कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

बैतडीबाट यो वर्ष हिउँदे फलफूलका बिरुवा बिक्री गरिने भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र किसानको निजी नर्सरीबाट एक करोड ६ लाखका बिरुवा बिक्री हुने केन्द्रका प्रमुख डम्मर भाटले जानकारी दिए । केन्द्रमा ३१ हजार ९०० बिक्रीयोग्य बिरुवा रहेका छन् । किसानको निजी नर्सरीमा ९७ लाख ५६ हजार २५० बराबरका तीन लाख १९ हजार बिरुवा छन् । केन्द्रबाट मात्रै नौ लाख ६० हजारका बिरुवा बिक्री गर्ने तयारी भएको प्रमुख भाटको भनाइ छ ।

179
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

प्रदेश ७ मा तीन महिनाको अवधिमा कुरीतिका कारण १ हजार ३३ जना प्रभावित भएका छन् । सोच नेपालले २०७६ असार १६ गतेदेखि २०७६ असोज १३ सम्म (जुलाई १, २०१९ देखि सेप्टेम्बर ३०, २०१९ सम्म) कुरीतिजन्य हिंसाका १ हजार ३३ वटा घटना राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका घटनाले यस्तो देखाएको हो ।

210
दिलबहादुर केसी
मंगलबार, कार्तिक १९, २०७६

दोलखामा ३ वटा अत्याधुनिक शीतभण्डार (कोल्ड स्टोर) बन्ने भएको छ । स्थानीय तहसँगको सहकार्यमा संघीय सरकार र प्रदेश सरकारको लगानीमा ३ वटा शीतभण्डार निर्माण हुन लागेको हो ।

395
मनिषा चम्लागाईँ
सोमवार, कार्तिक १८, २०७६

झापा हुँदै लामो समयदेखि तेस्रो मुलुकसम्म चल्दै आएको गाईगोरु तस्करीमा झापाका जनप्रतिनिधिको सहभागिता देखिएको छ । तस्करीमा पक्राउ परेकालाई छुटाउन प्रहरी समक्ष जनप्रतिनिधि नै पुग्ने गरेको पाइएको छ ।

296
सागर परियार
सोमवार, कार्तिक १८, २०७६

जुम्लाको अर्गानिक स्याउ एक फाइदा र परिकार अनेक छन् । जुम्लामा उत्पादन हुने स्याउको उत्पादन हुने विभिन्न परिकारमध्ये एक (स्याउका चाना) जो मेसिनबाट काटेर सुकाई प्याकिङ गरी बजारमा पठाइन्छ । जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा चानालाई बढी रुचाएको पाइन्छ ।

411
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

पोखरा महनगरपालिका–२२ पुम्दीकोटमा महादेवको विशाल मूर्तिसहितको भौतिक संरचना निर्माणकार्यलाई तीव्र पाएिको छ । फागुन महिनाभित्र महादेवको मूर्ति राख्ने गरी निर्माणलाई तीव्र पारिएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापना गर्न लागिएको उक्त विशाल महादेवको मूर्तिसहितको अन्य संरचनाको काम हालसम्म २५ प्रतिशत निर्माण सम्पन्न भएको अध्यक्ष बरालले जानकारी दिए ।

267
दीननाथ बराल
सोमवार, कार्तिक १८, २०७६

केही समयदेखि पोखरामा जथभावी रूपमा देखापरेका फुटपाथ व्यापार तथा व्यवसायलाई एक साताभित्र हट्न पोखरा महानगरपालिकाले चेतावनी दिएको छ । पोखराका मुख्य बजार क्षेत्रमा फुटपाथलाई अतिक्रमण गरी व्यापार तथा व्यवसाय गर्न थालेसँगै महानगरले उनीहरूलाई नियन्त्रण गर्न पत्रसहित एक साताको म्याद दिएको छ भने समय सीमाभित्र फुटपाथ नहटे वा नहटाएमा महानगरले कारबाही गर्ने चेतावनी दिएको हो ।

268
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

सीमान्तकृत, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायलाई विकासमा अगाडि बढाउन सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमको अनुगमन कमजोर रहेको औंल्याइएको छ ।

195
रासस
सोमवार, कार्तिक १८, २०७६

भूकम्पबाट क्षतिग्रस्त राणाकालीन दरबार बबरमहलको प्रबलीकरण सुरु भएको छ । बबरमहल पुरानै स्वरुपमा प्रबलीकरण थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (भवन)ले जनाएको छ । गत असार २५ गते निर्माण व्यवसायीसँग प्रबलीकरणका लागि सम्झौता भई काम सुरु भएको आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताए । ८६ करोड दुई लाख ५२ हजार रुपैयाँको लागतमा दुई वर्षभित्र प्रबलीकरण सम्पन्न हुनेछ । भवनमा भूकम्पअघिसम्म सडक विभाग र महालेखा परीक्षकको कार्यालय सञ्चालनमा थियो ।

402
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका थिए । व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन् । अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

187
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

करदाता सेवा कार्यालय जुम्लाले मुगुको गमगढी बजारका व्यावसायीहरुलाई फर्जी बिल प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय व्यापारीहरुले पान नम्बर नलिइ कारोबार गरेकाले तत्काल करको दायरामा आउन पनि कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक साताभित्र करको दायरामा आउन पनि व्यवसायीहरुलाई आग्रह गरेको छ । तिहारअघि बजार अनुगमनका क्रममा विभिन्न व्यवसायीले फर्जी र लुज बिल प्रयोग गरेर कारोबार गरेको पाइएपछि एक साताभित्र करको दायरामा आउन निर्देशन दिइएको करदाता सेवा कार्यालयल जुम्लाका अधिकृत हिमालय वमले बताए ।

289
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

रामेछाप जिल्लाका किसानले उत्पादन गरेको फूल नबिकेपछि किसानहरु चिन्तित बनेका छन् । आफूलाई चाहिने सयपत्री फूल खेती जिल्लाका प्राय सबैले गर्न थालेपछि व्यवासयिक रुपमा खेती गर्नेहरुको फूल नबिकेको हो । बिगतका वर्षहरुमा जिल्ला सदरमुकाममा तिहारको समयमा माग अनुसार आपूर्ति गर्न नसकिएपनि यस वर्ष फूलको माग घटेको व्यवसायीहरु बताउँछन् ।

351
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

छठ पर्व सुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेको छ । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएको छ । छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कंकालनी नगरपालिका–१ का दिलीप मरिक(डोम)ले बताए ।

321
रासस
बिहिवार, कार्तिक १४, २०७६

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले २९ करोड रुपैयाँ भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

281
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ नायगाडमा १७ वर्षदेखि पञ्चराम टमटा दम्पतीले तामाको भाँडा बनाएरै आम्दानी गरेका छन् । उनले गाउँमै भाडाकुडा बनाएर आम्दानी गर्दा घरको आयस्रोतमात्र बढेको छैन कामका लागि विदेशीनेलाई प्रेरणाको स्रोत पनि बनेका छन् । सल्यानको शारदा नगरपालिका स्थायी घर भएका टमटा दम्पतीले गाउँघरका पुराना तामाको भाँडा संकलन गरी नयाँ तामाको भाँडा बनाउने पेशाबाट मनग्य आम्दानी गरेका हुन् ।

346