कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

विकास निर्माणका काममा ढिलाइ भइरहेको समाचार आइरहँदा जुम्ला अस्पतालको निर्माण तोकिएभन्दा तीन महिनाअघि सम्पन्न भएको छ । तीन सय शै्या भएको अस्पताल उद्घाटन शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

1155
भीम गौतम
सोमवार, माघ २९, २०७४

नेपालमा जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर नै रहेको देखाएको हो ।

4769
सरस्वती ढकाल
सोमवार, माघ २९, २०७४

मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो । भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्यमा मोबाइल प्रयोग निरुत्साहित गर्ने र हराएको अवस्थामा प्रहरीलाइ खोज्न सहयोग पुर्याउने उद्देश्यले प्राधिकरणले गत वर्षदेखि आइएमईआई दर्ता सुरु गरेको हो ।

3709
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले प्रसारणलाइन नबन्दा हुने आर्थिक नोक्सानीबाट प्राधिकरणलाई बचाउन माग गरेको छ । कर्मचारी युनियनको १०औं केन्द्रीय सभाको समापनका अवसरमा शनिबार जारी गरेको २९ बुँदै घोषणापत्रमा प्रसारणलाइन नबन्दा हुने नोक्सानीबाट बचाउन माग गरेको हो । विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् कम्पनीसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) मा समयमै प्रसारणलाइन प्राधिकरणले बनाउन नसकेमा जरिवाना कम्पनीहरूलाई तिर्नुपर्ने उल्लेख छ ।

562
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

मन्त्रिपरिषद्ले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा बनाउनका लागि स्वीकृति दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदनलाई शुक्रबार मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।

1651
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

मुलुकको जलविद्युत् क्षेत्रमा खराब उदाहरणका रूपमा लिइने आयोजना चमेलियाको निर्माण सम्पन्न भइ यसबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट शिलान्यास भएको आयोजनाको उद्घाटन गर्ने ऐतिहासिक अवसर पनि प्रधानमन्त्री देउवाले नै पाए । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको आयोजनाको शनिबार देउवाले उद्घाटन गरेका हुन् । आयोजनाको जडित क्षमता ३० मेगावाट छ ।

1093
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

बृहत् धौलीघाट खानेपानी आयोजना निर्माणकार्य सुरु भएको ८ वर्ष बिते पनि निर्माण सम्पन्न भएको छैन । २०६६ मा निर्माण सुरु भएको योजना पूरा नहुँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् ।आयोजनाको सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि अहिलेसम्म च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुन सकेको छैन । मुहानमा ८ लाख लागतमा इन्टेक र ५ लाखको पानी मुहान संकलन च्याम्बर निर्माण गरिएको धौलीघाट बहुउद्देश्यीय खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष राजबहादुर खत्रीले बताए ।

1285
भीम गौतम
शुक्रवार, माघ २६, २०७४

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनामा आठ पटक भेरिएसन गरिएको पाइएको छ । साढे ८ अर्ब लागतमा निर्माण गर्ने लक्ष्यसहित सुरु भएको चमेलियामा आठ पटक गरी झण्डै २ अर्ब ८३ करोड रुपैयाँबराबरको भेरिएसन भएको हो ।

2024
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ओखलढुंगा–रामेछाप जोड्ने लिखु नदीको पक्की पुल निर्माणकार्य ६ वर्ष बितिसक्दा पनि जगमात्र राख्ने काम भएको छ ।

1166
प्रगति ढकाल
बिहिवार, माघ २५, २०७४

सरकारले पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्ज विस्तारका लागि प्रक्रिया अगाडि बढाएको छ । संरक्षित क्षेत्रलाई बढाएर पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यले निकुञ्जको क्षेत्र विस्तारको तयारी गरेको हो ।

1566
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकामा हाउस पुलिङको योजनाअघि सारेको छ । कम जग्गा र खुल्ला ठाउँ कम भएको बेला घनाबस्तीमा बहु स्वामित्वका र बहु तले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने गरी हाउस पुलिङको योजना अघि सारेको हो ।

1460
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले व्यवसायीहरूले सामना गर्नु परेको समस्याका बारेमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई जानकारी गराएको छ ।

560
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

इलाममा निर्माणाधिन बिमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो ।

758
भीम गौतम
बिहिवार, माघ २५, २०७४

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएका छन् । चिलिमेले सहायक कम्पनी बनाएर रसुवामा निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाले २ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेका हुन् ।

3007
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

प्रदेश नं ६ का प्रदेशसभा सदस्यहरूले कर्णाली हुँदै छिमेकी देश चीन जोड्ने सडकलाई प्राथमिकता राखी छलफल सुरु गरेका छन् । उनीहरूले कर्णाली राजमार्गको स्तरोन्तीसँगै सुर्खेत–दैलेख र चीनको उत्तर दक्षिण जोड्ने मुगु गमगडी–नाक्चेलाग्ना सडकलाई प्राथमिकता दिएका हुन् । जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको पहलमा कर्णाली प्रदेशका जनप्रतिनिधिबीच चीनसँग नाका जोड्ने उत्तर दक्षिण राजमार्गका विषयमा छलफल भएको छ । कर्णाली प्रदेशको मुकाम सुर्खेतबाट दैलेखहुँदै महाबुलेकबाट छोटो दुरीको सडक जुम्ला हुने र मुगु नाक्चेलाग्ना हुँदै चीनसँग नाका जोड्न सडक विस्तार कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सांसदहरूको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

1657