कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वीविन्दु यसअघिको पाँचथरको चिवाभञ्याङमा रहेको थियो भने अब भारततर्फबाट चिवभञ्याङ आउने सडक विस्तार नभएका कारण नयाँ विन्दु चिवाभञ्याङ नभई फालोट हुने भएको छ । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु नेपालको पाँचथर र भारतको सिमाना फालोट पु¥याउने भएको छ । पाँचथरको च्याङथापुदेखि फालोटतर्फ नयाँ ट्रयाक खोल्नका लागि सर्वे गरिएको याङबरक १ का वडाध्यक्ष मोहन ढुंगेलले बताए । सर्वे गरिए पनि विस्तृत विवरण आउन केही समय लाग्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

3370
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

फिदिम नगरपालिका–२ पल्लोटारको स्थानीयवासीहरूले बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएको करिब दुई दशकपछि बसपार्क निर्माणकार्यले गति लिएको छ । यातायात व्यवसायीहरूले पल्लोटारमा बसपार्क सार्ने विषयमा पटकपटक अवरोध गरेका थिए ।

1050
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

जलस्रोतको धनी प्रदेश नम्बर एकमा सदुपयोग हुन नसकेका खोला तथा नदीबाट विद्युत् उत्पादन कार्य तीव्र रूपमा अगाडि बढिरहेका छन् । प्रदेश एकका १० जिल्लाबाट करिब ५ सय ६० मेगावाट उत्पादन गर्नेगरी काम भइरहेको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र मोरङ जिल्लाका विभिन्न नदीबाट विद्युत् उत्पादनका लागि धमाधम निर्माण कार्य भइरहेका छन् ।

1674
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

सहरी विकास तथा भवन निर्माण विभाग आयोजना कार्यान्वयन कार्यालय (आरयूडीपी) ले ७ नं. प्रदेशका एक उपमहानगरपालिका र तीनवटा नगरपालिकामा क्षेत्रीय विकास आयोजना कार्यान्वयनका लागि बजेट बाँडफाट गरेको छ ।

824
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

तातोपानी गाउँपालिका–३ तिलाकोटगाउँका करन सुनार आफ्नै जन्मभूमिमा स्वरोजगारका लागि पाखुरा चलाउँदै आएका छन् । सुनार भन्छन्, “रोजगारका लागि विदेशिनु पर्ने अवस्था छैन काम गर्न सके आफ्नै ठाउँमा रोजगार छ ।” उनीजस्तै तिलाकोट गाउँका सयौं युवा आफ्नो जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै आएका छन् । नेपालमा रोजगार छैन भन्दै विदेशिने युवालाई उनीहरू भन्छन्, “विदेशमा बसेर होइन पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।”

1239
रासस
बिहिवार, फाल्गुन २४, २०७४

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ । ती आयोजनाको कूल क्षमता २ हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको पहिचान तथा निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ दुई वर्ष पहिले स्थापना भएको कम्पनीले फुकोट कर्णाली, किमाथांका अरुण, भेरी एक र जगदुल्ला जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ ।

1642
भीम गौतम
बिहिवार, फाल्गुन २४, २०७४

नौ वर्षअघि खुला प्रतिस्पर्धामार्फत काठमाडौंको फोहोर व्यवस्थापनका लागि छनोट भएको कम्पनीसँग बल्ल प्रारम्भिक परियोजना विकास सम्झौता (पीडीए) भएको छ । काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाको फोहोर व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय खुला प्रतिस्पर्धामार्फत छनोट भएको नेपवेष्ट र लगानी बोर्डबीच बुधबार पीडीए भएको हो ।

1701
रासस
बुधवार, फाल्गुन २३, २०७४

यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ ।

681
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडले ठेकेदार कम्पनीसँगको सम्झौता रद्ध गरेको छ ।

1352
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

सहरी विकास मन्त्रालयले एसियाली विकास बैंकको आर्थिक सहयोगमा बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र लुम्बिनी करिडोरलाई समेटेर मेगा सिटी बनाउने भएको छ ।

2798
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले झण्डै १ अर्ब १६ करोड ८६ लाख बराबरका सडक पूर्वाधारका ६ योजना स्वीकृतका लागि विभागमा पेस गरेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेर लागत अनुमान गरी ६ योजनालाई टेन्डरमार्फत कार्यान्वयनमा लैजान विभागमा पेस गरिएको हो । ५ करोडमाथिका योजना कार्यान्वयन गराउँदा विभागबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ ।

3428
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

गैरआवासीय नेपाली संघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच नेपालमा सडक सुरक्षासम्बन्धी ज्ञान, सीप र सुरक्षाका विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

4087
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सिद्धार्थनगर नगरपालिका रुपन्देहीले स्थानीय कानुन निर्माण प्रक्रियालाई अगाडि बढाएको छ । भैरहवामा सोमबार दोस्रो नगरसभा आयोजना गरी स्थानीय कानुनसम्बन्धी १० वटा विधेयक सभासमक्ष प्रस्तुत गरेको छ ।

573
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ बराबरको सेयर आउँदो चैतमा जारी गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागि चैतभित्रै सेयर निष्कासनको तयारी गरेको हो । दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।

3924
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

विमानस्थलमा नेपालगन्जबाट सामान पठाएको फोनमा चार्ज छैन, के पठाएको हो, कति पठाएको हो थाहा नै हुन नसकेको स्थानीय व्यापारी गुनासो गर्दै थिए । फोनमा ब्यालेन्स भए पनि सम्पर्क गर्न नपाउँदा बैठक बोलाउनु पर्दा घर–घरमा गई बोलाउनु बाहेक कुनै उपाय नभएको मानसरोवर नमुना माध्यमिक विद्यालयका खरिदार हिर बोहरा दुःखेसो पोख्दै थिए । बैठकका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई घरघरमा डाक्न पठाएको छु हिरले बताए ।

1211