कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
312

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीमा सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुँदा स्थानीयलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंक खाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको वडाअध्यक्ष गुणखर अधिकारीले बताए ।
“वडामा गाउँभेलामार्फत बनेका ३३ वटा योजनाको उपभोक्ता समितिहरुले सम्झौता र खाता सञ्चालन गरेका छन्, अब योजनाको काम सुरु हुन्छ, ।,” वडाअध्यक्ष अधिकारीले भने ।

गाउँमै सबै किसिमको सेवा पाउँदा स्थानीय खुसी भएको बताए । सबैको सहकार्यमा गाउँमै सेवा दिएको स्थानीय तुल्सी पौडेलले बताए । संघीयता कार्यान्वयन भएको महसुस हुनेगरी गाउँमै सेवा दिएको स्थानीयहरु बताउँछन् ।
सिंहदरबारको अधिकार गाउँमै आएको महसुस गराउनका लागि १ दिने उपभोक्ता समितिका योजना सम्झौता, बैँक खाता सञ्चालन गर्ने गरी जनतालाई सहज बनाउनका लागि कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए । घुम्ती शिविरमार्फत करिब ७५ प्रतिशत योजना सम्झौता भएको पौडेलले बताए ।