कारोबार संवाददाता
आइतवार, चैत्र २, २०७६

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँकटानका परशुराम रानाले कृषि क्षेत्रमा जीवन बिताएको धेरै भयो । लामो समय कृषि पेसा अगालेका रानाले पछिल्लो समय भने होमस्टे सञ्चालनमा लागेका छन् । होमस्टे सञ्चालनमा लागेपछि रानाको जीवनशैली नै फेरिएको छ । “दैनिकी सञ्चालनका लागि कृषि पेसामा सोचेअनुरुप आम्दानी नहुने भएपछि होमस्टे सञ्चालन गर्ने अवस्थामा पुगिएको हो ।” रानाले भने, “कृषिमा मात्रै भर परेर धेरै समय अन्योलमा परियो, होमस्टे सञ्चालन गरेर अहिले दैनिकीमा पनि परिवर्तन भएको छ ।”

214
गोपाल पोखरेल
आइतवार, चैत्र २, २०७६

उदयपुरको पहाडी क्षेत्रबाट लालिगुराँस लोप हुँदै गएको छ । संरक्षणको साटो स्थानीयले दाउराको रुपमा प्रयोग गर्न थालेपछि उत्तरी महारभारत क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालिगुराँस लोप हुँदै गएको हो ।

165
कारोबार संवाददाता
आइतवार, चैत्र २, २०७६

गौरीशंकर संरक्षण क्षेत्रभित्र वन्यजन्तु पीडित किसानले क्षतिपूर्ति पाएका छन् । दोलखाका विभिन्न स्थानीय तहका किसानहरुलाई संरक्षण क्षेत्रका वन्यजन्तुहरुले गरेको मानवीय तथा पशुधन क्षतिबापत सरकारको तर्फबाट राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराइएको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले किसानको क्षतिका आधारमा राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ । विभागअन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले किसानलाई राहत रकम हस्तान्तरण गरेको हो । कार्यालयका सम्पर्क अधिकृत शिवलाल गैरेका अनुसार वन्जन्तुले आक्रमण गरी घाइते बनाएका मानिस र पशुचौपाय गुमाएका किसानलाई क्षतिको आधारमा रकम उपलब्ध गराइएको छ ।

313
गोपाल पोखरेल
आइतवार, चैत्र २, २०७६

चैतको समय भएकाले घामसँगै हावा चलिरहेको छ । त्रियुगा नगरपालिका १३ बहेड्वाकी ६५ बर्षिया सियावती चौधरी सेताम्मै फुलेका आँपको रुखको छहारीमा बसेर पैसा गनिरहेकी छिन् । त्यहीवेला नातिनी आशा दौड्दै खबर लिएर आइन्, र भनिन् “माथिको बगैचाको पनि आँप किन्न मान्छे आएका छन् ।”

147
रासस
सोमवार, चैत्र ३, २०७६

यहाँको एक विकट गाउँमा परम्परागत रूपमा गाउँघरमा प्रचलनमा रहेको पैंचो लेनदेन गर्ने चलन सुरुआत भएको छ । गाउँघरमा एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि दक्षिण पर्वतको बिहादी गाउँपालिकास्थित एक गाउँमा पैंचो पसल सुरु भएको छ । स्थानीय ३० किसानको संयुक्त प्रयासमा बिहीबारदेखि पैंचो पसल सञ्चालनमा ल्याइएको हो ।

304
कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६

कोरोना भाइरसको जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेंसीसहर बजारमा मास्क अभाव भएको छ । बेंसीसहर नगरपालिकाको संयोजनमा भएको बजार अनुगमनको क्रममा मास्क अभाव भएको पाइएको हो । बेंसीसहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोहोराको संयोजनमा सदरमुकामस्थित मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्दा मास्क अभाव रहेको पाइएको हो ।

349
अमरराज आचार्य
सोमवार, चैत्र ३, २०७६

जिल्लामा पछिल्लो समय माछापालन व्यवसाय वृद्धि हुँदै गएको छ । कुनै समय नदि, खोला र प्राकृतिक पोखरीमा पालिने माछाले धान्दै आएको दाङको बजारमा पछिल्लो समय व्यावसायिक रुपमा पालन गर्दै आएको माछाले लिन थालेको छ । माछा पालनका लागि उपयुक्त माटो, हावा र पानीसँगै उत्पादित माछाको बजारसमेत राम्रो सम्भावना भएपछि पछिल्लो समय जिल्लामा माछा पालन व्यवसाय बढ्दै गएको हो । थोरै श्रमबाट पनि माछापालन व्यवसाय गर्न सकिने र त्यसबाट राम्रो उत्पादन लिन सकिने भएपछि माछा पालन व्यवसायमा युवाहरुको समेत आकर्षण बढेको छ ।

305
लक्ष्मण ढुंगाना
सोमवार, चैत्र ३, २०७६

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमा नाकामा प्रभावकारी चेक जाँच गर्ने निर्णय गरिएको छ । आइतबार बर्दियाको ठाकुरद्धारामा भएको नेपाल–भारत संयुक्त जिल्ला समन्वय बैठकमा दुवै देशका सुरक्षा अधिकारी लगायत सरोकारवालाबीच सीमा नाकामा उच्च सतर्कता अपनाउने सहमति भएको हो ।

334
मीनकुमार नवोदित
सोमवार, चैत्र ३, २०७६

संखुवासभा खाँदबारीका वीरेश राई व्यवस्थित बासका लागि सपरिवार मोरङको सुन्दरपुर झरे । पुख्र्यौली सम्पत्ति बेचेर तराई झर्ने उनी एक्ला होइनन्, कानुनी रीत पु-याएर बसाइँ सर्नेको संख्या दिनदिनै बढेको छ । अझ पछिल्लो समय पहाडका जमिन बिक्री हुन छाडेका छन् । बिक्री नभएपछि त्यतिकै छाडेर हिंडिरहेका छन् । “बिरामी हुँदा पैसा हुनेले पनि बेलैमा उपचार पाइँदैन,” राईले भने, “आफ्नोभन्दा सन्तानको सुरक्षित भविष्यको खोजीले मान्छे आफ्नो पुरानो थलो छाड्दो रहेछ ।” उनी प्रतिनिधि पात्रमात्रै हुन् । संखुवासभा मात्रै होइन पहाडी जिल्लाबाट बसाइँ सर्नेको ताँती नै लागेको छ पछिल्लो समय ।

2022
सागर परियार
आइतवार, चैत्र २, २०७६

विमानस्थ देखि सडक अबरुद्ध जुम्ला - करिब दशक भन्दा पछाडी कर्णालीमा चैत लागिसक्दा पनि भारी हिमपात भएको छ । कर्णालीमा माघ दोस्रो सातादेखि तातो रिट्ने र हिमपात नहुने गर्दछ । तर जलवायु परिवर्तनकै कारण यो वर्ष भएको करिब १० औ पटकको हिमपात चैत महिनामा हुँदा कर्णालीका किसान खुसी अच्चमीत पनि भएका छन् । प्राय खडेरी पर्ने चैत महिनामा भारी हिमपात हुँदा किसान खुसी नहुने कुरा छैन् । स्याउ किसान विष्ण अधिकारी भन्छन, पहिला खडेरी पर्ने समसयमा हिमपात हुनु निकै राम्रो, स्याउ किसानलाई ठुलो राहत भएको बताए । स्याउका क्यारी अर्थात खाडल बनाएर हिउँका डल्ला राख्दा महिनादिनका लागि सिचाई गर्नै पर्दैन, जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले भने, चैतमा हिमपात हुनु नौलो कुरो भएपनि किसानलाई राहत पुग्नु फाईदा हो । शुत्रबार देखि मौसममा भएको खराबीका कारणा कर्णालीमा हुने सबै उडान बन्द भएका छन् । साविक कर्णालीका हुम्लाको सिमिकोट, डोल्पाको जुफाल,मुगुको मुगु र जुम्लाको जुम्ला बिमानस्थल शुत्रबार देखि बन्द भएका छन् । तीनदिन देखि भएको हिपापातका कारण धावन मार्गमा बाक्लो हिउँ जमेकाले उडान गर्न नसकेका हुन् । शनिवार राती देखि कर्णालीमा भईरहेको हिमपातले गर्दा उडान ठप्प भएको जुम्ला विमानस्थका सूचना अधिकारी रिंकी मल्लिकले े बताईन् । भारी हिमपातका कारण संचालनमा आएको हप्तादिन नबित्दै फेरि नाग्म गमगडी सडक अबरुद भएको छ । मुगुमा वित्तिय साक्षरता कार्यक्रम गर्ने भनी घुच्ची लेक सम्म पुगेको आर्थिक पत्रकार समाज (सेजन) को टोलि हिमपातले सडक अबरुद भएपछि जुम्ला फर्किएको सेजनका केन्द्रीय अध्यक्ष भिम गौतमले जानकारी दिए । यता सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीका अनुसार मौसममा सुधार आउना बित्तिकै सडक सुचारुका लागि हिउँ पन्छाउने काम गरिने छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार यो हप्ताभरी फाटफुट वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना छ । चैतमा हिमपात भएका कारण कर्णालीमा चिसो पुस माघ जस्तै भएकाले बालबालिका, जेष्ठनागरिकलाई भने सुरक्षित रहन चिकित्सकको आग्रह छ । फोटो क्याप्सन ः जुम्ला भारी हिमपातपछिको दृष्य । तस्बिर ः सागर परियार ।

517
प्रकाश पाक्साँवा
बिहिवार, फाल्गुन २९, २०७६

म्याङलुङ नगरपालिका–८ आम्बुङका प्रेम शंकर, ४० फलामको काम गर्छन् । उनी उद्यमी बन्ने दिशामा अघि बढेका छन् । एक सय रुपैयाँ एक किलोग्राममा फलाम किनेर खुकरी बनाएर बेच्नु उनको दिनचर्या हो । “प्रतिकिलो एक सय रुपैयाँमा फलाम किन्छन् अनि खुकुरी बनाएर आठ हजारमा बिक्री गर्छु,” उनले भने, “एक किलो फलामले एउटा खुकुरी बन्छ ।” दलित सचेतना समाज ड्यासले प्रदान गरेको घरेलु कृषि औजारसम्बन्धी तालिम पाएपछि उनीे फलामे औजारहरू बनाउने सीप सिके । धरान पुगेर सुरुमा १० किलो फलामले आठ वटा खुकुरी र एउटा कोदालो तयार गरि बिक्री गरेपछि आफ्नो परिश्रमको उचित मूल्य पाए । शंकरले कृषि औजार केन्द्र नाम दिएर कृषि औजार उत्पादनलाई निरन्तरता दिएको ११ वर्ष भइसक्यो ।

194
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

प्युठान नगरपालिका–२, दाखाक्वाडीका तुलासिंह खड्कालाई तरकारी खेतीको स्याहार गर्न भ्याइनभ्याई हुन्छ । बिहानदेखि साँझसम्मको प्रायः सयम तरकारी बारीमै बिताउँछन् उनी । व्यावसायिक तरकारी खेती गर्न थालेका खड्का खेतीबाट राम्रो प्रतिफल पाउने आशामा छन् । “मेहनतअनुसार बिरुवा राम्रोसँग हुर्किएका छन्,” खड्काले भने, “गर्मी सिजनमा तरकारीको मूल्यसमेत राम्रो आउने हुँदा आम्दानी पनि राम्रै होला ।” टनेलमा लगाएका झण्डै १२ सय टमाटर र काँक्रोले फल हाल्न थालेका छन् ।

236
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

मापदण्डविपरीत विकासका नाममा नदीजन्य वस्तुको दोहनले कालिगण्डकी नदीको अस्तित्व संकटमा पर्दै गएको छ । विकास आयोजनाका निर्माण ब्यवसायीले विकासका नाममा नदीमा मापदण्डविपरीत नदीजन्य वस्तु उत्खनन् गर्नाले अस्तित्व संकटमा परेको हो । विकासका नाममा वातावरणीय परीक्षण नभएको बगरमा नदीजन्य वस्तु निकाल्दा कालिगण्डकी नदीको महत्व लोप हुने खतरा बढेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । सडक, क्रसर र विद्युत्को अन्तरद्वन्दले कालिगण्डकी नदीको महत्व गुम्दै गएको रघुगंगा गाउँपालिका–१ स्थित तिपल्याङबासीले बताए ।

269
घनश्याम पौडेल
बिहिवार, फाल्गुन २९, २०७६

हेर्दा पनि मन नै आनन्दित हुने । हेरौं हेरौं भइरहने । चिटिक्क पारेर रंगरोगन गरिएको भवन । केही महिना अगाडि हेर्दा अस्तव्यस्त पौवा । अहिले हेर्न गयो, भने झलमल्ल । त्यो हो अर्घाखाँचीको सन्धिखर्क तम्घास सडकको बल्कोटमा रहेको बल्कोट पौवा । नामले नै परिति पौवामा जंगबहादुर राणाको न्वरान भएको स्थान भनेर चिनिन्छ ।

186
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली संस्था बनाएको कुराले, प्रणाली बसाएको कुराले प्रतिफल दिन्छ भन्ने प्रमाणित नगर विकास कोषले गरेको बताउँछन् । उनी कोषका पूर्वकार्यकारी निर्देशक हुन् । “अन्य संघसंस्था घाटामा गएका छन् तर पूर्वाधार, खानेपानी, ढललगायतका क्षेत्रमा लगानी गरी लगानी फिर्ता गर्न सफल छ,” कोषको प्रगतिप्रति सन्तुष्टि जनाउँदै ज्ञवाली थप्छन्, “त्यो पनि हिजैकै ऐनबाट आजसम्म काम गरिएको छ भने कार्यक्षेत्र पनि बिस्तार हुँदै गएको छ ।”

151