कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६

प्रदेश राजधानी रहेको विराटनगरलाई मंगलबारदेखि अनिश्चितकालीन लकडाउन गरिने भएको छ । महानगरपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनीकरणका लागि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले लकडाउन घोषणा गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

327
कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६

देशमा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । सरकारले चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरेको हो । सरकारले मंगलबार बिहानदेखि एक साताका लागि घरबाट बाहिर निस्कन नपाइने निर्णय गर्दैैे एक सातासम्म सवारी साधन समेत चलाउन नपाउने निर्णय पनि गरेको छ ।

826
सुब्बा कार्की
सोमवार, चैत्र १०, २०७६

प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालयले महेन्द्र राजमार्गमा तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालय रौतहटले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले यस्तो बताएका हुन । रौतहटसहित प्रदेश नम्बर २ का आठवटै जिल्लामा चल्ने सवारी साधनहरूका लागि टाइम कार्ड लागू गरेको जानकारी दिँदै अबदेखि चालकहरूलाई तीव्र गतिमा सवारी साधन नचलाउन उनले आग्रह गरे ।

309
नीरज पिठाकोटे
सोमवार, चैत्र १०, २०७६

नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा पनि कोरोनाको संक्रमित व्यक्तिको मृत्युपछि नेपालको सीमाक्षेत्रका जनता पनि त्रसित भएका छन् । भारततर्फ पनि २२ मार्च अर्थात् चैत ९ गते नै एकदिन ‘जनता कर्फ्यु’ घोषणापछि सीमावर्ती सहर रक्सोल पनि सुनसान भएको छ । दैनिक लाखौं संख्यामा रेलमार्फत यात्रा गर्ने यात्रुहरू आइतबार रेलवे स्टेसनमा एकजना पनि देखिएनन् । सधैं भीड हुने गरेको रेल स्टेसन आइतबार भने सुनसान देखिन्थ्यो । यही बीचमा भारतको विहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ ।

390
कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६

सामुदायिक वन उपभोक्ता महासंंले समुहका करिव १४ सय ११ वटा भवन आवश्यक परेमा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले पनि पूर्व तयारी थालनी गरिरहँदा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले उच्च सतर्कता अपनाउन क्वारेन्टाइनका लागि सामुदायिक वन समुहका भवन उपलब्ध गराउने निर्णय गरेको हो ।

339
सागर परियार
सोमवार, चैत्र १०, २०७६

चन्दननाथ नगरपालिका ८ की ५८ वर्षिया रुपकन्या दमाई चैत ७ गते चामल र नुन लिन खाद्य संस्थानमा पुगिन् । अघिपछि सुनसान हुने खाद्यमा उनले चामल नुन लिनेको भिड देख्दा दंग परिन् । नेपालमा कोरोना भित्रिन नदिने भन्दै सरकारले नाका बन्दी गरेपछि खाद्यन्नको जोहो गर्न स्थानीयको भिड लागेको हो ।

267
कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६

बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् । आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबाली मासेर लगाएको केराले बजार पाउन छाडेको स्थानीय किसान सूर्यनाराण पौडेलले गुनासो गरे । कुश्मीशेराको खौर, किसेक र टुनीवोटमा केरा खेती सुरु भएको दश वर्षभन्दा धेरै भयो । सो खेतीबाट राम्रो आम्दानी गरेका यहाँका किसानले यस वर्षको हिउँदमा नोक्सानी बेहोर्नुपरेको थियो ।

247
नीरज पिठाकोटे
आइतवार, चैत्र ९, २०७६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको सीमावर्ती सहरमा त्रास फैलिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा पनि कोरोनाको संक्रमित व्यक्तिको मृत्युपछि नेपालको सीमाक्षेत्रका जनता पनि त्रसित भएका हुन् । भारततर्फ पनि २२ मार्च अर्थात चैत ९ गते नै एकदिन ‘जनता कर्फ्यु’ घोषणापछि सीमावर्ती सहर रक्सोल पनि सुनसान भएको छ । दैनिक लाखौं संख्यामा रेल मार्फत यात्रा गर्ने यात्रुहरु आईतबार रेलवे स्टेशनमा एकजना पनि देखिनन् ।

446
कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६

सुदूरपश्चिमका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने, घरायसी सामान किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने र औषधि उपचारका लागि पनि भारतका विभिन्न सहरमा जानेका छन् । भारतसँग खुला आवागमनका कारण सुदूरपश्चिममा भारतबाट कोरोना फैलन सक्ने त्रास बढेको हो । सो त्रासका कारण सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान प्रदेशवासीलाई निर्देशन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले कम्तीमा एक हप्तासम्म भारत नजान निर्देशन गर्ने निर्णय गरिएको छ ।

293
कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६

वन तथा वातावरण मन्त्रालयले वनको संरक्षण, व्यवस्थापन र उपयोगमा चुनौती रहेको बताएको छ । कोरोना भाइरसको प्रकोपका कारण २१ मार्चमा हुने अन्तर्राष्ट्रिय वन दिवसको औपचारिक कार्यक्रम स्थगित भएपछि प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले पछिल्लो समय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा चुनौती देखिएको प्रष्ट पारेको हो ।

256
कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६

पटक–पटक हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम पर सर्दै गएको छ । चैतदेखि विकास निर्माणको काम सुरु गर्न ठिक्क पारिए पनि उपल्लो डोल्पावासी पुनः चैत २ गते भारी हिमपात प¥यो । हिमपातकै कारण विकास निर्माणको काम एक महिनापछि सरेको छ । शे–फोकसुण्डो, छार्का ताङसोङ, डोल्पोबुद्ध गाउँपालिकामा अझै विकास निर्माणका काम सुरु हुन नसकेको हो । वैशाखबाट मात्र विकास निर्माण काम सुरु हुने शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

228
रासस
आइतवार, चैत्र ९, २०७६

धानको पकेट क्षेत्रका रूपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ । गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनको कार्यालयले जनाएको छ ।

256
कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६

कमलामाई नगरपालिकाले मासु आयातमा रोक लगाएको छ । मासुबाट पनि कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै तत्काललाई मासु आयातमा रोक लगाएको हो । जिल्ला भित्रिने सबै नाकामा प्रहरीसँग समन्वय गरेको र नियमको उल्लङ्घन गरी कमलामाई नगरपालिकाभित्र मासु ल्याई बिक्री गरेको पाइएमा कारवाही गरिने प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । उनले जिल्लामा उत्पादन भएका मासुजन्य वस्तुहरुको कारोवार गर्न आग्रह गर्दै बाहिरबाट आयात गरी ल्याएका मासु उपभोग नगर्न नगरवासीमा आग्रह गरे ।

212
दीननाथ बराल
आइतवार, चैत्र ९, २०७६

गण्डकी प्रदेशको राजधानी पोखरा अन्तर्राष्ट्रिय सहर एवं ट्रान्जिट प्वाइन्टको रूपमा समेत विकसित हुँदैछ । यहाँ ७७ जिल्लाकै मानिस बसोबास गर्दै आएको पाइन्छ । यद्यपि मुख्य रूपमा भने गण्डकी प्रदेशका कास्कीसहितका ११ जिल्लाका मानिसहरूको बसोवासको पहिलो रोजाई पोखरा हुँदै आएको छ ।

984
कारोबार संवाददाता
शुक्रवार, चैत्र ७, २०७६

जुम्लाको सिंजा गाउँपालिकामा रहेको एकमात्र रेडियो सिंजा एफ एम हटाउन दबाव आईरहेको छ । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई लाट्ठीले हानेको,गाउँपालिकामा अनियमितता र एम्बुलेन्स मा जनप्रतिनिधि भन्ने समाचार प्रसारण गरे बापत सिंजा गाउँपालिकाले रेडियो हटाउन अल्टीमेटम दिएको रेडियो सिंजा एफएमका स्टेशन म्यानेजर मोहन बिक्रम शाहिको आरोप छ । जुम्लाको सदरमुकाम देखि ३२ कोस टाढा रहेको रेडियो सिजा एफ एम ले गएको एक महिनामा गाउँपालिकाले गरेका अनियमितता का समाचार

1488