो ।

3830
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले पहिला जारी भएको कार्यविधिमा भएका सबै प्रक्रिया पूरा भएमात्र पूर्वसर्त लागू हुने गरी निर्णय भएको बताएका छन् ।

1415
लक्ष्मी सापकोटा
बिहिवार, माघ ११, २०७४

लामो समयदेखि चर्चामा रहेको रक्सोल–अमलेखगन्जको पेट्रोलियम पाइपलाइन विस्तारका लागि पाइप भित्रन थालेका छन् । इन्डियन आयल कर्पाेरेशन (आईओसी)ले मोतीहारीदेखि अमलेखगन्जसम्म पाइपलाइन विच्छ्याउन आवश्यक पर्ने पाइप भित्र्याउन सुरु गरेको हो । बुधबार दोस्रो लटका २७ लरी पाइप वीरगन्ज भन्सार कार्यालयमा आइपुगेका छन् ।

1878
भीम गौतम
बिहिवार, माघ ११, २०७४

अनुमतिपत्र (लाइसेन्स) जारी भएको १० वर्षपछि नेपाल विद्युत् प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । प्रवद्र्धक कम्पनीले ८० प्रतिशत डलरमा भुक्तानी पाउने गरी बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

2333
केदार दाहाल
बिहिवार, माघ ११, २०७४

ललितपुरको भट्टेडाडाँमा जडान गरिएको नयाँ राडारबाट नेपाली हवाई आकाशको निगरानी सुरु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले राडार जडानका लागि ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रूपमा आगामी माघको १८ गतेदेखि सुरु हुने छ ।

1426