भीम गौतम
बुधवार, चैत्र ७, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ ।

2645
रासस
मंगलबार, चैत्र ६, २०७४

नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।

1739
रासस
मंगलबार, चैत्र ६, २०७४

निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ ।

1464
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले लक्ष्य राखेको दोहोरो वृद्धिदरको मुख्य बाटो ऊर्जा क्षेत्र नै रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोमबार आयोजना गरेको नवनियुक्त मन्त्री पुनको स्वागत तथा ब्रिफिङ कार्यक्रममा उनले दोहोरो आर्थिक वृद्धिका लागि ऊर्जा क्षेत्रको विकास गर्नुको विकल्प नरहेको बताए ।

2334
प्रगति ढकाल
मंगलबार, चैत्र ६, २०७४

भू–क्षय व्यवस्थापनमा सर्वसाधारणको चासो बढ्न थालेपछि तारजालीको माग गर्दै सरकारलाई निवेदन दिनेको संख्या बढेको छ । जथाभावीरूपमा निर्माण भएको कच्ची सडक, विकास निर्माण तथा भूकम्पका कारण जमिनको माटो कमजोर हुने र भू–क्षय जाने क्रम बढेका कारण व्यवस्थापनका लागि तारजालीको माग गर्दै निवेदन आएका हुन् ।

1667
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

चीनको महत्वाकांक्षी परियोजना वान् बेल्ट वान् रोड (ओबीओआर)मार्फत नेपालको आर्थिक विकासमा सहयोग गर्ने चिनियाँ पक्षले जनाएको छ । नेपाल भ्रमणमा रहेको ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारीसमक्ष यो प्रतिबद्धता जनाएको हो ।

1087
भीम गौतम
मंगलबार, चैत्र ६, २०७४

आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो ।

29946
रासस
सोमवार, चैत्र ५, २०७४

राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।

1752
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

सरकारले घोषणा गरेको कञ्चनपुरको बेतकोट नगरपालिकाको दैजीछेलामा औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरको काम सुरु भएको छ । औद्योगिक क्षेत्रको डीपीआर निर्माणका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले छेला औद्योगिक क्षेत्रमा फागुन २५ गतेदेखि डीपीआरको काम सुरु गरेको हो ।

1534
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

बाँकेको कोहलपुरसम्म भारतीय रेल विस्तार गर्ने योजनाका साथ सर्भेक्षण कार्य सुरु भएको छ । भारतको गोण्डादेखि रुर्पडिहा हुँदै नेपालको कोहलपुरसम्म विद्युतीय रेल पु¥याउने योजनाको सर्वे भारतको पूर्वोत्तर रेल्वे विभागले गरिरहेको छ । भारतीय टोलीले नेपाली अधिकारीसँग दुई चरणमा छलफल गरेर सर्वे गरेको हो ।

1480
भीम गौतम
सोमवार, चैत्र ५, २०७४

दक्षिण एसियाली मुलुकहरूबीचको व्यापारमा तीब्र वृद्धि गर्नुपर्ने घोषणासहितको श्वेतपत्र जारी गर्दै छैटौं सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ आइतबार सकिएको छ । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले आयोजना गरेको तीन दिने कन्क्लेभले दक्षिण एसियाभित्र ५ प्रतिशतभन्दा कम रहेको व्यापारलाई वृद्धि गर्न सम्बद्ध सवैको सहकार्य र समन्वयमा जोड दिएको छ । कन्क्लेभले क्षेत्रीय व्यापार अभिवृद्धिका लागि शुल्क न्यूनीकरण, यातायात सञ्जालमा सुधार र नियमनका अवरोधहरूलाई हटाउनुपर्नेमा जोड दिइएको छ ।

1303
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

संखुवासभामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले केही समयअघि शिलान्यास गरिएको धर्मदेवी नगरपालिका–३, ४ र ५ मा पर्ने माया खोलाबाट विद्युत् निकाल्न २ हजार २०० मिटरको चट्टानी सुङङ्ग खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

1120
मीनकुमार नवोदित
आइतवार, चैत्र ४, २०७४

विराटनगर महानगरपालिकाले आगामी ५ वर्षभित्र ५ सय किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजनाअघि सारेको छ । १०४ वर्षे इतिहास कोरेको विराटनगरका भित्री सडकहरू अझैसम्म ग्राभेल हुन सकेको छैन । लामो इतिहास बोकेको विराटनगरको विकास सुस्त गतिमा भएकोमा यहाँबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र महानगरपालिकाको आलोचना हुँदै आएको छ ।

1275
भीम गौतम
आइतवार, चैत्र ४, २०७४

सन् २०४० सम्ममा दक्षिण एसियाका ८ मुलुकमा ७ सय ५० गिगावाट विद्युत् आवश्यक रहेको एक अध्ययनले देखाएको छ । सार्क उद्योग वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको छैटौ सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ का अवसरमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ-इनर्जी (सारी-ई)ले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

1273
रासस
शुक्रवार, चैत्र २, २०७४

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ ।

1439