कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

बजेट अभावले राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम प्रभावित भएको छ ।

1308
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाले १२ दिनका २ करोड रुपैयाँ संकलन गरेको छ । एसियाली विकास बैंकको सहयोगमा ८५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कुल लागतको ५ प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो ।

794
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

ठेकेदारको लापर्बाहीका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माण कार्य अलपत्र बनेको छ ।

1099
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

सङ्खुवासभामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । प्रदेश–१ का मुख्यमन्त्री शेरधनराईले शिलान्यास गरेको धर्मदेवी नगरपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने माया खोलाबाट विद्युत् निकाल्न २ हजार २०० मिटरको सुरुङ खन्ने कार्य धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

1211
रासस
बुधवार, फाल्गुन ३०, २०७४

डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् । समुद्र सतहदेखि झण्डै ३ हजार ५ सय मिटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठिन पैदलयात्रा गर्नु पर्दाको विगतको दिनलाई सम्झँदा आफ्नो गाउँमा मोटर पुग्ला भन्ने सपनामा पनि नसोचेका ८० वर्षीय वृद्ध रुद्र बुढाले घरको थाप्लोमै जिप गुडेको देखेपछि उहाँका आँखा खुशीले रसाए ।

926
लक्ष्मी सापकोटा
बुधवार, फाल्गुन ३०, २०७४

नेपाल आयल निगमले इन्धन बोक्ने टयाङकरमा बुधबार देखि लकिङ प्रणाली लागु गर्ने भएको छ । ट्यांकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्नका लागि निगमले लकिङ प्रणाली जडान गर्न लागिएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक तथा आर्थिक सहयोगमा लकिङ प्रणाली लागू गर्न लागिएको हो । बुधबारदेखि औपचारिक रूपमा ट्यांकरमा लकिङ प्रविधि जडान गरिने निगमले जानकारी दिएको छ ।

817
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

स्थानीयले अस्वाभाविक रूपमा मुआब्जा माग गरेपछि रोकिएको ठेउलेखोला जलविद्युत् आयोजना सुचारु भएको छ । जिल्लाको दक्षिण कुस्मिसेरामा रहेको साढे एक मेगावाट क्षमताको उक्त आयोजना निर्माणको अन्तिम चरणमा मुआब्जा विवादका कारण रोकिएको थियो ।

910
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

म्याग्दीको रघुगंगा गाउँपालिकाको झि–पाखापानी सडकलाई दुइ लेनको बनाइने भएको छ छ । रघुगंगा गाउँपालिकाले बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानी जोड्ने सडकलाई १० मिटर फराकिलो बनाउन आयोजना सञ्चालन गरेको हो । झिँ र पाखापानी खण्डमा दुईवटा प्याकेजमा छुट्टा छुट्टै आयोजना मार्फत सडक विस्तारको काम भैरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

844
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

जुम्ला, डोल्पा र जाजरकोट तीन जिल्लालाई जोड्ने दानसाँघु पक्की पुलको निर्माण अझै सम्पन्न भएको छैन । तिलाजवा नदीको दोभानमा २०६८ असार १५ देखि निर्माण सुरु गरिएको ६० मिटर लम्बाइको सो पुल २०७१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।

864
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

स्थानीय तहमार्फत् ग्रामीण सडक मर्मतसम्भार गरिने भएको छ । गत आर्थिक वर्षसम्म सडक बोर्ड नेपालले साविकका जिल्ला विकास समितिमार्फत् गरिरहेको ग्रामीण सडक मर्मतसम्भार चालू आर्थिक वर्षको बजेट र कार्यक्रमअनुसार स्थानीय तहले कार्यान्वयन गर्नेछन् ।

878
रासस
आइतवार, फाल्गुन २७, २०७४

गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।

1248
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले जापानले नेपाललाई लामो समयदेखि निरन्तर सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्दै आएको र यस किसिमको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । उनले नेपालमा शान्ति स्थापना, संविधान निर्माण र कार्यान्वयनमा जापानले उल्लेखनीय सहयोग गरेको र विभिन्न पूर्वाधार निर्माण एवं दिगो आर्थिक विकासमा नेपाललाई जापानको साथ रहने पनि बताए ।

865
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

२०७१ साल कार्तिकदेखि सुरु भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट जेठदेखि विद्युत् उत्पादन हुने भएको छ । यसका लागि तीव गतिमा काम भइरहेको आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिएका छन् ।

1696
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

जुम्लामा सडकको पहुँच विस्तार भएसँगै कच्चा पदार्थको सहज आपूर्ति र उत्पादित वस्तुको सहजै निर्यात हुने भएपछि उद्योग स्थापना हुने क्रम बढेको छ । कर्णालीमा पाइने जडिबुटी, स्याउ, सिमी, ओखरको सदुपयोग गर्दै उद्योग स्थापना हुन थालेका हुन् । सडक सञ्जाल विस्तारले उत्पादित वस्तु निर्यातमा पनि सहज भएको छ ।

1486
भीम गौतम
आइतवार, फाल्गुन २७, २०७४

सरकारले गरेको अध्ययनले प्रदेश– १ जलविद्युत् उत्पादन क्षमतामा सवैभन्दा बलियो देखिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८७ मेगावाट देखिएकोमा त्यसमध्ये प्रदेश–१ मा सबैभन्दा बढी देखिएको हो । ५ हजार मिटरभन्दा साना र चुरे क्षेत्रमाथिका १३ नदी बेसिनमा क्यू–४० लाई आधार मानेर गरिएको अध्ययनको आधारमा सवैभन्दा बढी उत्पादन क्षमता प्रदेश–१ र सबैभन्दा कम प्रदेश–२ मा देखिएको छ ।

1451

सातामा धेरै पढिएको