सागर परियार
बिहिवार, फाल्गुन २९, २०७६

कृषि उत्पादनका लागि जुम्लाको रहेक भूभाग उर्वर भए पनि सिँचाइको अभावले लक्ष्य अनुसारको उत्पादन हुदैन । १२ महिना लेकाली तथा खेताली अन्नबाली उत्पादनमा किसान तल्लीन भएपनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै रहेका छन् । गत आवको थ्यांक अनुसार जुम्लाको दुई लाख ५३ हजार एक सय हेक्टर कुल क्षेत्रफलमध्ये ३९ हजार चार सय ४६ हेक्टर जमिन खेतीयोग्य छ  । त्यसमध्य २६ हजार चार सय ३५ हेक्टर सिँचाइ योग्य जमिन छ ।

151
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाका कृषकले वर्षौंदेखि बाँझो रहेको पाखोबारीमा व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । आरसीडीसी नामक संस्थाले प्रतिघर सय वटासम्म स्याउका बिरुवा निःशुल्क दिएको छ ।

146
दिलबहादुर केसी
शुक्रवार, फाल्गुन ३०, २०७६

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेका समाचार आइरहेका बेला दोलखाको तामाकोसी गाउँपालिका–६ च्यामामा भने स्थानीयले सरकारलाई जग्गादान गरेका छन् । सरकारी जग्गा कब्जा गरेको वा सरकारी जग्गा हडपेर जग्गा खाली गर्न सरकारको टाउको दुःखाइ देशव्यापी भइरहेका बेला च्यामामा भने उल्टै स्थानीयले सरकारलाई जग्गादान गरेका हुन् ।

441
सागर परियार
शुक्रवार, फाल्गुन ३०, २०७६

सरकारी तथ्यांकअनुसार कर्णालीमा करिब ५१ प्रतिशत नागरिक बहुआयामिक गरिबी छन् । जसलाई आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार, पर्याप्त खाद्यान्न अभावमा दिन गुजारा गरिरहेको भन्ने बुझाउँछ । आवासको समस्या, सीप, कला र जाँगर हुँदा पनि आर्थिक अभावले व्यापार व्यवसाय गर्न नसक्नु, चेतनाको अभावले स्वास्थ्य, शिक्षा, पोषणको पहुँचभन्दा टाढा हुनु कर्णालीका नागरिकको बाध्यता छ । स्थानीय सरकारदेखि प्रदेश सरकारले लक्षितवर्गमुखी ल्याएको बजेट, अनुदान अहिले पनि वास्तविक दुरदराजका लक्षित वर्गसम्म पुग्ने गरेको छैन । जसका कारण गरिब झनै गरिब र धनी झनै धनी हुने संस्कारको अन्त्य हुन सकेको छैन ।

403
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६

विकास निर्माणको काममा ढिलासुस्ती, गुणस्तर नभएको गुनासो निर्माण ब्यवसायीप्रति देशब्यापी बढेको छ । संघीय संरचनाअनुसार स्थानीय सरकारले गाउँका सानासाना योजना उपभोक्ता समितिबाट गर्ने प्रचलन बढाएको छ । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारको ढल निकासका लागि नाली निर्माण कार्य उपभोक्ता समितिले लिएको छ ।

374
सागर परियार
शुक्रवार, फाल्गुन ३०, २०७६

चन्दनाथ नगरपालिका बजार क्षेत्रका सयौं स्थानीय अहिले पनि शौचालयविहीन छन् । आर्थिक अभावभन्दा पनि जगाा नभएर बजार क्षेत्रका अधिकांश विपन्न समुदायको आफ्नै शौचालय छैन । जसलाई केही समय अघिसम्म दिसापिसाब गर्न खोलाकिनारकै भर थियो । तर,बुधबार खलंगामा निर्माण भएको नमूना शौचालय उद्घाटनसँगै झाडीमा जानुपर्ने कष्ट हटेको स्थानीय काली दमाईले बताइन् । ‘पहिला खोलामा जान्थेऊँ, अब शौचालयमै शौच गर्न पाउने भयौं’ भन्दै उनले खुसी व्यक्त गरिन् ।

726
मनोरञ्जन शर्मा
बिहिवार, फाल्गुन २९, २०७६

सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर एक र दुई सीमानामा रहेको (पक्लिहवा क्षेत्र) डन्डा नदी तिरमा फोहर फाल्न स्थानीय वसिन्दाले रोक लगाएका छन् । त्यहा जम्मा हुने फोहर र त्यस्वाट निष्कने दुर्गन्धले त्यसक्षेत्रमा बस्न र वरपर हिडडुल गर्नै नसक्ने अबस्था भएपछि बुधबार त्यहा फोहर खसाल्न गएका नगरपालिकाका ट्याक्टरहरुलाई स्थानीयले फिर्ता पठाएका हुन् ।

308
प्रगति ढकाल
बिहिवार, फाल्गुन २९, २०७६

कोरोना भाइरसको संक्रमणको त्रासका कारण गैंडा गणनाको योजना पनि पछि धकेलिएको छ । चैत १ गतेदेखि गैंडा गणना सुरु गर्ने भनिए पनि कोरोनाका कारण तत्कालका लागि गणना नगरिने भएको हो । वन तथा वातावरण मन्त्रालय स्रोतका अनुसार कोरोना त्रासकै कारण गैंडा गणना रोकिएको हो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने घाँसै मैदान नसुक्दा गैंडा नदेखिने भएकाले गणना स्थगित गरिएको तर्क गरेको छ ।

517
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

सोरु गाउँपालिकामा रहेका स्थानीयबासी गाउँघरमै नुन पाउँदा हर्षित भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा रहेका सबै बस्तीमा बस्ने प्रत्येक घरधुरीले गाउँघरमै नुन पाएपछि स्थानीय हर्षित भएका हुन् । विगतका वर्षमा सदरमुकाम गमगढी बजारमा २ दिनको पैदल यात्रा गरेर १० पोका नुन लिनका लागि लाइनमा बसेर नुन लिन बाध्य हुने जनता आजभोलि सोरु गाउँपालिकाको सोरुकोट डिपोमा नुन पुगेपछि आफूले चाहे जति नुन लिन पाउने साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेड मुगुले जनाएको छ ।

360
सागर परियार
बुधवार, फाल्गुन २८, २०७६

कर्णाली राजमार्गमा गाडी गुड्न थालेको करिब १३ वर्ष बढी भयो । सवारी सञ्चालनमा सहजताका लागि राजमार्गमा पर्ने विभिन्न खोलामा पक्कीपुल निर्माणको थालनी गरेको पनि करिब एक दशक बढी भयो । तर अहिलेसम्म कर्णाली राजमार्गका १३ वटा पक्कीपुल अधुरै छन् भने सातवटा मात्रै सञ्चालनमा आएका छन् ।

468
रासस
बुधवार, फाल्गुन २८, २०७६

उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उन बताउनुहुन्छ । उनले भने, “स्याउको दाना बेचेर मात्र जुम्लाले रुपैयाँ कमाउँदैन, स्याउका बिरुवा बेचेर पनि करोडौँ रकम भित्र्याउँछन् ।”

311
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

गोदावरी नगरपालिकाले छिट्टै पाँच नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।

185
देवराज गुरुङ
सोमवार, फाल्गुन २६, २०७६

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालू आव ०७६-७७ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गतको ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना सहयोग कार्यक्रम’ को सम्झौता भएको छ । प्रदेश नं. १ का १४ जिल्लाका २९ वटा विद्यालयमा कार्यक्रम लागू हुने गरी सम्झौता भएको हो । कार्यक्रमका लागि ३ करोड ७७ लाख ६ हजार ३ सय ९३ रुपैयाँ बराबरको सम्झौता भएको हो । उक्त रकम मन्त्रालयले प्रदान गर्ने अनुदान र सम्बन्धित विद्यालयको साझेदारी हो । फागुन १३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सम्झौताका लागि दिइएको ७ दिनको समय अवधिमा सबै विद्यालयले सम्झौता गरिसकेको मन्त्रालयका सूचना अधिकारी अनिरुद्रकुमार शाहले जानकारी दिए ।

596
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

दाङमा एक युवाले व्यावसासिक कागतीखेती सुरु गरेका छन् । रुकुमको खारा निवासी रामचन्द्र खड्काले ५० लाख बढीको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ को बिजौरीमा कागतीको व्यावसायिक खेती गरेका हुन । करिब २३ कठ्ठा जमिन वार्षिक ५० हजार रुपैयाँमा भाडामा लिएका उनले करिब १५ सय कागतीका बिरुवा रोपेका छन् । दुई वर्ष पहिले भारतबाट ‘युरेका लेवन’ जातको कागती ल्याएर रोपेका हुन ।

165
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

लमजुङको मस्र्याङदी–२ घनपोखराका कृष्णप्रसाद घिमिरे विगत १० वर्षदेखि खर्कमा भैंसी चराउछन् । आफु सरहका साथीसँगी कोही लाहुरे छन् कोही अझै रोजगारीका लागि विदेश छन् । तर घिमिरे भने विदेशको जागिर छोडेर नै खर्कमा भैंसी चराउन फर्किएका हुन् । “हजुरबुबाको पालादेखि नै हामी भैंसी गोठमा बस्दै आएका छौँ,” घिमिरेले भने, “केही वर्ष विदेश गएर पनि म अहिले भैंसी गोठमा फर्किएको हुँ ।” परम्परागत भैंसीगोठलाई निरन्तरता दिँदै व्यावसायिक भैंसी पाल्ने घिमिरेले दूधबाट बन्ने परिकारबाट मात्रै वार्षिक लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । घिमिरे चार पुस्ता अघिदेखि भैंसी गोठमा बस्दै आएका छन् ।

150