कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन लगाएको लकडाउनको सयमसीमा पनि तीन महिना भएको छ । तर लकडाउनको समयमा किसानले लगाएको तरकारी खेतमै कुहिने अवस्था आएपछि कञ्चनपुरमा कृषि ज्ञान केन्द्रले व्यवसायीसँग सहकार्य गरेर किसानले उत्पादन गरेको तरकारीलाई बजारसम्म पु-याउन घुम्ती शिविर सुरु गरेको छ ।

348
देवराज गुरुङ
मंगलबार, असार १६, २०७७

जिल्लाको सिरिजंगा गाउँपालिकाले आव ०७६÷७७ मा ‘सिरिजंगा गाउँपालिकाको सान, उद्यमशील किसान’ कार्यक्रमअन्तर्गत ‘एक टोल, एक उत्पादन’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको सातांै गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव स्वीकृत भएको हो । हावापानी र भूगोल सुहाउँदो उत्पादन तथा कृषि उपजमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै निर्यात गर्ने ध्येयले कार्यक्रम समावेश गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए ।

312
कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

कर्णाली प्रदेशमा धान रोपाइ ३९ प्रतिशत सम्पन्न भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यस वर्ष समयमै मनसुन सुरु भएको बेलामा पनि कर्णालीमा ३९ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । कर्णालीको धान उत्पादन हुने जम्मा ४९ हजार ४ सय २५ हेक्टर मध्ये हालसम्म १९ हजार २ सय ४२ हेक्टरमाधान रोपाइ सकिएको मन्त्रालयले जनाएको छ ।

249
कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

काठ संकलन असोरपासार तथा बिक्री वितरण गर्न रोक लगाउने सरकारी निर्णय गलत भएको सराकरवालाहरुले बताएका छन् । काटिसकेको काठ जंगलमा नै छोड्दा काठको गुणस्तर बिग्रिने र कुइने सम्भावना बढि हुने भन्दै सरकारले निर्णय सच्याउन ढिलाइ गरेको उनीहरुको भनाई छ ।

235
अमरराज आचार्य
मंगलबार, असार १६, २०७७

यस वर्ष दाङमा धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । बाँझो खेतहरु यो वर्ष अत्यन्तै कम देखिएको छ । बाँझो जमिन खोज्दै ठेक्का वा अधियाँमा धान खेती गर्नेहरुको संख्या थपिएको छ । झण्डै दुई वर्षदेखि प्लटिङ गरेर खेती योग्य जमिनलाई घडेरी बनाउने काम पनि करिब–करिब रोकिएको छ ।

290
कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

सत्रौँ राष्ट्रिय धान दिवस २०७७ को अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–१३ मा चक्लाबन्दी गरेर धान खेत सुरु गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले चक्लाबन्दी सुरु गरिएको उक्त १६० बिघा खेतको सोमबार धान दिवसको अवसरमा उद्घाटन गरेका हुन् ।

321
कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

सरकारले गुठी जग्गाको उचित संरक्षण र सम्वद्र्धन गर्ने गरी नयाँ कानुन ल्याउने भएको छ । गुठी जग्गामाथिको अतिक्रमण बढ्न थालेपछि सरकारले नयाँ कानून ल्याउने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी जग्गाको उचित संरक्षण र सम्वद्र्धन गर्ने गरी गुठी सम्बन्धी एकृकीत कानुन ल्याउने तयारी भएको बताइन् ।

272
कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको तीन महिने लामो लकडाउनमा सबैभन्दा बढी मारमा उद्योगी व्यवसायी परेका छन् । लकडाउनका कारण सबै व्यवसाय सञ्चालनमा हुन नसकेपछि वालिङमा भाडामा व्यवसाय गर्दै आएका केही व्यवसायीलाई घरभेटीले भाडा छुट दिएका छन् ।

288
गोपाल पोखरेल
सोमवार, असार १५, २०७७

तराई र पहाडलाई जोड्ने उदयपुर जिल्लाका दर्जनौं ग्रामीण सडक वर्षाका कारण हिलाम्य बनेपछि जिल्लाको आन्तरिक यातायात प्रभावित भएको छ ।

217
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

कर्णाली प्रदेश सरकारले सुर्खेत बराहताल गाउँपालिका कृषकलाई भैंसी वितरण गरेको छ । पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले किसानलाई ६५ लाख बढी रकम बराबरका ५० वटा भैंसी वितरण गरेको हो । जिल्लाको बराहताल गाउँपालिका–५ सुन्दरी गाउँका ४१ जना किसानलाई निर्देशनालयले आइतबार एक राँगोसहित २६ र केही दिनअघि २५ वटा भैंसी वितरण गरेको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए ।

249
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

इलामका बालकुमार पोख्रेलले साढे पाँच सय प्रतिकिलो बोइलर कुखुराको मासु सुन्दा अचम्म माने । मासु किन्न बजार गएका उनले ३ सय ७५ प्रतिकिलोसम्म बोइलर कुखुराको मासु किनेको स्मरण गर्दै पसलेसँग लोकल जस्तै पो भाउ भएको तर्क गरे । लोकल कुखुराकै मूल्य झैं भएको बोइलर कुखुरा हाल इलाम बजारमा पाउनै छोडेपछि उनी झनै छक्क परेका छन् । केही दिन अघिसम्म लोकल र बोइलरको उस्तै दाम सुनेका उनले बोइलर कुखुरा नै पाउन छोडेको सुनेपछि झनै अचम्म परेको बताए । गर्मी मौसममा बढी उत्पादन हुने कुखुरा पाउनै छोडेपछि उनले पुनः लोकलभन्दा बढी दाम लगाउनेभन्दा पनि बोइलर नपाइने थाहा पाएपछि खसी आफैं किनेर काट्ने सोचमा पुगेको बताए ।

237
गोविन्द खत्री
सोमवार, असार १५, २०७७

आगामी आर्थिक वर्षको बजेटमा प्रशासनिक खर्च घटाइएको दावी गरेको कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा भने झण्डै दोब्बर बढाउने तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय तहका सबै जनप्रतिनिधिहरुको सेवा सुविधा वृद्धि गर्नेगरी प्रदेशसभा सचिवालयमा जनप्रतिनिधिको सुविधासम्बन्धी विधेयकमा संशोधन विधेयकको मस्यौदामा पेश गरेको हो । आगामी आर्थिक वर्षको बजेट भाषणको बुँदा नं. १८४ मा चालू खर्च घटाउने र प्रशासनिक खर्च कटाउने नीति कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने उल्लेख छ । तर, बजेट कार्यान्वयन नहुँदै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि यातायातमा दोहोरो सुविधा प्रस्ताव गर्दै सुविधा सम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ ।

236
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

दाङमा पनि सलह देखा परेको छ । तुलसीपुर उप– महानगरपालिका वडा नं ४ का सलह देखा परेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । स्थानीयले सलह भनेर खबर गरेपछि कृषि ज्ञान केन्द्रका प्रमुख सहितको टोली उक्त स्थानमा पुगेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा देखा परेको सलह किरा ठूलो झुण्डमा नरहेको र बालिनालीमा कुनै असर नपु-याएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

231
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन् । खुल्ला सिमाना हुँदै भारतीय आलु बजारमा भित्रिएपछि आफूहरूले आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उनले भने ।

277
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहल किरा मार्नेलाई प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सलह किरा मार्नेलाई प्रतिकिलो २५ रुपैयाँ दिने मन्त्रीस्तरीय निर्णय भएको जनाएको हो ।

291