कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

स्थानीय राजपत्रको मूल्य कति पर्ला ? संघीय सरकारले नमुनाका लागि बनाएको स्थानीय तहको राजपत्रको मूल्य न्यूनतम ५ रुपैयाँदेखि अधिकतममा ९७ रुपैयाँभन्दा बढी पर्ने उल्लेख गरिएको छ ।

2114
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

पृथ्वी राजमार्ग र त्रिशूली नदी अतिक्रमण गर्ने र निजी तथा सार्वजानिक स्थल खोतलेर ढुंगा खानी तथा क्रसर उद्योग सञ्चालन गर्ने र बालुवा खानी तथा प्रशोधन केन्द्र कानुनअनुसार मात्र चल्ने छ । नदी बगर उत्खनन् कार्य नियमन गर्ने, बालुवा प्रशोधन गरेको पानी नदीमा मिलाउने कार्य बन्द गरेर त्रिशूली नदी अब उपरान्त कञ्चन बग्ने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेले बताए ।

5165
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

तोकिएको मापदण्डविपरीत सञ्चालनमा रहेका नुवाकोटका ६३ वटा बालुवा प्रशोधन उद्योग (फिरफिरे) जिल्ला अनुगमन समितिले बन्द गराएको छ ।

1702
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

कोहलपुर नगर विकास समितिको करिब ३० करोडको गुमनाम जग्गा फेला परेको छ । शिक्षण अस्पताल कोहलपुरको उत्तर गेटतर्फको सडकको पूर्व र पश्चिमपट्टि जग्गा फेला परेको हो ।

1473
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

मेरो धरहरा मै बनाउँछु अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमूलक अभियानमा धरहरा आसपासका स्थानीय लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् ।

1219
रासस
आइतवार, चैत्र ४, २०७४

 सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए । 

1651
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावितलाई निःशुल्क सीपमूलक तालिम दिएको छ ।

1448
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

चौतारा साँगाचोकगढी नगरपालिका–११ भीमटारकी विमला माझी (३५)ले भूकम्पपछि पुनर्निर्माणको क्रममा आफ्नो घरको ढलान गरिसके पनि ज्यामीका लागि पैसा खर्चिनु परेको छैन । आफ्नो परिवारसहित छिमेकीको सहयोगले उनको घर ठडिए पनि पैसा भने निर्माण सामग्री खरिदमा मात्रै खर्चिएकी छन् ।

2526
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

नेपाल नागरिक उड्डयान प्राधिकरणको बेवास्थाका कारण खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल बेकम्मा बन्ने स्थितिमा पुगेको छ । सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल चिराचिरा हुँदासम्म प्राधिकरणले चासो नदेखाउँदा बेकम्मा बन्ने स्थितिमा पुगेको हो ।

1313
लक्ष्मी सापकोटा
आइतवार, चैत्र ४, २०७४

नेपाल आयल निगमले तीन महिनाभित्रै इन्धन बोक्ने सबै ट्यांकरमा लकिङ प्रणाली (ताल्चा) जडान गर्ने भएको छ । झापाको सिलगुडी नाकाबाट गत बुधबारदेखि लकिङ प्रणाली सुरु गरेको निगमले आगामी तीन महिनाभित्रमा सबै नाकामा गुड्ने ट्यांकरमा सो प्रणाली जडान गर्ने भएको हो ।

1416
भगवान खनाल
आइतवार, चैत्र ४, २०७४

संविधानमा आधारित र कार्यपरक आवश्यकताका कानुन कुन तहको सरकारले बनाउने भन्ने अस्पष्टताले स्थानीय सरकारको कामले यथोचित गति लिन सकेको छैन । संविधानमा एउटै प्रकृतिका काम र अधिकार तीनै तहका सरकारमा निहित राखिएकाले स्थानीय सरकारहरू कानुनी अन्योलमा छन् ।

1684
रासस
शुक्रवार, चैत्र २, २०७४

जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

1681
रासस
शुक्रवार, चैत्र २, २०७४

संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए ।

1266
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषले बिहीबार राजधानीमा ‘स्वस्थ राष्ट्रतर्फ उन्मुख अभियान’ नाराका साथ २२औ वार्षिकोत्सव मनाएको छ । समुदायको मागमा आधारित स्वामित्व-नेतृत्व, व्यवस्थापन र सहभागितात्मक अवधारणा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सरकारद्वारा विकास समिति ऐन २०१३ अन्तर्गत २०५२ साल चैत १ गते ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषको स्थापना भएको थियो ।

1534
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

स्थानीय तह बाहेकका सरकारी कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायतका काम अब अनलाइनबाटै हुने भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले सुरु गरेको विद्युतीय भुक्तानीपछि अब जिल्लामा हुने विकास निर्माण, सार्वजनिक खरिद प्रक्रिया र उपभोक्ता समितिमार्फत हुने कामलगायतको भुक्तानी अब सहज हुनेछ ।

1226