कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने आयोजनाले जनाएको छ ।

3519
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

हुम्लाका बासिन्दाका लागि जडिबुटी दीर्घकालीन आम्दानीको स्रोत हुनसक्ने सम्भावना देखिएको छ । ५१ प्रतिशत भूभाग उच्च हिमाली भेग रहेको हुम्लामा दुर्लभ जडिबुटी उत्पादनले जिल्लाका बासिन्दाका लागि अहिले पनि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

2518
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

डडेल्धुरामा प्रदेश नं ७ कै ठूलो शीत भण्डार (कोल्डस्टोर) सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका–१ दहब्यारेकनजिक आधुनिक प्रविधिसहितको उग्रतारा शीत भण्डार उद्योग प्रालि निर्माण भएको छ ।

1496
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

महाकाली नदीमा अहिलेसम्मकै ठूलो लगानीमा पुल निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा क्षेत्रफल र ठूलो लगानीमा चार लेनको पक्की पुल बन्न लागेको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

1525
डा. प्रकाशकुमार श्रेष्ठ
सोमवार, बैशाख ३, २०७५

दाङमा विस्तारै विकाश निर्माणले गति लिन थालेको छ । विकासले गति लिएसँगै बजारसमेत भरिँदै गएको छ । पश्चिम दाङ हुदै दाङ–सुर्खेत जोड्ने बाटोको स्तरोन्नतिको काम सुरु भएको छ भने हापुरे, पञ्चकुले, बाघमारे, रगैंचालगायतका बजार भरिँदै गएका छन् ।

1463
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

आगामी असारसम्म २२ मेगावाट बिजुली थप हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापञ्चकन्यामा बागमती जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

1844
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

प्यूठान अस्पताल बिजुवारमा ‘डेन्टल’ सेवा सुरुवात गरिएको छ । अत्याधुनिक मेसिन जडानसँगै सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सुचारु भएसँगै दाँतसम्बन्धी सम्पूर्ण सेवा अस्पतालबाट प्रदान गर्न सकिने अस्पतालका निमित्त प्रमुख अच्यूतराज कार्कीले बताए । नयाँ वर्षको सुरुवातसँगै अस्पतालले दन्त सेवा सञ्चालनमा ल्याएको हो ।

979
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

तनहुँका सांसद तथा एमालेका नेताहरूले बिहीबार प्रदेश नम्बर ४ का मुख्यमन्त्री र दुईजना मन्त्रीलाई भेटी जिल्लाका विभिन्न गौरवका योजनालाई प्रदेश सरकारको नीतिमा समेटेर कार्यान्वयन गर्न माग गरेका छन् ।

888
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

१० वर्षे सशस्त्र द्वन्द्वबाट थला परे पनि रोल्पा आर्थिक समृद्धिको आशमा छ । द्वन्द्वका क्रममा जिल्लामा कुनै पनि विकास निर्माणको कामले गती लिन सकेन । भएका भौतिक संरचना पनि भत्काइए ।

2126
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध वा कुनै धार्मिक उत्सवमा युवाले नै रमाइलो गर्थे । गाउँमा प्राकृतिक, दैविक विपत्ति आइलाग्दा त्यसलाई नियन्त्रण गर्न र गाउँको बचाउ गर्न युवा नै अग्रसर हुन्थे । कोही बिरामी परे उपचारमा लैजान होस् या रातभरि रुघ्न, युवा नै तयार हुन्थे । तर, अहिले परिस्थिति फेरिएको छ । हिँजोआज यी सबै काममा गाउँका बुढापाका नै तयार हुनुपर्ने बाध्यता छ । प्रायः युवाजति रोजगारीका लागि गाउँबाट बाहिरिएका छन् । बुढापाका र विद्यालय पढ्ने उमेरका केटकेटीबाहेक गाउँमा प्रायः कोही देखिँदैनन् ।

2424
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन निजी र सार्वजनिक क्षेत्रको सहकार्यसँगै उत्पादनमूखी लगानीमा जोड दिइएको छ ।

908
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

नेपालमा एक वर्षको बीचमा तीन तहको निर्वाचन सकिएका छन् । एक वर्षमा स्थानीय तह, प्रदेश तह र संघीय सरकार बनेका छन् । सबै तहमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका बनेका छन् । विभागीय मन्त्रालयहरू बनेर काम सुरु भएका छन् ।

1166
प्रगति ढकाल
आइतवार, बैशाख २, २०७५

जलाधार व्यवस्थापनबाट पछिल्लो समय सुदूरपश्चिममा देखिएको पानीको समस्या निराकरण हुँदै गएको छ । सुदूरपश्चिमको तल्लो पश्चिम सेती र बूढीगंगा जलाधार क्षेत्रभित्र पर्ने ६ वटा (बाजुरा, डोटी, अछाम, डडेल्धुरा, बझाङ र बैतडी) जिल्लामा जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयनबाट पानीको संकट टर्दै गएको हो ।

1262
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

पूर्वी पहाडी जिल्ला पाँचथर दुई पर्यटकीय जिल्ला उत्तरमा ताप्लेजुङ र दक्षिणमा इलामसँग सिमाना जोडिए पनि गुमनाम रहँदै आएको छ । जिल्लाको पूर्वी सिमना भारतसँग जोडिएको छ । बिभिन्न कुरामा सम्भावना रहे पनि पाँचथरले ती सम्भावानहरूको सदुपयोग गर्न सकेको छैन । पूर्वमा भारतको सिक्किम र र पश्चिम बंगालसँग सिमाना जोडिएको जिल्ला हो । पाँचथर जिल्ला कुल क्षेत्रफल १२४१ वर्ग किमि छ । पाँचथरको ६५,५४७ हेक्टर जमिन कृषि योग्य जमिन छ । पाँचथरमा ७ गाँउपालीक र एक नगरपालीका छ ।

1068
दीननाथ बराल
आइतवार, बैशाख २, २०७५

मुलुक संघीय संरचनामा अघि बढेसँगै विभिन्न प्रदेशहरूले आ–आफ्नो प्रदेशका जनताको जीवन स्तरमाथि उठाउन विभिन्न विकासका आधारहरू सार्वजनिक गरी अघि बढेको समयमा प्रदेश नम्बर ४ पनि अन्य प्रदशेको तुलनामा कुनै कुरामा कमि देखिँदैन । प्रदेश नम्बर ४ मा मुलुककै छिटो र सजिलो ढंगबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने अथाह सम्भावना छ । यहाँ पर्यटनबाट आर्थिक विकास र समृद्धि गर्न सकिने सजिलो प्रदेशको रुमपा हामीले लिन सक्छौं ।

2847