कारोबार संवाददाता
आइतवार, असार २२, २०७६

बराहताल गाउँपालिका–७ का विपन्न ६० परिवारलाई निःशुल्क बाख्रा वितरण गरिएको छ । वडा कार्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा सञ्चालित साझा आवाज कार्यक्रमले संयुक्त रूपमा बाख्रा वितरण गरेका हुन् । गरिबी निवारण गर्नका लागि वडाका विपन्न एवं दलित परिवारलाई बाख्रा वितरण गरिएको वडाध्यक्ष कुलबहादुर बुचाले जानकारी दिए ।

232
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, अलँंची र कफीका बिरुवा वितरण गरिएको छ ।

202
मेगराज खड्का
शुक्रवार, असार २०, २०७६

ग्रामीण भेगमा खनिने सडक मनोमानी ढंगले खनिने गरेको पाइएको छ । कृषि तथा वडास्तरीय सडकमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफै इन्जिनियर बनेर सडक खन्ने गरेको पाइएको हो । शनिबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा निर्माण गरिएको सिम्ली तल्लो माथिल्लो आमडाँडा चिन्तु तिमिले सडकको अनुगमन क्रममा यस्तो अवस्था देखिएको हो ।

294
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

भोजपुर नगरपालिका–५ बोखिमका ६६ वर्षीय पर्शुराम मोते अहिले पनि सहनाई बजाएर घरघर चाहर्छन् । उनले यसरी गाउँका हरेक घरघर सहनाई फुक्दै हिँडेको नै ३४ वर्ष हुन लाग्यो । उनका पितापुर्खाले पनि पहिले यही बाजा बजाउने गर्थे । यसरी घरघरमा सहनाई बजाउँदा घरको रोग, बाधा, भूतप्रेत टाढा रहने पौराणिक धार्मिक विश्वास छ । तर पितापुर्खाको यो धार्मिक मान्यता बोक्ने मौलिक लोकबाजालाई पछिल्लो पिँढीले बेवास्ता गरेको उनी गुनासो गर्छन् ।

313
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गरेर वितरण गर्ने गरी सुरु गरिएको खानेपानी आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । दूधकोसीको पानी लिफ्ट गरेर गाउँमा सुक्खाग्रस्त क्षेत्र हलेसी, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई वितरण गर्ने उद्देश्यले सुरु गरिएको बृहत् पम्पिङ प्रविधिको खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढाइएको हो ।

386
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

नारायणगढ–मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन सुरु गरेको छ ।

295
प्रगति ढकाल
बिहिवार, असार १९, २०७६

सरकारले संसद्मा दर्ता गराएको वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूले असन्तुष्टि जनाएका छन् । बुधबार बसेको समितिको बैठकमा सदस्यहरूले वन विधेयकमा रहेका कतिपय अस्पष्ट र विवादित विषयमा प्रश्न उठाएका छन् ।

530
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

बाढीले बगाएको लमजुङ–मनाङ जोड्ने एकमात्र मोटरेवल पुल दुई साताभित्र पुनः निर्माण गरिने भएको छ । ८ असारमा म्यार्दी खोलामा आएको बाढीले पुल बगाएपछि मनाङको यातायात प्रभावित भएको थियो । क्षतिग्रस्त पुलको स्थलगत निरीक्षणपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले पुल निर्माणको लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका हुन् ।

235
लक्ष्मण ढुंगाना
बिहिवार, असार १९, २०७६

मसुरो उत्पादनमा अब्बल मानिएको बाँकेको दुर्गम राप्तीपारी क्षेत्रमा उत्पादित मसुरोको गाउँमै प्रशोधन गरी बिक्री वितरण गरिने भएको छ । विभिन्न खाद्यान्नको ग्रेडिङ गरी बजारीकरण सुरु गरेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ स्थित साकार सहकारी संस्था लिमिटेडले मसुरो प्रशोधनसमेत सुरु गर्ने भएको हो ।

284
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महिनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए ।

266
गोपाल पोखरेल
बिहिवार, असार १९, २०७६

खुला दिसामुक्त क्षेत्र घोषणासँगै उदयपुरमा झण्डै ३ वर्षयता ८ स्थानीय तहका सम्पूर्ण परिवारको घरमा शौचालय निर्माण भइसकेका छन् । सर्वसाधारणले सौचालय बनाई सकेकाले जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । तर, पछिल्लो समय पानी नहँुदा ३ वर्षअघि निर्माण भएका सौचालय प्रयोगविहीन छन् । त्यसैले सर्वसाधारणले शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर नै शौच गर्न जाने पुरानो परम्परालाई निरन्तरता दिन थालेका छन् ।

260
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

विराटनगर महानगरपालिकालाई खुला दिसामुक्त महानगर घोषणा गरिएको छ । महानगरपालिकाभित्रका सबै घरमा शौचालय निर्माण गरी खुला दिसामुक्त महानगर घोषणा गरिएको हो । विराटनगर महानगरपालिकाले बुधबार आयोजना गरेको खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा बोल्दै प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले खुल्ला दिसामुक्त घोषणा भएकोमा धन्यवाद दिंदै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

231
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

वैतेश्वर गाउँपालिकाको चालू आवको सबै योजना पूरा गरेको छ । गाउँपालिकाको पुँजीगत तर्फबाट योजनाहरू पूरा गरी असार १५ सम्म भुक्तानीसमेत गरेको छ । गाउँपालिकाले चालू वर्ष गाउँपालिकाले तर्जुमा गरेको २ सय ९योजना सञ्चालन गरेको थियो । यी सबै योजना सम्पन्न गरेर स्थलगत अनुगमनसमेत गरी भुक्तानी भएको वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले जानकारी दिए । गाउँपालिकाले २ सय ४१ योजना सञ्चालन गर्ने लक्ष्य लिएकोेमा गत चैतमा संशोधन गरी २०९ वटामा झारेको थियो ।

663
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ ।

357
सागर परियार
बुधवार, असार १८, २०७६

जुम्लाको हिमा गाउँपालिकाले ‘एक बच्चा एक बैंक खाता’ अवधारणासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मातृ मृत्युदर शून्यमा ल्याउनका लागि गाउँपालिकाले यस्तो नीति लिएको हो । गर्भवतीले स्वास्थ्य संस्थामा सुरक्षितरूपमा बच्चा जन्माउन र उनीहरूलाई प्रोत्साहन गर्नका लागि यो नीति अवलम्बन गरिएको हो ।

241