अनुपमा खनाल
शुक्रवार, कार्तिक २९, २०७६
340

गोरखा-गण्डकी प्रदेश सरकारले गोरखामा पुल निर्माणका लागि २० करोड भन्द बढी रकम विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तरगत मोटरेवल तथा झोलुङ्गे पुल निर्माणका लागि सो रकम विनियोजन गरेको हो । जिल्लामा पुल निर्माणका लागि ११ लाखदेखि साढे चार करोड रुपैयाँसम्मका योजना परेका छन् । यातायात पूर्वाधार निर्देशनालयमार्फत पालुङटार नगरपालिका र भानु नगरपालिका जोड्नका लागि चाम्बासमा मस्र्याङदी नदीमाथि ४ करोड ४० लाख रुपैयाँको लागतमा पुल बनाइने भएको छ । यस्तै, राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत लुदिखोला पुलका लागि २ करोड १३ लाख ८१ हजार रुपैयाँ विनियोजन भएको छ ।
पाचँवटा पुल एक-एक करोड रुपैयाँको लागतमा बन्ने भएका छन् । देउराली थुमी भिमोट सोतीखोला झोलुङ्गे पुल, जुग्देखोला राइनास बुटार जोडने शहीद लखन सडक पुल, डनडुरे खोला, आर्खेत खोला र नौली खोला लापु सडक पुलका लागि एक - एक करोड रुपैयाँ छुट्टाइएको हो ।

पूर्वाधार विकास मन्त्रालयले पाँच वटा पुलका लागि ७५-७५ लाख रुपैयाँ विनियोजन गरेको छ । जरेवरमा दरौदी नदी पुल, नयाँ साघु पुल, रिचेत खोला सडक पुल, सिरानचोक र राइनास जोडने चेपे पुल र जराङ खोला सडक पुलका लागि प्रदेश सरकारले ७५-७५ लाख रुपैयाँ छुट्टाइएको हो ।
स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्र्तगत सातवटा पुल बन्ने भएका छन् । प्रत्येक पुलका लागि पूर्वाधार विकास मन्त्रालयले ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । यस परियोजना अन्र्तगत छोप्राक र खोप्लाङको घट्टे चिसापानी सडकमा भुसुन्डेखोला पुल, मुच्चोक चनौटे ताकुमाझ लाकुरीबोट सडकमा दरौंदी पुल, गोरखा नगरपालिका ११ र साविक मिरकोट ५ जोड्ने पुल बन्नेछन् । यस्तै, वयरघारी धपुक सिमलभन्ज्याङ सडकमा बडहरे पुल, गाईखुर जैसीथोक ठाँटीपोखरी सडकमा लकामखोला पुल, खोप्लाङ सेरा पालुङटार सडकमा खारखोला पुल र बारपाक लाप्राक सडकमा मग्लुङ खोला पुलका लागि पनि ५३-५३ लाख रुपैयाँ छुट्टाइएको हो ।
मन्त्रालयले चेपेखोला वालुवाफाँट सिरानचोक झोलुङ्गेपुलका लागि ५० लाख रुपैयाँ विनियोजन गरेकोे छ । मन्त्रालय अन्र्तगत गोरखामा १० वटा झोलुङ्गेपुलका लागि ११-११ लाख रुपैयाँ छुट्टाइएको छ । जसअन्तरगत दुम्चे लोङका रेंजम झोलुङ्गे पुल, कालेस्यागे खोला झोलुङ्गे पुल, गुम्दा खोला झोलुङ्गे पुल, बिही साराङ खोला झोलुङ्गे पुल छन् । यस्तै, उहिया र दुङला जोडने झोलुङ्गे पुल, नौलीखोला झोलुङ्गे पुल, दरौंदीखोला झोलुङ्गे पुल, स्वत झोलुङ्गे पुल, पानपा ७ र भानु २ जोडने मस्र्याङदी झोलुङ्गे पुल र सानो फिस्लिङ ठूलो फिस्लिङ जोड्ने झोलुङ्गे पुलका लागि ११-११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।