मीनकुमार नवोदित
बुधवार, भदौ २०, २०७५

सडकलाई विकासको पहिलो आधारका रूपमा लिने गरिन्छ । हुन पनि सडक सुविधा पुगेका ठाउँहरूले विकासमा फड्को मारेको देखिन्छ । अझ कालोपत्रे सडक भएका ठाउँहरूले छोटै समयमा रूपरंग नै फेरेको पाइन्छ ।

1359
प्रगति ढकाल
बुधवार, भदौ २०, २०७५

सरकारले जलवायु परिवर्तन नीति संशोधन गरी नयाँ नीति ल्याउने तयारी गरेको छ । समयअनुसार नीतिगत परिवर्तन गर्नसके कार्यक्रमको सान्दर्भिकता अझै बढ्न सक्ने भन्दै सरकारले नयाँ नीति ल्याउने तयारी गरेको हो ।

2263
रासस
बुधवार, भदौ २०, २०७५

भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग गर्ने भएको छ । उनले भने, “कसले पुनःनिर्माण गर्ने भन्ने टुङ्गो लागेपछि मात्र काम अघि बढ्छ ।”

990
भीम गौतम
बुधवार, भदौ २०, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पाँच वर्षभित्र ९९.२ प्रतिशत भूमिमा सिँचाइ पु-याउने योजना अघि सारेको छ । सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०७९-०८० मा संघ, प्रदेश र स्थानीय निकायमार्फत सिँचाइ सेवा पु-याउने लक्ष्य राखेको हो ।

1402
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

यसवर्षको वर्षा सकिन लागिसक्यो तर वर्षा अगावै सिध्याउनु्पर्ने सडक निर्माणका काम भने ज्यूँका त्यूँ छ । जनप्रतिनिधिले कार्यभार बहन गरेको वर्ष दिन बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।

1379
दिपक बोहरा
मंगलबार, भदौ १९, २०७५

जिल्लाका विभिन्न खोला तथा नदीमा विद्युत् उत्पादनको काम गरिरहेका विद्युत् उत्पादक कम्पनीले स्थानीय तहलाई रोयल्टीवापतको राजस्व नबुझाउँदा समस्या भएको छ ।

794
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

नेपाल विद्युत् प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजु सबस्टेसनको ट्रान्सफर्मर मर्मत कार्य अघि बढाएको छ । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो । यसबाट बालाजु र महाराजगंजको बीचको विद्युत् आपूर्तिमा गडबढी भएकोले प्राविधिक टोली खटिई मर्मत भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

890
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

कानुनीरूपमा २०७४ मंसिर २० गतेदेखि नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको छ । तर, लामो समय बितिसक्दा पनि आयोग भने गठन हुन सकेको छैन । पदाधिकारीविहीन भए पनि ऊर्जा मन्त्रालयले नियमावली ल्याएर नियमन आयोगले लिने विद्युत् खरिद दर (पीपीए) लगायतको दर तोकिएको छ ।

811
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

चीनसँगको अन्तर्रााष्ट्रिय ब्यापारिक नाका रसुवागढी जोड्ने धुञ्चे–रसुवागढी सडकखण्ड लामो समयपछि सोमबारदेखि सञ्चालनमा आएको छ ।

3332
अनुपमा खनाल
सोमवार, भदौ १८, २०७५

गोरखा सदरमुकाममा ल्याउन लागेको दरौंदी पम्पिङ खानेपानी आयोजनाको काम ३५ प्रतिशत सकिएको छ । ३७ करोड ३७ लाख रुपैयाँको सो आयोजनाको वित्तीय र भौतिक ३५ प्रतिशत प्रगति भएको उपभोक्ता समितिका अध्यक्ष बद्रीबहादुर मास्केले जानकारी दिए ।

964
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई ध्यान दिन आवश्यक भएको बताएका छन् ।

767
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण ठेक्काको जिम्मेवारी जीआईईटीसी–रमनले पाएको छ । आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनी जीआईईटीसी–रमनले पाएको हो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।

1473
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

“वर्षौंदेखिको खानेपानीको समस्या छ, डाँडामा पोखरी बनाएपछि तल्लो क्षेत्रका मुहानहरू बढ्छन कि भन्ने आशाले पोखरी खन्न आएका छौं, गाउँपालिकाले राम्रो अभियान ल्याएको छ,” यो भनाइ चौरपाटी गाउँपालिका–१ की हासु थापाको हो । आफूहरूलाई पानीको सधैं दुःख हुने भएकाले रिचार्ज पोखरी निर्माणमा सबै गाउँले जुटेको उनको भनाइ थियो ।

1165
भीम गौतम
सोमवार, भदौ १८, २०७५

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

5394
रासस
शुक्रवार, भदौ १५, २०७५

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

1769