कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

सरकारले ६४ सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारीमा चिरञ्जीवी चटौतलाई नियुक्त गरेको छ ।

2738
भीम गौतम
सोमवार, भदौ ४, २०७५

भारतीय कम्पनीले निर्माण गर्न लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धकले करिब ८ सय स्थानीयलाई निःशुल्क सीपमूलक तालिम र शिक्षा दिने भएको छ ।

1774
रासस
आइतवार, भदौ ३, २०७५

सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । 

1994
प्रगति ढकाल
आइतवार, भदौ ३, २०७५

प्राकृतिक सम्पदा अतिक्रमण गर्नेलाई कडा कानुनी व्यवस्था गरिएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी संहिता ऐनले प्राकृतिक सम्पदा अतिक्रमण, कब्जा, बिक्री वितरण, प्राकृतिक बनावट तथा सौन्दर्य विनास हुने कुनै पनि कार्य गरेमा वा गर्न लगाएमा १० लाखसम्म जरिवाना गरिने व्यवस्था गरेको छ ।

1864
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

भारतसँग विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको २२० केभीको ढल्केबर सबस्टेसनबाट विद्युत् आयात सुरु भएको छ । नेपालको सबैभन्दा ठूलो सबस्टेसन चार्ज भएपछि भारतबाट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात सुरु भएको हो ।

1570
कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५

भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पाँचौ प्रमुख कार्यकारी अधिकृतको रूपमा सुशील ज्ञवाली नियुक्त भएका छन् ।

1413
भीम गौतम
शुक्रवार, भदौ १, २०७५

गरिबीको रेखामुनि रहेका आवासविहीन नेपालीलाई आवासको अधिकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रूपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यान्वयन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको हो ।

1256
हरिश चन्द
बिहिवार, श्रावण ३१, २०७५

भागेश्वर गाउँपालिकाले गत आव ०७४÷७५ मा लक्ष्यको ९५ प्रतिशत काम सम्पन्न गरेकोे छ । गाउँपालिकाको आयोजनामा सदरमुकाम बगरकोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले प्रस्तुत गरेको कार्य प्रगति विवरणमा ३१९ वटा योजनामध्ये ३१४ सम्पन्न गर्दै ९५ प्रतिशत काम सम्पन्न भएको उल्लेख गरेका थिए ।

941
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

अपर तामाकोसी हाइड्रोपावर कम्पनीका लागि दोलखावासीबाट उत्साहपूर्ण सेयर आवेदन संकलन हुँदैछ । ११ दिनमै मागभन्दा बढी अर्थात् डेढ अर्बभन्दा बढीको आवेदन परेको छ । दोलखामा अहिले टोलटोलबाटै सेयर संकलन सुरु भएको छ ।

1616
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

बाराको विभिन्न स्थानमा रहेको नेपाल रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किनबेच हुन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मूल्य अकासिएपछि रेल्वेको जग्गा हेरबिचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाइएको हो ।

1404
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

पछिल्लो समय पशुपालन व्यवसाय झापाका किसानको आम्दानीको दरिलो स्रोत बनेको छ । पशुपालन व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि वैदेशिक रोगजारीमा जानेहरू पनि विदेशबाट फर्किएर पशुपालन व्यवसाय गर्न थालेका छन् । यिनै मध्येका एक हुन्– झापा बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल ।

1095
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्घाटन गर्ने बताएका छन् ।

982
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

दक्षिणी छिमेकी मुलुक भारतले हुलाकी राजमार्ग आयोजना निर्माणका लागि नेपाललाई ४७ करोड रूपैयाँ सहयोग गरेको छ । भारतीय राजदूत मञ्जिव सिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ४७ करोड रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

1736
भीम गौतम
बुधवार, श्रावण ३०, २०७५

सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त घोषणा गरेको २२० केभीको कोसी करिडोरको प्रसारणलाइन आयोजनाले लामो समय लगाएर वातावरण प्रभाव मूल्यांकन (ईआईए) मन्त्रिपरिषद्बाट पारित भयो ।

1559
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

विष्फोटक पदार्थ अभावले काम बन्द भएको दार्चुला तिंकर सडक आयोजनाको काम भाद्र १ गतेबाट सुचारु हुने भएको छ । लामो संघर्षपछि दार्चुला आइपुगेको विष्फोटक पदार्थ अहिले नेपाली सेनाको दुर्गादल गुल्ममा रहेको छ ।

1152