दीपेन्द्र थापा
आइतवार, फाल्गुन ४, २०७६
487

 

प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक दिन ६ किलोेमिटरका दरले कालोपत्रे भइरहेको दावी गरेका छन् । शनिवार संसदमा सम्वोधन गदैं प्रधानमन्त्री ओलीले प्रतिदिन करिव ५.७ किलोमिटरका दरले मुलुकभर कालोपत्रे भइरहेको बताएका हुन् ।
सरकार गठनको २ वर्ष पूरा भएको अवसरमा शनिवार संघीय संसद्को प्रतिनिधिसभालाई सरकारले गरेका कामहरूको विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्दै भने, “कुनै समय सिंगो वर्षभरीमा १० किलोमिटर मात्र सडक कालोपत्रे भएको अवस्थासमेत थियो । यो सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भइरहेको छ । यस अवधिमा कुल ३ हजार ६३६ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ हजार ५७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ । वितेका दुई वर्षमा मात्रै ३ सय २५ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षको ५ महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण भएका छन् ।”

गत वर्ष ९ सय १५ किलोमिटर सडक कालोपत्रे, १ हजार ५० किलोमिटर ट्रायाक,२ सय ४३ पुल निर्माण भएको छ भने, चालू आर्थिक वर्षमा सडक विभागले १२ सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । देशभर करिव कुल १ लाख सडक रहेका छन् ।
प्रधानमन्त्रीका अनुसार आगामी ३ वर्षमा, यसै अवधिमा सम्पन्न हुने, केही अलि लामो समय लिने पूर्वाधार निर्माणमा सरकार संलग्न हुनेछ । तिनीहरूमध्ये रेलमार्ग गेमचेञ्जर परियोजनाभित्र पर्छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, रक्सोल–काठमाडौं र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सरकारका ‘ड्रिम प्रोजेक्ट’ हुन् । यसै आर्थिक वर्षभित्र जयनगरदेखि बिजलपुरासम्म नेपालको आफ्नै रेल संचालन हुनेगरी काम भइरहेको बताएका छन् ।सो खण्डमा सरकारले रेल संचालनको लागि रेल खरिद गरेर रेल आउने क्रममा रहेको छ ।
प्रधानमन्त्रीले, पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयारी अवस्थामा छ । यस रेलमार्गको काकडभिट्टा– इनरुवा खण्डको निर्माणकालागि यसै आर्थिक बर्षभित्र निर्माण कार्य अघि बढाउने गरी आवस्यक रकम सुनिश्चित भइसकेको छ । यो रेलमार्ग संचालनमा आएपछि नेपालको अवस्था गुणात्मक रुपले नै भिन्न र नयाँ हुनेछ सरकारले विश्वास लिएको बताए । उत्तरतर्फको रेलमार्ग निर्माणलाई सहज तुल्याउन टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरुमार्गप्राथमिकताको शीर्ष स्थानमा रहने छ । नागढुंगा– नौविसे सुरुङ मार्ग निर्माणकोप्रारम्भसँगै नेपाल सुरुङ मार्ग निर्माणको युगमा प्रवेश गरेको प्रधानमन्त्रीले बताए ।
ओलीले गत कात्तिक २ गते नागढुङगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको शिलन्यास गदै नेपाल सुरुङ मार्गमा प्रवेश गरेको बताएका थिए । सुरुङमार्ग २.७ किलोमिटर लम्बाईको मार्ग करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेका यो सुरुङमार्गले थानकोट नागढुङगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने छ ।सो सुरुङमार्ग निर्माणको क्रममा रहेको छ ।
थानकोट–चित्लाङ, खुर्कोट–चियाबारी र फेदीखोला–नयाँपुलमा सुरुङ मार्गको अध्ययन सुरु भएको छ । सिद्धबाबामा त विस्तृत परियोजना प्रतिवेदनको तयारी सहित १० अर्ब रुपैयाँको बजेट नै विनियोजन गरिसकिएकोे ओलीले बताए । पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गको स्तरमा ४ देखि ६ लेनमा स्तरोन्नति गर्ने कार्य अघि बढेको छ । मध्यपहाडी तथा मदन भण्डारी राजमार्ग समयभित्रै सक्ने मात्र होइन, उत्तर–दक्षिण जोड्ने विभिन्न कोरिडर निर्माणको लागि स्रोत सुनिश्चित गर्ने कार्यसमेत अघि बढाइएको जनाईको छ ।
नेपाल भ्रमण वर्ष २०२० अभियान संचालन गरिएको छ । भूकम्पको बर्ष ५ लाख ९० हजारमा सीमित पर्यटक आगमन गत बर्ष करिब ११ लाख र यसवर्ष १२ लाख हाराहारी पुगेको छ । र, २० लाख पर्यटक पु-याउने लक्ष्का साथ सारा प्रयास केन्द्रित गरिएको प्रधानमन्त्रीले सम्वोधनमा भने ।