भीम गौतम
मंगलबार, चैत्र ६, २०७४

आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो ।

30380
रासस
सोमवार, चैत्र ५, २०७४

राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।

1789
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

सरकारले घोषणा गरेको कञ्चनपुरको बेतकोट नगरपालिकाको दैजीछेलामा औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरको काम सुरु भएको छ । औद्योगिक क्षेत्रको डीपीआर निर्माणका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले छेला औद्योगिक क्षेत्रमा फागुन २५ गतेदेखि डीपीआरको काम सुरु गरेको हो ।

1601
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

बाँकेको कोहलपुरसम्म भारतीय रेल विस्तार गर्ने योजनाका साथ सर्भेक्षण कार्य सुरु भएको छ । भारतको गोण्डादेखि रुर्पडिहा हुँदै नेपालको कोहलपुरसम्म विद्युतीय रेल पु¥याउने योजनाको सर्वे भारतको पूर्वोत्तर रेल्वे विभागले गरिरहेको छ । भारतीय टोलीले नेपाली अधिकारीसँग दुई चरणमा छलफल गरेर सर्वे गरेको हो ।

1507
भीम गौतम
सोमवार, चैत्र ५, २०७४

दक्षिण एसियाली मुलुकहरूबीचको व्यापारमा तीब्र वृद्धि गर्नुपर्ने घोषणासहितको श्वेतपत्र जारी गर्दै छैटौं सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ आइतबार सकिएको छ । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले आयोजना गरेको तीन दिने कन्क्लेभले दक्षिण एसियाभित्र ५ प्रतिशतभन्दा कम रहेको व्यापारलाई वृद्धि गर्न सम्बद्ध सवैको सहकार्य र समन्वयमा जोड दिएको छ । कन्क्लेभले क्षेत्रीय व्यापार अभिवृद्धिका लागि शुल्क न्यूनीकरण, यातायात सञ्जालमा सुधार र नियमनका अवरोधहरूलाई हटाउनुपर्नेमा जोड दिइएको छ ।

1329
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

संखुवासभामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले केही समयअघि शिलान्यास गरिएको धर्मदेवी नगरपालिका–३, ४ र ५ मा पर्ने माया खोलाबाट विद्युत् निकाल्न २ हजार २०० मिटरको चट्टानी सुङङ्ग खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

1139
मीनकुमार नवोदित
आइतवार, चैत्र ४, २०७४

विराटनगर महानगरपालिकाले आगामी ५ वर्षभित्र ५ सय किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजनाअघि सारेको छ । १०४ वर्षे इतिहास कोरेको विराटनगरका भित्री सडकहरू अझैसम्म ग्राभेल हुन सकेको छैन । लामो इतिहास बोकेको विराटनगरको विकास सुस्त गतिमा भएकोमा यहाँबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र महानगरपालिकाको आलोचना हुँदै आएको छ ।

1290
भीम गौतम
आइतवार, चैत्र ४, २०७४

सन् २०४० सम्ममा दक्षिण एसियाका ८ मुलुकमा ७ सय ५० गिगावाट विद्युत् आवश्यक रहेको एक अध्ययनले देखाएको छ । सार्क उद्योग वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको छैटौ सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ का अवसरमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ-इनर्जी (सारी-ई)ले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

1297
रासस
शुक्रवार, चैत्र २, २०७४

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ ।

1451
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

तीन नम्बर प्रदेशले तीन चरणमा प्रदेश कानुन बनाउने गरी काम थालेको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा बनाउने कानुनको सूचीसमेत तयार गरी सम्बन्धित मन्त्रालय तथा कानुन मन्त्रालयले मस्यौदा तयार गरिरहेको छ ।

994
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

स्वदेशी लगानीको बहुचर्चित माथिल्लो तामाकोसीको जलविद्युत् आयोजना प्रभावितका लागि दोस्रो पटक सेयर आह्वानको तयारी भइरहेका बेला फेरि अवरोधको संकेत देखिएको छ । स्थानीयले विभेदपूर्ण तवरले सेयर वितरणको तयारी भइरहेको भन्दै आन्दोलनको घोषणा गरेपछि अवरोध हुने देखिएको हो । अपर तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समितिको नामबाट बिहीबार आन्दोलनको कार्यक्रम घोषणा भएको छ ।

1695
रासस
बिहिवार, चैत्र १, २०७४

झण्डै चार वर्षसम्म अवरुद्ध चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु भएको छ ।

3144
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

सहिदमार्ग सडकअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक कालोपत्रेको काममा ढिलाइ भएको छ ।

4227
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

संखुवासभाको शिलिचोङ गाउँपालिकाले ठेक्का प्रक्रियालाई खारेज गर्दै उपभोक्ता समितिमार्फत विकास निर्माण तथा भौतिक योजनाका कार्य सुरु गरेको छ ।

1969
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।

1343

सातामा धेरै पढिएको