लक्ष्मी सापकोटा
आइतवार, चैत्र ४, २०७४

नेपाल आयल निगमले तीन महिनाभित्रै इन्धन बोक्ने सबै ट्यांकरमा लकिङ प्रणाली (ताल्चा) जडान गर्ने भएको छ । झापाको सिलगुडी नाकाबाट गत बुधबारदेखि लकिङ प्रणाली सुरु गरेको निगमले आगामी तीन महिनाभित्रमा सबै नाकामा गुड्ने ट्यांकरमा सो प्रणाली जडान गर्ने भएको हो ।

1418
भगवान खनाल
आइतवार, चैत्र ४, २०७४

संविधानमा आधारित र कार्यपरक आवश्यकताका कानुन कुन तहको सरकारले बनाउने भन्ने अस्पष्टताले स्थानीय सरकारको कामले यथोचित गति लिन सकेको छैन । संविधानमा एउटै प्रकृतिका काम र अधिकार तीनै तहका सरकारमा निहित राखिएकाले स्थानीय सरकारहरू कानुनी अन्योलमा छन् ।

1684
रासस
शुक्रवार, चैत्र २, २०७४

जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

1681
रासस
शुक्रवार, चैत्र २, २०७४

संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए ।

1267
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषले बिहीबार राजधानीमा ‘स्वस्थ राष्ट्रतर्फ उन्मुख अभियान’ नाराका साथ २२औ वार्षिकोत्सव मनाएको छ । समुदायको मागमा आधारित स्वामित्व-नेतृत्व, व्यवस्थापन र सहभागितात्मक अवधारणा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सरकारद्वारा विकास समिति ऐन २०१३ अन्तर्गत २०५२ साल चैत १ गते ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषको स्थापना भएको थियो ।

1535
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

स्थानीय तह बाहेकका सरकारी कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायतका काम अब अनलाइनबाटै हुने भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले सुरु गरेको विद्युतीय भुक्तानीपछि अब जिल्लामा हुने विकास निर्माण, सार्वजनिक खरिद प्रक्रिया र उपभोक्ता समितिमार्फत हुने कामलगायतको भुक्तानी अब सहज हुनेछ ।

1226
सरस्वती ढकाल
शुक्रवार, चैत्र २, २०७४

दक्षिण एसियाका व्यवसायीहरूको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ शुक्रबार(आज) देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन सार्क चेम्बर अफ कमर्सले यो सम्मेलन आयोजना गरेको हो ।

2657
रासस
बिहिवार, चैत्र १, २०७४

चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

2828
दीननाथ बराल
बिहिवार, चैत्र १, २०७४

पोखरा क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका घरटहरा एवं भौतिक संरचना भत्काउने काम सुरु गरिएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१८ स्थित सराङ्कोट डाँडाको सार्वजनिक पर्तिजग्गामा अवैध रूपमा निर्माण भत्काएलगत्तै मंगलबार बगरस्थित भीमकाली पाटन तमु समाजले अवैध रूपमा निर्माण गरेको पर्खाल र गेट भत्काइएको छ ।

1773
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

वन अतिक्रमण गरी बाँकेका दुर्गम राप्तीपारीका क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका ५ हजार घर टहरालाई जिल्ला वन कार्यालयले अझै हटाउन सकेको छैन ।

857
अमृता राई
बिहिवार, चैत्र १, २०७४

मेची राजमार्गअन्तर्गत इलाम पुवाखोलामा निर्माणाधीन पुल अन्तिम चरमा पुगेको छ । फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पूरा भएको छ ।

1118
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

कर्णाली प्रदेशको उत्तरी नाका भन्सार कार्यालयमा कर्मचारीको अभाव भएको छ । तिब्बतसँग नाका जोडिएका हुम्ला, मुगु र डोल्पा नाकाका भन्सार कार्यालयमा कर्मचारी अभाव भएको हो ।

1047
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

नेपाल आयल निगमले सहमति पालना नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी तथा मजदुरले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । ट््यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर एकाइ कार्यालय चारआलीले बुधबारदेखि नेपाल आयल निगमअन्तर्गतका पम्पमा सम्पूर्ण ढुवानी बन्द गरेको ट्यांकर कार्यालयका अध्यक्ष तोकप्रसाद दुलालले बताए ।

988
शिव बोहरा
बिहिवार, चैत्र १, २०७४

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन ‘स्क्र्याप’ गर्ने निर्णय सरकारले बिहीबार (आज)देखि कार्यान्वयनमा ल्याउँदैछ । जसअनुसार २०५४ फागुन ३० सम्म दर्ता भएका सार्वजनिक सवारीसाधन आजदेखि सडकमा गुड्न पाउने छैनन् । यस्ता सवारीसाधन मुलुकको कुनै पनि भूभागमा चलाउन नपाइने र कवाडी (स्क्र्याप)मा पठाउनुपर्ने व्यवस्था छ ।

2185
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

भूकम्पप्रतिरोधी पूर्वाधार निर्माणका लागि यहाँका डकर्मीहरूलाई दक्ष बनाउन थालिएको छ । भूकम्प पछिको पुनर्निर्माण अभियानलाई लक्षित गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति बागलुङले जिल्लाभरका चार सय जना डकर्मीलाई दक्ष बनाउन थालिएको हो ।

1052