कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६
479

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले दोश्रोे आयोजनाको रुपमा पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको सीमाना भइ बग्ने इवाखोलाको पानी उपयोग गरि ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युुत् आयोजनाको निर्माण कार्य साउन महिनामा सम्पन्न गरि आयोजनाबाट सफलतापूर्वक जलविद्युुत् असोज १ गतेदेखि राष्ट्रिय ग्रीडमा जलविद्युुत् आपूर्ति गर्न सफल भएकोे जनाएको छ ।
मेची अञ्चलमा निर्माण भएको १३२ के.भी. काबेली कोरीडोर प्रसारण लाइनको अमरपुर सवस्टेशनमा जडान गर्ने गरि जलविद्युुत् खरिद बिक्री सम्झौता भएअनुसार सो प्रसारण लाइन साउन २१ गते सम्पन्न भइ लाइन चार्ज भएपछि यस आयोजनाबाट उत्पादित जलविद्युुत् ग्रीडमा जोड्न सम्भव भएको भन्दै कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र नेपाल जलविद्युुत् प्राधिकरणबीच जलविद्युुत् खरिद बिक्री सम्झौता २०७० बैशाख २१ मा सम्पन्न भएको बताएको छ । जलविद्युुत् खरिद विक्री सम्झौता अनुसार आयोजनाबाट जलविद्युुत् उत्पादन गर्नुपर्ने २०७५ जेठ १ गते रहेकोमा काबेली कोरीडोर प्रसारण लाइनको निर्माण तोकिएको समयमा सम्पन्न हुन नसकेको कारणले आयोजना सम्पन्न गर्न १३ महिना बढी समय लागेकोे पनि कम्पनीले जनाएको छ ।

आयोजना निर्माण गर्न १८२ करोड लागत लागेको र सो मध्ये ६९ प्रतिशतले हुने १२६ करोड रुपैयाँ बैंक अफ् काठमाडौंको अगुवाइमा अरु सहायक बैंकहरु माछापुच्छे« बैंक लिमिटेड, सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र श्री एन.सि.सि. बैंक लिमिटेडको संयुक्त लगानी जुटाई परिचालना गरिएको र बाँकी ३१ प्रतिशत शेयरधनीहरुको स्वःलगानी रहेको छ । स्वःलगानीअन्तर्गत ७५ प्रतिशत संस्थापक शेयरधनीहरु, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको र १५ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर सर्वसाधारणका लागि २०७५ बैशाख ३१ मा निष्काशन गरेको थियो । आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ प्रतिशत संस्थापक शेयर लगानी भएको छ । सर्वसाधारणतर्फको शेयर २०७५ जेठ ३० मा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइ कारोबार भइरहेको छ । संस्थापक तथा स्थानीय शेयर भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको ३ वर्षसम्म खरीद बिक्री बन्देज रहेको छ । यो बन्देज २०७८ साल जेष्ठ २३ बाट खुल्ला भइ सर्वसाधारण शेयर सरह कारोबार हुने भएको छ ।
आयोजनाको हेडवक्र्स पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको सीमानामा अवस्थित इवा सिंवा दोभानमा रहेको छ भने जलविद्युुत् गृह सोही जिल्लाको दाहाल गाउँमा इवा कावेली दोभानमा रहेको छ । आयोजनामा ६३ मिटर लामो बाँध क्षेत्रबाट पानीलाई इन्टेकमार्पmत कुलो हुँदै ७० मिटर लामो १० मिटर चौडा तथा ६ मिटर गहिरो वालुवा थिगार्ने पोखरी, डिसेण्डरमा लगिएको छ र डिसेन्डरबाट २.६ मिटर व्यासको पाइपबाट जलविद्युुत् गृहमा पु¥याइएको छ । जम्मा पाइपको लम्बाई ३.२ किलोमिटर रहेको छ । यस आयोजनामा अधिकतम १२.३ क्युमेक्स पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ । जलविद्युुत् गृहमा भारतमा रहेको युरोपियन कम्पनी एण्ड्रिज हाइड्रोका दुईसेट फ्रान्सिस टर्वाइनहरु जडान गरिएको छ । यस आयोजनाबाट वार्षिक ५.६२ करोड युनिट जलविद्युुत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । यो जलविद्युुत् बिक्रीबाट वार्षिक ३०.३७ करोड रुपैयाँ आम्दानी हुनेछ । यो आम्दानीमा पहिलो आठ वर्षसम्म ३ प्रतिशतका दरले वृद्धि हुने सम्झौता रहेको छ । कम्पनीले आगामी वर्षदेखि शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने पनि कम्पनीले दावी गरेको छ ।
जलविद्युुत् गृहबाट उत्पादित जलविद्युुत् नेपाल जलविद्युुत् प्राधिकरणको १३२ के.भी.अमरपुर सवस्टेशनमा समाहित भइ राष्ट्रिय प्रणालीमा जोडिएको छ । जलविद्युुत् गृहबाट अमरपुर सवस्टेशनको ९ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ ।
यो आयोजनाको निर्माणबाट प्रदेश नं. १ मा जलविद्युुत्को आपूर्ति बढ्न गइ उद्योग, कारखाना र व्यवसायको विकासमा टेवा पुग्ने तथा हाल भारतबाट आयात भइरहेको जलविद्युुत् कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । मेची अञ्चलको पहाडी जिल्लाहरु पाँचथर र ताप्लेजुङमा धेरैवटा जलजलविद्युुत् आयोजनाहरु निर्माणाधीन छन् । यसर्थ, मेची कोरिडोरको अन्तिम सवस्टेशन अमरपूरलाई कोशी कोरिडोरको हाङपांग सवस्टेशनसँग जोडेर मेची–कोशी रिङ बनाइदिए विद्युुत् प्रवाह गर्न सजिलो हुने कम्पनीले भनाइ छ ।


सातामा धेरै पढिएको