मुकेश चौधरी
शुक्रवार, जेठ १६, २०७७

नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण गर्नका लागि बजेट व्यवस्था गरेको हो । आर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा बिहीबार नेपाल सरकारको बजेट प्रस्तुत गरेका छन् । उनले सुदूरपश्चिमको राजधानीका लागि बजेट छुट्याएको जनाए पनि बजेटको आँकडा बताएनन् ।

168
दीपेन्द्र थापा
शुक्रवार, जेठ १६, २०७७

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आर्थिक वर्ष २०७७-०७८को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा.युवराज खतिवडाले सरकारले भौतिक पूर्वाधार तथा यातायातको विकासका लागि १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएकोे बताए ।

265
केशव समर्पण
शुक्रवार, जेठ १६, २०७७

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने हेटौंडा–काठमाडौं छोटो मार्गमा सुरुङमार्ग निर्माण गर्न संघीय सरकारले तत्परता देखाएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारसँग सहकार्य गरी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन पूरा गरी काम सुरु गर्ने उल्लेख छ । भीमफेदी–कुलेखानी सुरुङमार्गसहित अन्य दुई स्थानमा सुरुङमार्ग र सडक स्तरोन्नतीसमेतका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ । बागमती प्रदेश सरकारले २ वर्षदेखि सुरुङमार्ग निर्माणलाई २ वर्षदेखि प्रदेश गौरवको आयोजना घोषणा गरेको छ ।

397
भीम गौतम
शुक्रवार, जेठ १६, २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको आगामी वर्ष २०७७-७८ को बजेटमा ऊर्जातर्फ चालू वर्षभन्दा घटेको छ भने सिँचाइतर्फ बढेको छ । चालू वर्षको बजेटमा ऊर्जा क्षेत्रतर्फ ८३ अर्ब ४९ करोड बजेट विनियोजन भएकोमा १२ अर्ब घटेको छ भने सिँचाइतर्फ ४ अर्ब बढेको छ । संघ, प्रदेश र स्थानीय तहका लागि १ खर्ब ५ अर्ब ८१ करोड २४ लाख बजेट रहेकोमा संघका लागि ९९ अर्ब २९ करोड ४८ लाख छ भने प्रदेशमा ५ अर्ब ८५ करोड ७४ लाख तथा स्थानीय ६६ करोड छ ।

455
राजेन्द्र बस्नेत
बिहिवार, जेठ १५, २०७७

काठमाडौंबाट बाहिरिने भित्रिनेलाई पहिलो चिन्ता नागढुंगाको ट्राफिक जाममा परिन्छ कि भन्ने नै हुन्छ । नहोस् पनि कसरी ५२ वर्षअघि तत्कालीन अवस्थामा रहेको मालवाहक तथा यात्रुबाहक गाडीको भारबहन क्षमतालाई निर्धारण गरेर निर्माण गरेको सडक हो त्रिभुवन राजपथ । अहिले सडकको भारबहन क्षमताभन्दा निकै बढी क्षमता र लामो लामो मालबाहक गाडी गुडछन् । नगुडुन् पनि कसरी यस सडकको विकल्पमा अन्य सडक छैनन् काठमाडौँ  छिर्न । सडकको भारबहन क्षमताभन्दा बढी क्षमताका मालबाहक गाडी गुड्दा कोलोपत्रे भत्कन्छ र सडक खाल्डाखुल्डी हुन्छ । उकालो सडकमा क्षमताभन्दा बढी भार बोकेका गाडी र सडकको घुम्तीभन्दा लामो गाडी बिग्रेर प्रायः जसो जाम हुने गर्दछ । ट्राफिक जाम खासगरी चाडपर्वका बेला हुँदै आएको छ भने सामान्य ट्राफिक जाम नियमित जस्तै हुन्छ ।

1086
भीम गौतम
बिहिवार, जेठ १५, २०७७

चालू आर्थिक वर्ष (२०७६-७७) को बजेट तथा कार्यक्रम प्रश्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धिको संवाहक क्षेत्र ऊर्जालाई बनाउने भन्दै धेरै लक्ष्यसहित आयोजनाको अघि बढाउने घोषणा गरेका थिए । तर, अधिकांश पूरा हुन सकेनन् । चैतदेखि सुरु भएको कोरोना महामारीले ऊर्जा क्षेत्रमा प्रभाव परेपनि चैत्र अगावै सम्पन्न हुने कतिपय आयोजनाहरू पुरा हुन सकेनन भने घोषणा गरिएको  लक्ष्य पनि पुरा भएनन् । चालू आर्थिक वर्ष (२०७६-७७) को बजेट तथा कार्यक्रम प्रश्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धिको संवाहक क्षेत्र ऊर्जालाई बनाउने भन्दै धेरै लक्ष्यसहित आयोजनाको अघि बढाउने घोषणा गरेका थिए ।

394
दीपेन्द्र थापा
बिहिवार, जेठ १५, २०७७

नेपालका सडकको कुल लम्बाइ ९६ हजार किलोमिटर पुगेको छ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७६-७७ को फागुनसम्म ९५ हजार ७ सय २२ किलोमिटर सडक पुगेको उल्लेख छ ।

415
दीननाथ बराल
बुधवार, जेठ १४, २०७७

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले हालसम्म करिब ३५ प्रतिशत विकास खर्च भएको जनाएको छ । विभिन्न योजनासहितका कार्यक्रमको जिम्मा पाएको कार्यालयले हालसम्म करिब ३५ प्रतिशतले १० करोड ७८ लाख खर्च गर्न सफल भएको सिँचाइ कार्यालयका डिभिजन प्रमुख किरण आचार्यले जानकारी दिए ।

609
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले गर्दा मुगुमा निर्माणाधीन जनता आवास निर्माण कार्यक्रम अलपत्र परेको छन । मुगुको एक नगरपालिका र तीन गाउँपालिकामा निर्माणाधीन जनता आवास काइक्रममा ३ सय ५० घर अलपत्र परेका छन् । चालू आव ०७६÷७७ भित्र सक्ने गरी निर्माण सुरु गरिएको थियो ।

232
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

गत चैत महिनामा काम सम्पन्न हुने भनिएका लमजुङमा निर्माणाधीन दुईवटा जलविद्युत् आयोजना लकडाउनका कारण प्रभावित भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमसँगै जारी लकडाउनका कारण निर्माणकार्य सुचारु हुन नपाएपछि दुईवटै आयोजना प्रभावित भएका हुन् । जिल्लाको दोर्दी खोलामा निर्माणाधीन एउटा आयोजना र मस्र्याङदी गाउँपालिका अन्तर्गत ङादी खोलामा निर्माणाधीन आयोजना प्रभावित भएको हो । आयोजनामा आवश्यक निर्माण सामग्री ढुवानी र आवश्यकता अनुसारको कामदार अभाव हुँदा आयोजना प्रभावित भएका हुन् ।

278
दिलबहादुर केसी
सोमवार, जेठ १२, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सुरक्षाका लागि देशभर बन्दाबन्दी छ । दिनहुँजसो सुरक्षाकर्मीले घर बाहिर ननिस्कन उर्दी जारी गर्दै आएका छन् । तर रोजिरोटीकै लागि चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनामा ४ सयभन्दा बढी मजदुर जोखिम मोलेरै काम गर्दै आएका छन् ।

748
भीम गौतम
सोमवार, जेठ १२, २०७७

कोरोना महामारीले आम सर्वसाधारणदेखि अर्थतन्त्र नै थलिएको बेला सरकार भने विद्युत् महशुल वृद्धिको अन्तिम तयारीमा जुटेको छ । नेपाल विद्युत् प्राधिकरणले अघि सारेको पुरानै प्रस्तावबारे सोमबार सार्वजनिक सुनुवाई हुँदैछ । कोरोना महामारीपछिको अवस्थालाई दृष्टिगत गरी विद्युत् महशुलबारे नयाँ प्रस्ताव आउने अपेक्षा गरिएपनि विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगसमक्ष प्रस्तुत गरेको पुरानै महशुल वृद्धिको प्रस्तावको आधारमा सार्वजनिक सुनुवाई हुन लागेको हो । गार्हस्थ्य (घरेलु) २१.४३ प्रतिशतसम्म वृद्धि र १० युनिटसम्मका लागि इनर्जी शुल्कमा शत प्रतिशत घटाउने तथा औद्योगिक ग्राहकलाई १४ प्रतिशतसम्म बढाउने प्रस्तावसहितको अन्तिम विवरण गत फागुन १ गतेभित्र प्राधिकरणले आयोग समक्ष पेश गरेको छ ।

1187
कारोबार संवाददाता
आइतवार, जेठ ११, २०७७

कालिगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड आगामी असारदेखि सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणकार्य अघि बढेको छ । लकडाउनका बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानको पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेकाले अन्तिम चरणमा पुगेको हो ।

286
दिलबहादुर केसी
आइतवार, जेठ ११, २०७७

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लकडाउनकै बीचमा आशा लाग्दो प्रगति हासिल गरेको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको भर्टिकल साफ्ट (ठाडो सुरुङ) मा पाइप जडानको काम लकडाउनको २ महिनाकै बीचमा प्रगति गरेको छ । आयोजनाको लकडाउन अघि २६३ मिटर पाइप जडान हुन बाँकी थियो । त्यो पनि माथिल्लो साफ्टमा १५० मिटर र तल्लो साफ्टमा ११३ मिटर । तर लकडाउनको ६१ दिनको बीचमा तल्लो साफ्टको काम पूरा भएको छ भने माथिल्लो खण्डको पनि ५० को आसपासमा आइपुगेको छ । त्यो पनि कुनै समस्या नभए जेठ महिनाभित्रै पूरा गर्ने आयोजना व्यवस्थापन पक्षको योजना छ ।

1173
कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले लघु जलविद्युत् निर्माण मार्फत उत्पादनमूलक योगदान दिन सकिने बताउँदै उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल नविकरणीय उर्जा परिसंघले आयोजना गरेको वेबिनारमा सरोकारवाला निकायका प्रतिनिधिहरुले ५ मेगावाट भन्दा साना जलविद्युत् आयोजनाले उत्पादनमा ठूलो योगदान दिन सक्ने बताए ।

419