कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

डुडवा गाउँपालिका होलिया क्षेत्रमा गरिएको सरकारी सर्वेक्षणले कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ । यहाँका २५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन् । तीमध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यम खाले पाइएको छ ।

2150
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

शनिबार काठमाडौंको टुँडीखेलमा भेला भएका हजारौं नेपालीले एकसाथ गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन् । आयोजकका अनुसार करिब ७५ हजारको संख्यामा उपस्थितले धम्पपद वाचन गरेका छन् ।

1892
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् । संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमै बिक्री गरेका हुन् ।

2668
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

सुनलगायत अन्य वस्तु भएका धनी हुन्छन् कि तामा भएका ? पक्कै सुन, चाँदी, हिरा मोतिलगायतका वस्तु हुने नै धनी मानिएलान् । तर हुम्लामा भने तामा भएका परिवार धनी मानिन्छन् । जोसँग तामाका भाँडाकुँडा छ, त्यसैलाई सम्पन्न भएको मानिन्छ ।

3300
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

पर्यटन रोयल्टीवापतको रकम सोलुखुम्बु जिल्ला समन्वय समितिमा थन्किएको छ । हिमालको सलामी दस्तुरवापत जिल्लाले पाएको २१ करोड रुपैयाँ पर्यटन रोयल्टी रकम संघीय संरचना कार्यान्वयन पश्चात अन्योलमा परेको हो ।

1464
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

जुम्लाका खेतीयोग्य जमिनमा घरमात्रै फलेको देख्न सकिने सजिलै अनुमान गर्न सकिन्छ । सदरमुकाम पूर्वको राजसिम खेतमा दुई वर्षमा एउटै खेतमा ६० भन्दा बढी घर निर्माण भएका छन् ।

1723
लक्ष्मी सापकोटा
शुक्रवार, फाल्गुन १८, २०७४

सरकारले सातै प्रदेशमा उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । प्रत्येक वर्ष १५ मार्चमा मनाइँदै आएको उपभोक्ता अधिकार दिवस यो वर्ष सातै प्रदेशमा मनाउन लागिएको हो ।

974
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित भए । जन गणतन्त्र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक विशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुशोभित गरेका थिए ।

1508
शिव बोहरा
शुक्रवार, फाल्गुन १८, २०७४

वायु प्रदूषणमा सवारीसाधन सबैभन्दा धेरै जिम्मेवार रहेको विभिन्न अध्ययनको निष्कर्ष रहे पनि सरकारले आयातित सवारीमा प्रदूषण मापदण्ड भने परिवर्तन गर्न सकेको छैन । सवारीसाधनको प्रदूषण मापदण्ड युरोपेली मुलुकले विकास गरेकाले युरो वान्, टू लगायतमा मापन गरिन्छ, जुन विश्वभर मान्य हुने गरेको छ । २०५६ देखि नेपालमा आयात हुने सवारी प्रदूषण मापदण्ड युरो वान् लागू भएको थियो भने २०६९ देखि युरो वान् बाट सिधै युरो थ्री लागू गरिएको थियो ।

2590
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

पाँचथरको फिदिम नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अवलोकन भ्रमण भन्दै घुम्न निस्किएपछि कार्यालयको सेवा प्रभावित भएको छ । नगरपालिकाको पाँच लाख बजेटबाट कार्यालयका कर्मचारीसहित ४० जना जनप्रतिनिधिको टोली भ्रमणमा निस्किएपछि पाँच दिनदेखि फिदिम नगरपालिकाको काम ठप्प भएको हो ।

2596
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मी सहर केन्द्रित हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले छैठौँ स्वास्थ्य सेवा दिवसका अवसरमा मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले प्रदेशको ऐन कानुन बनेपछि स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

1242
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

भैरहवामा प्रदेश नम्बर ५ का मन्त्री तथा उपसभामुखको निवास बनाउने निर्णय भएसँगै निर्माणकार्य सुरु भएको छ । भैरहवास्थित तत्कालीन भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजना कार्यालयको हाताभित्र रहेका भवनमा मन्त्रीहरूका लागि निवास तयार भइरहेका छन् ।

1440
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

दूध उत्पादनले आत्मनिर्भर इलाममा दुग्धजन्य उत्पादनबाटै अर्बौं आम्दानी हुने गरेको छ । किसानले दूध उत्पादनका लागि व्यावसायिक खेती नगरे पनि मलका लागि पालेका दुधालु गाई तथा भैंसीबाट दैनिक दूध बिक्री गरेर जीविकोपार्जनको माध्यम बनाएका हुन् । पछिल्लो समयमा दूधबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक गाईपालनसमेत सुरु भएको छ ।

1062
रासस
मंगलबार, फाल्गुन १५, २०७४

मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कूल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेका छन् ।

1959
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

समयमै दरबन्दीका कर्मचारी नआइपुग्दा ३ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयको काम कारबाही प्रभावित हुने देखिएको छ । संघीय संसद्बाट काजमा आएका कर्मचारीको काज सकिएर फिर्ता भएसँगै प्रदेशसभा सञ्चालनमा कठिनाइ हुने देखिएको छ ।

994