सागर परियार
सोमवार, असार ३०, २०७६

मुलुक कृषिमा परनिर्भर हुँदै गएको छ । तर, खेतीयोग्य जमिन बाँझै छ । उर्जाशील युवाले आफ्नो गन्तव्य खाडीलगायतका मुलुक बनाउँदा खेती गर्ने चलन कम हुँदै गएको हो । केही शिक्षित युवाको पनि कृषिमा लगाव नहुँदा उत्पादनमा ह्रास आउँदै गएको छ । जुम्लाको तातोपानी–२ का शुर बुढाका ४ छोरा छन् ।

222
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

ताप्लेजुङको फुङलिङ नगरपालिकाले इलामबाट गाईको बाच्छी ल्याएर किसानलाई अनुदानमा दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ अन्तर्गत विनियोजित बजेटबाट ११ वटा बाच्छी ल्याएर किसानलाई दिइने भएको हो । नगरपालिका पशु सेवा शाखाका नायब सुब्बा राजेश अधिकारीका अनुसार इलाममा मौखिक सहमति गरेर अर्डर गरेको बाच्छी असार मसान्तभित्रै वितरण गर्ने तयारी छ । अधिकारीले भने, “आवतजावत २ दिनमै सम्भव हुन्छ ।

231
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको द्वन्द्वप्रभावित गाउँ पिपलमा सडक पुगेको छ । बाफिकोट–२ को घट्टलाईखालीदेखि रुखाबाङसम्म गाडी पुगेको हो । पूमा–मेलगैरी सहिद स्मृति पार्क–लामाचौर–दयाडाडा, मेलगैरी–भाटी–पातिहाल्ना सडकअन्तर्गत यो वर्ष दयाडाडादेखि घट्टलाईखाली खण्ड निर्माण सम्पन्न भएको छ । साविक पीपल गाविस अर्थात् हालको बाँफिकोट गाउँपालिका–२ को मेलगैरीमा द्वन्द्वकालमा सरकारी सुरक्षा फौजबाट माओवादी सुभेच्छुक आरोपमा सर्वसाधारण ६ जना खत्रीबन्धुको सामूहिक हत्या गरिएको थियो ।

218
महादेव अवस्थी
सोमवार, असार ३०, २०७६

देशका विभिन्न भागमा वर्षासँगै आएको बाढी र पहिरोबाट जनधनको क्षति बढिरहेका बेला पश्चिम नेपालको सिमान्त जिल्ला कञ्चनपुर सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुटेको छ । स्थानीय तहदेखि यहाँका स्थानीय प्रशासन र गैरसरकारी संस्था विगतमा डुबान हुने गरेका बस्ती र नदीको तटीय क्षेत्रमा विभिन्न कार्यक्रममा साथ गाउँ पसेका छन् ।

177
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

निर्माणको अन्तिम चरणमा पुगेको १३२ केभीको काबेली करिडोर प्रसारणलाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा देखिएको अवरोध हटेको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिका कारण भएको अवरोध हटेको हो । प्रमुख जिल्ला अधिकारी, विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदारका प्रतिनिधिबीच छलफल भएपछि अवरोध हटेको विद्युत् प्राधिकरणले जनाएको छ ।

207
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

गएको बिहीबारदेखि लगातार परेको पानीसँगै आएको बाढी र पहिरोमा परी देशभर ३२ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । यो तथ्यांक शनिबार साँझसम्मको हो । १६ जिल्ला बाढी पहिरोबाट प्रत्यक्ष प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खोटाङमा तीन, इलाम, झापा र ओखलढुंगामा एक÷एक जनाले ज्यान गुमाएका छन् भने भोजपुरमा तीन जनाको मृत्यु भएको छ । सुनसरी, पर्सा र बारामा एक–एक जनाले ज्यान गुमाएका छन् भने काभ्रेमा तीन जनाको मृत्यु भएको छ ।

259
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

लगातारको वर्षाले अर्घाखाँचीका ग्रामीण क्षेत्रका सड्क भत्किएका छन् । सडक भत्किँदा स्थानीयबासी पैदल हिँड्न बाध्य भएका छन् । पटौटी निगालीका तिलक घिमिरे भन्छन्, “लगातारको वर्षाले गाउँका सडक भत्किएका छन् ।” जेठको अन्तिम तथा असार पहिलो साता मोटरबाटो खनेपछि एक महिना गाडी नचल्दै सडक भत्किए । प्रदेश सरकारअन्तर्गतको पोखराथोक–म्यालढाप सडकको काम असार लागेपछि सुरु भयो ।

219
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

लगातारको वर्षाका कारण धनकुटाको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि परिरहेको लगातार वर्षाका कारण जिल्लाका अधिकांश स्थानमा पहिरोको जोखिम बढेको छ ।

195
हरिश चन्द
आइतवार, असार २९, २०७६

यो त हामीले सपनामा पनि कल्पना गरेका थिएनौं । ६२ वर्षीय जयबहादुर धामी आफैंले गरेको घासँखेतीबारे अनुभव सुनाउँछन् । “मैले अहिले १० क्विन्टल जै घाँस (ज्वाँतो) को बीउ उत्पादन गरेको छु, एक क्विन्टलको ५ हजारको हिसाबले यस वर्ष ५० हजार आम्दानी हुनेभयो,” उनले भने । नवदुर्गा गाउँपालिका–३ डाँडावन निवासी उनले २०६८ सालमा पहिलो पटक जै घाँस लगाएका थिए । “सुरुको वर्ष मलगायत चारजनाले जिल्ला पशुसेवा कार्यालयले दिएको घाँसको बीउ लगायौं , त्यो वर्ष ढेड क्विन्टल फल्यो,” उनले भने, “दोस्रो वर्ष साढे तीन क्विन्टल र तेस्रो वर्ष सात क्विन्टलसम्म फलायौं ।”

303
मनिषा चम्लागाईँ
शुक्रवार, असार २७, २०७६

सोमबार बन्द हुँदै आएको पूर्वकोे प्रमुख व्यपारीक केन्द्र बिर्तामोड अबदेखि शनिवार बन्द हुने भएको छ । बिर्तामोडको ब्यापारमा ठुलो हिस्सा ओगट्ने विभिन्न १० वटा वस्तुगत संघ, संस्थाको पहलमा शनिबार बन्द गरिने भएको हो । व्यवसायीले साउन ४ गतेबाट शनिवार बन्द गरिने बताएका छन् । बिहिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी व्यवसायीले साउन ४ गतेदेखि प्रत्येक शनिबार बजार बन्द गर्ने जानकारी दिएका छन् ।

441
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

असारको अन्तिम सातासम्म सुदूरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा ४४.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुर डोटीले जनाएको छ । जसमा कैलालीमा ४०, कञ्चनपुरमा ५०, अछाममा ३५, वाजुरामा ४०, बझाङमा ५०, बैतडीमा ५५, दार्चुलामा ५७, डडेल्धुरामा ५० र डोटीमा ४० प्रतिशत रोपाइँ भएको छ । तराईका जिल्लाभन्दा पहाडि जिल्लामा बढी रोपाइँ भएको छ ।

210
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यो वर्ष मलको अभाव नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा मन्त्री खनालले ठूलो मात्रामा अनुदानको रकम किसानलाई दिएका कारण मलको समस्या देखिए पनि अभाव भने नरहेको बताए । मन्त्री खनालले युरिया मल प्रशस्त रहेको र डिएपी मलको समस्या भए पनि २-३ दिनमा समस्या समाधान हुने दाबी गरे ।

277
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

सरकारले असार १९, २३ र २४ गते गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । प्रवक्ता बास्कोटाका अनुसार सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बिलबापतको रकमसमेत उपलब्ध गराउने निर्णय भएको छ ।

246
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

नयाँ संघीय संरचनाअनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ । म्याग्दीका स्थानीय तहका केन्द्रहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गरेपछि दुर्गमका बस्तीमा सहज भएको छ । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकामसम्म धाउनुपर्ने समस्या हटेको छ । नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, ब्यापार विस्तार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका थिए ।

232
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित मस्र्याङ्दी नदिमाथि निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । तीन वर्षअघिबाट निर्माण सुरु भएको पुल करिब ७० प्रतिशत काम सकिएपछि भत्किएको हो ।

287