रेशमराज रोकाया
मंगलबार, फाल्गुन १३, २०७६

कर्णालीमा राष्ट्रिय विद्युत् प्रशारण लाइनको बिस्तार नभएपनि त्यहाँका स्थानीय नदीबाट नै कर्णालीका जनता र देशभर विद्युत् आपूर्ति गर्न सक्ने सम्भावना रहेको छ । स्थानीयस्तरमा विद्युत्लाई उत्पादन गर्न सकिएमा कर्णाली जलविद्युत्का लागि आत्मनिर्भर हुने सम्भावना रहेको छ । कर्णालीका तीन नदीबाट साढे चौध हजार मोगावाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघको तथ्यांकअनुसार कर्णालीका ठूला नदी भेरी, बबई र कर्णाली नदीबाट साढे १४ हजार विद्युत् उत्पादन हुने ‘नेपालको जलविद्युत् सम्बन्धी विस्तृत अध्ययन’ मा उल्लेख छ ।

434
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६

सरकारले कोटेश्वर जडिबुटी सडक खण्डको जाम हटाउन हनुमन्ते करिडोर निर्माणलाई चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखे पनि जग्गा विवादका कारण काम अघि बढ्न सकेको छैन । सोमबार प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको बैठकमा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र अधिकार सम्पन्न बागमती परियोजनाका आयोजना प्रमुख आशिष घिमिरेले स्थानीयको विवादका कारण निर्माणको काममा समस्या भएको बताए ।

272
कारोबार संवाददाता
सोमवार, फाल्गुन १२, २०७६

दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पाँच वर्ष अघि सम्झौता गर्दै सुरु गरिएको लामोसाँघु–जिरी सडकखण्ड स्तरोन्नतिको कार्य प्रगति ६० प्रतिशत पुुगेको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछापको महत्वपूर्ण लाइफलाइन मानिएको यो सडक खण्ड ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको हो ।

252
दिपक बोहरा
आइतवार, फाल्गुन ११, २०७६

पाँचथरको सुख्खा क्षेत्रको कुम्मायक गाँउपालीको यासोक क्षेत्रमा लिफ्टीङ प्रकृयाबाट तमोर नदीबाट खानेपानी बिस्तार गर्ने उद्देश्य सहित ४ वर्ष अघिबाट सुरु भएको तमोर लिफ्ट खानेपानी अयोजनाको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघान गरेका छन् । सम्पूर्ण निर्माण कार्य पुरा नगरि ९८ प्रतिशत काम पुरा भए पछि सो आयोजनाको उद्धघाटन गरिएको हो । आइतबार प्रधानमन्त्री ओली यासोक बजारमा एक धाराबाट पानी खोली आयोजनाको उघाटन गरेका हुन ।

299
दिलबहादुर केसी
शुक्रवार, फाल्गुन ९, २०७६

विनासकारी भूकम्पले बस्ती क्षति भएको ५ वर्षपछि सरकारले जिल्लुमा एकीकृत बस्ती निर्माणको काम सुरु गरेको छ । भूकम्पले बस्ने बास क्षति भएपछि स्थानीय पक्की भवनको आश गर्दागर्दै ५ वर्ष बित्न लागेका बेला बुधबारदेखि बस्ती निर्माणको काम सुरु भएको हो । भूकम्पपछि एकीकृत बस्तीको सपना देखेका जिल्लाको भीमेश्वर नगरपालिका–४ जिलुस्थित फस्मे र डिही गाउँमा बस्ती निर्माण बुधबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले एक समारोहका बीच बस्तीको औपचारिक रूपमा शिलान्यास गरे । शिलान्यास कार्यक्रममा मन्त्री ढुंगेलले एकीकृत बस्ती बनेसँगै थप विकासका पूर्वाधारको विस्तार गर्न सहज हुने बताएका छन् ।

97
रासस
शुक्रवार, फाल्गुन ९, २०७६

पाँच वर्षदेखि अलपत्र परेको कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम जोड्ने मितेरी पुल निर्माण पुनः सुरु भएको छ । दैलेखको पश्चिम आठबीस नगरपालिकाको राकम कर्णाली र अछामको पञ्चदेवल विनायक नगरपालिका जोड्ने पुलको काम सुरु भएको हो । तीन वर्षभित्र बनाइसक्ने लक्ष्यका साथ विसं २०६८ असार २८ गतेदेखि निर्माण सुरु भएको पुलको पिलर हाल्ने क्रममा समस्या आएकाले पाँच वर्षअघिदेखि निर्माण अलपत्र परेको थियो । जग कर्णाली नदीको बीच भागमा बसाल्ने क्रममा ठूला ढुङ्गा भेटिएकाले जग बसाल्न नसकेको भन्दै निर्माण कम्पनीले ‘फाउण्डेशन’ बदलिदिन भन्दै काम छाडेको हो ।

128
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ९, २०७६

सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो ।

117
रासस
शुक्रवार, फाल्गुन ९, २०७६

जोगवनी–किमाथाङ्का सडकखण्डको खाँदबारी–किमाथाङ्काअन्तर्गत नौ पक्की पुलको निर्माण रोकिएको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआईए) नगरी आयोजनाको निर्माण प्रक्रिया सुरु गर्दा निर्माण अवरुद्ध भएको हो । सो सडकअन्तर्गत नौ पुल निर्माणको ठेक्का लागेर निर्माण भइरहेको उत्तरदक्षिण कोसी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

100
कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६

जिल्लाको विकासको आधार मानिने सडकको पूर्वाधार निर्माणमा जनशक्ति र उपकरणको न्यून परिचालन भएको छ । निर्माण व्यवसायीले हिउँदमा जनशक्ति र उपकरण कम परिचालन गर्दा कालोपत्रे गरिने सडकको स्तरोन्नति समयमै सम्पन्न नहुने देखिन्छ । पूर्वाधार निर्माणका लागि अनुकूल मानिने हिउँदको समयमा निर्माण व्यवसायीले जनशक्ति परिचालन कम देखिएपछि जिल्लाका सरोकारवालाले समयमै काम सम्पन्न नहुने भन्दै चासो देखाएका छन् । गण्डकी प्रदेश सरकार मातहत गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती हुँदै बेग जोड्ने सडक, बेनीदेखि दरबाङ जोड्ने सडकमा कालोपत्रे योजना सञ्चालन भएका छन् । तर कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले प्रभावकारी रूपमा हिउदँकै समयमा पनि काम गर्न सकेका छैनन् ।

237
कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६

वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का विसं २०६८ मा जिएम कन्स्ट्रक्शनले पाएको थियो । विसं २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश पाएको कन्स्ट्रक्शनले निर्धारित समयमा काम सकेन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्ततः उक्त ठेक्का रद्द गर्दै नयाँ बोलपत्र गर्न बाध्य भयो । भवन निर्माण ढिलाइले बिरामीको उपचारसहित अन्य प्रशासनिक काम कर्मचारी आवासगृहबाटै भइरहेका छन् ।

173
भीम गौतम
आइतवार, फाल्गुन ११, २०७६

संसद्को अधिवेशनबाट अनुमोदन गरेर अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को झण्डै ५५ अर्ब अनुदानसहितको ऊर्जा र सडक परियोजना आगामी असार महिनादेखि सुरु गर्ने लक्ष्य छ । झण्डै साढे दुई वर्षअघि तत्कालीन शेरबहादुर देउवा सरकारले मिलिनियम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर गरेको थियो ।

439
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ९, २०७६

जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम शुरुआत गरिएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पु¥याउन काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम सुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए ।

502
भीम गौतम
शुक्रवार, फाल्गुन ९, २०७६

नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोग समक्ष औद्योगिक क्षेत्रको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेको छ । विद्युत् प्राधिकरणले प्रस्ताव गरेर प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवतरण अनुसार, टीओटी (टाइम अफ डे) ६६ केभीमार्फत आपूर्ति गर्ने उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको छ । इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझ ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५०, अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ ।

339
मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन ९, २०७६

सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरू मारमा परेका छन् । दिनभरी हिंड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य छन् । जेटबोट बन्द हुँदा पूर्वी पहाडी जिल्लाबासीलाई समस्या भएको भोजपुर जरायोटारका सन्दीप राईले गुनासो पोखे । छोटो समयको यात्रामै ओहोरदोहोर गर्न सकिने भएकाले स्थानीयलाई निकै सहज हुने गरेको थियो । तर असुरक्षा भएको भन्दै सञ्चालकले जेटबोट बन्द गरेपछि यात्रुहरू समस्यामा परेको उनको भनाइ छ ।

1149
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६

तिला गाउँपालिका २ की झुमा नेपाली दुईकोठ एक तले भत्किन लागेकै घरमा दैनिक गुजारा चलाइरहेकी छन् । एक दशक पहिले कालापहाड कमाउन गएका श्रीमान उतै बेपत्ता भएपछि घरमा कमाउने कोही छैन । ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने नेपालीलाई अहिले आवासकै चिन्ताले पिरोल्छ । उत्पादन गरी खाने जगाा छैन । नयाँ घर लगाउने क्षामता छैन, दुई दशक पहिला निर्माण गरिएको एकतले जीर्ण घरमा दुई छोरीसहित उनलैदैनिकी गुजारीरहेकी छिन् ।

293