कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग गठन प्रक्रिया अघि बढाउनका लागि बनाइएको नियमावलीको मस्यौदालाई दुई महिनापछि बल्ल अर्थ मन्त्रालयले स्वीकृति दिएको छ ।

1052
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा नदीको पानी गाउँमा लैजान थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजानको ९० प्रतिशत काम सकिएको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्टिङका लागि २०७२ साल चैत ११ गते उद्घाटन गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

1452
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

रुकुमपूर्व भूमे गाउँपालिका निवासी अमृत बुढाकी आमा पुस ३० गते रुखबाट लडिन् । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगियो तर डाक्टरले यहाँ सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लान सल्लाह दिए ।

764
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

भूकम्पपछिको पुनर्निर्माणमा डकर्मी तालिम लिएपछि गाउँगाउँमा रोजगारीको अवसर सिर्जना भएको छ । डकर्मी तालिम लिएकाहरू अहिले पुनर्निर्माणलाई रोजगारीको माध्यम बनाइरहेका छन् ।

1473
लक्ष्मी सापकोटा
मंगलबार, माघ १६, २०७४

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पेट्रोलियम पाइपलाइन विस्तार सरकारकै कारण ढिला हुने भएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले आफ्नो तर्फबाट सवै काम पूरा गरे पनि समयमै सरकारले नीतिगत समस्या समाधान नगर्दा विस्तारमा ढिलाइ हुने भएको हो । पाइपलाइन विस्तार गर्न आवश्यक पर्ने पाइप भित्रिसके पनि पाइपलाइन विच्छ्याउने रुट व्यवस्थापन नहुँदा काम अगाडि बढ्न अझै केही समय लाग्ने देखिन्छ । पाइपलाइन विच्छ्याउने बाटोमा पर्ने रूख कटानका लागि वन मन्त्रालयले स्वीकृति नदिँदा विस्तारको काम सुरु हुन समय लाग्ने देखिएको नेपाल आयल निगमको भनाइ छ ।

1106
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ । निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो । बिर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीहरूले अटेसम्म गोदाममा र नअटेको सडकपेटीमै थन्काएका छन् ।

1176
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

देउखुरी गढवा गाउँपालिका–३ खैरा निवासी कुलुरकुमार थारु कुमालको छ दशक बढी जीवन माटोका भाँडा बनाउनैमा बितिसक्यो । आफुले थाहा पाउने बेलादेखि माटोबाट बन्ने सामग्री घण्टा , ठेगी, हाँडी, पाला, गमलालगायतका सामान बनाउन सिकेका कुलुरकुमालले अहिले पनि तिनै सामग्री बनाउँदै आएका छन् । तर माटो पनि सहज छैन, धेरै स्थानमा धाउनु पर्छ । बाढीले सजिलो माटोको खानी पुरिएको छ । त्यसैले धेरै खोला नालाको किनार धाउनुपर्छ ।

1248
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

भूकम्पका बेला आफ्नो घरवास गुमाएका बागलुङका पाँच सय भूकम्प प्रभावित सम्पर्क बाहिर रहेको पाइएको छ । सरकारले भूकम्पबाट पूर्णक्षति बेहोर्नेको सूचीमा परेकामध्ये ४९९ जना भूकम्प प्रभावित अनुदानवापतको पहिलो किस्ताको रकम लिन सम्पर्कमा आएका छैनन् ।

935
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रूपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् ।भूकम्पपीडितका लागि पर्याप्त सामग्री भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरू बताउँछन् । निर्माण सामग्रीको भाउ दिनैपिच्छे फरक हुन थालेपछि व्यवसायीले सामग्री लुकाएको भूकम्पपीडितको आरोप छ । सामग्री अभावकै कारण जिल्लाका अधिकांशले घरको डीपीसीमात्रै गरेर छाडेका छन् ।

1979
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

आर्थिक वर्ष ०७४/७५ मा जनता आवास कार्यक्रमले ५ सय घर निर्माण गर्ने भएको छ । सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग भवन डिभिजन कार्यालय दाङका अनुसार चालू आवमा जिल्लाका विभिन्न स्थानमा रहेका आर्थिक रूपमा विपन्न वादी, गन्धर्वसँगै दलित समुदायका लागि पाँच सय घर निर्माण गर्ने कार्यालयले जनाएको छ ।

1390
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा गुठीचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमण गएको छ । सरकारी पैसाको दुरुपयोग गर्दै गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमण गएको खुलासा भएको छ ।

1144
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ । नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको हो । भारतबाट सामान लिएर आउने ट्रकहरूबाट नै अवैध निकासी भरहेको बताइएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो । सवारी साधनमा मात्र नभई ग्यालेनमा लगेर समेत सिमावर्ती भारतीय बजारमा बिक्री गर्ने र त्यहाँ प्रयोग गर्ने क्रम बढेको हो ।

1507
शिव बोहरा
शुक्रवार, माघ १२, २०७४

सरकारले संस्था ऐनअन्तर्गत दर्ता भइ सञ्चालनमा रहेका यातायात समितिहरूलाई अव भने जिल्ला प्रशासन कार्यालयमार्फत नवीकरण नगर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई संस्था दर्ता ऐनअन्तर्गत दर्ता हुन आउने यातायात समितिलाई दर्ता नगर्न र यसअघि दर्ता भएका समितिहरूको नवीकरण नगर्न परिपत्र गरेको हो ।

1429
भीम गौतम
बिहिवार, माघ ११, २०७४

नेपाल विद्युत प्राधिकरणका सात जनालाई उपकार्यकारी निर्देशकमा बढुवा गरेका छन् । लामो समयदेखि निमित्त उपकार्यकारी निर्देशक रहेका उनीहरुलाई बुधबार बसेको प्राधिकरण सञ्चालक समितिले बढुवा गर्ने निर्णय गरेको हो ।

1446
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

खोटाङको जयरामघाटमा पुल बनेपछि पूर्वको पशुपतिनाथ भनरे चिनिने हलेसी महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंलगायत तराईका जिल्लासँग जोड्ने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो ।

1813