भीम गौतम
सोमवार, फाल्गुन ७, २०७४

अल्पविकसित राष्ट्र (एलडीसी)बाट विकासोन्मुख राष्ट्र (डीसी)मा स्तरोन्नतिको लागि नेपालले दिगो र गुणस्तरीय सूचकांकलाई आधार मान्नुपर्ने अडान राखेको छ । प्राविधिक रूपमा सन् २०१८ भित्रै नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नतिको सम्भावना रहे पनि स्तरोन्नतिका सूचकांकको विश्लेषण र आधार दिगो र गुणस्तर हुनुपर्ने अडान नेपालले राखेको हो ।

1343
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

दाङको शान्तिनगर गाउँपालिका– ५ धनौरीको बैशामा साढे २ करोडको लागतमा खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । ५ सय घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको सो योजना सम्पन्न हुन २ वर्ष लागेको थियो ।

560
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

डडेल्धुरा अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माण भइरहेको मोटरेबल पक्की पुल अलपत्र परेको छ । ठेकेदारको ढुलासुस्ती र लापरबाहीका कारण निर्माणाधीन पुल अलपत्र परेको हो । निर्माण कम्पनीले निर्माणकार्य बीचमै छोडेर फरार भएपछि निर्माण कार्य रोकिएको हो ।

989
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

भौतिक पूर्वाधार एवं औद्योगिक विकासको क्रममा फड्को मारिरहेको भैरहवा क्षेत्र राजनीतिक वृत्तबाट भने सधैं बाइपास बन्दै गइरहेको छ । यसको ज्वलन्त उदाहरण पछिल्लो समय प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकिए पनि अस्थायी राजधानीको मातहतमा भएका तथा भविश्यमा हुने सबै काम बुटवलबाट भइरहेको र सबै मन्त्रालय तथा विभागको कार्यालयसमेत बुटवलमै राखी सञ्चालन हुने अन्तिम तयारीलाई लिन सकिन्छ ।

4211
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

मुुसिकोट नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । पदभार ग्रहण गरेको आठ महिनासम्ममा नगरपालिकाले सम्पन्न गरेका विभिन्न योजना, पारित नियमावली तथा अहिलेसम्म खर्च गरिएको बजेटका बारेमा जानकारी गराइएको हो ।

862
रेशमराज रोकाया
बिहिवार, फाल्गुन ३, २०७४

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका गाउँगाउँमा सडक निर्माणकार्य तीव्र पारिएको छ । बाटो भए विकास निर्माणका सामग्रीलगायत जीवनयापनमा सहजता हुने भएकाले हुम्लाका सातै गाउँपालिकामा सडकको ट्रयाक खोल्न लागिएको छ । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किमिमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको हिल्साबाट ओखरथलासम्म ७१ र सिमिकोटदेखि हेप्काखोलासम्म १५ किमि सडकको ट्रयाक खुलिसकेको छ ।

1972
भीम गौतम
बिहिवार, फाल्गुन ३, २०७४

चुहावट नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न अभियान सञ्चालन गरे पनि मुलुकमा अझै २०.४९ प्रतिशत चुहावट रहेको पाइएको छ । वितरण प्रणालीका साथै प्रसारण र उत्पादनमा समेत गरी प्राधिकरणको हाल यो परिमाणमा चुहावट रहेको हो । मंसिरसम्म २४.८७ प्रतिशत चुहावट रहेकोमा घटाएर गत मंसिरसम्ममा २०.४९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षको सुरुमा २२.९ प्रतिशत चुहावट थियो ।

1205
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

कैलालीको मोह्न्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिको गुटु जोड्ने कर्णाली नदीमा रहेको ‘फेरी’ सञ्चालनमा नआउँदा त्यहाँका जनताले सास्ती बेहोर्नु परेको छ । गत पुस १६ गतेका दिन मोह्न्याल– ६ सोल्टाका टेकबहादुर विष्टको फेरीमा नदी पार गर्ने क्रममा मृत्यु भएपछि सवारीसाधन ओहोरदोहोर गर्ने फेरी बन्द हुनपुगेको हो ।

1075
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

दस वर्षअघि अव्यवस्थित सदरमुकाम चौतारालाई सहरीकरण गर्ने महत्वकांक्षी योजनासहित सुरु गरिएको ‘रिङरोड’ निर्माण अझै पूरा हुन सकेको छैन । बजारलाई केन्द्रमा पारेर चारैतिरबाट सडक सञ्जालले घेर्ने महत्वकांक्षी योजनामा सर्वपक्षीय सहमति जुट्न नसक्दा ‘रिङरोड’ले पूर्णता नपाएको हो ।

1104
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

पश्चिम रुकुम चौरजहारी नगरपालिकामा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको कामको जिम्मा लिएको ठेकेदार कम्पनीले १ वर्ष बित्दा पनि डिजाइन नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको छ । सन् २०१७ फेब्रुअरीमा सम्झौता भएको योजना २०१९ फेब्रुअरीमा सम्पन्न गरिसक्नुपर्नेछ ।

843
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

मध्यपहाडी राजमार्गले छोएको देशका विभिन्न १० सहरलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी कार्यक्रमअनुसार पाँचथरको फिदिम पनि पर्दछ । नयाँ सहर बन्ने एकीकृत विकास योजना तयार भइसकेको आयोजनाका विषयमा स्थानीय उत्साहित भएका छन् । सदरमुकाम फिदिमलाई आगामी २० वर्षसम्मका लागि १ लाख जनसंख्या रहन सक्ने बनाउने सरकारको योजना छ ।

1942
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

इलाममा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले शेयरमार्फत ५० करोड रुपैयाँ संकलन गरेको छ । प्रभावित क्षेत्रका वासिन्दाका लागि आह्वान गरेको सेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका स्थानीयबाट सो रकम संकलन भएको हो ।

804
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

जिल्लाको दक्षिण कुश्मिसेरामा निर्माणाधीन साढे एक मेगावाट क्षमताको ठेउलेखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ । उक्त आयोजना करिब ३३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको जलविद्युत् आयोजना निर्माण कम्पनी बाराही हाइड्रोपावर प्रालिले जनाएको छ ।

1546
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

सिन्धुलीमा भूकम्पले क्षति पुराएका १५० वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले भत्केका ३२२ वटा विद्यालय भवनमध्ये १५० वटा पुनर्निर्माण भएका हुन् ।

1824
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा स्वास्थ्य चौकीको भवन निर्माण लक्ष्यअघि नै सम्पन्न भएको छ । म्याग्दीका अधिकांश पूर्वाधार आयोजना ढिलासुस्तीका कारण समयमै पूरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने समस्याले थला परेको अवस्थामा भगवती स्वास्थ्य चौकीको भवन लक्ष्यभन्दा तीन महिनाअघि नै निर्माण सकिएको हो ।

1215