कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

रोल्पाको सुकिदह गाउँपालिका जिनावाङमा किसानको बारीभरी लटरम्म स्याउ फलेका छन् । बारीमा स्याउ भए पनि किसानको दुःखको मूल्य भने पाउन सकेका छैनन् । रोल्पाकै नाउली, बडाढुंगालगायतका स्थानका किसानले बारीभरी स्याउ फलाए पनि व्यापारीको ध्यान पुग्न सकेको छैन । त्यसले गर्दा किसानले स्याउबाट राम्रो आम्दानी गर्न नसकेका हुन् ।

823
हरिश चन्द
मंगलबार, श्रावण १५, २०७५

डडेल्धुराका गाउँपालिकाहरुमा धमाधम वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भइराखेका छन । नवदुर्गा गाउँपालिकाले ९९.५ प्रतिशत भौतिक प्रगति र ९३.१४ प्रतिशत वित्तिय प्रगति भएका सार्वजनिक गरेको छ ।

945
प्रकाश पाक्साँवा
मंगलबार, श्रावण १५, २०७५

तेह्रथुमको ग्रामीण क्षेत्रमा लगाइएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । भित्र्याउन तयार भएको मकैबाली बाँदरले नष्ट गर्न थालेसँगै किसान चिन्तित बनेका हुन् ।

1212
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

इलाममा चिया बजार सहजीकरण डेस्क स्थापना हुने भएको छ । चिया उत्पादक सहकारी संस्थाबाट उत्पादित तयारी चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न बजार सहजीकरण डेस्क स्थापना गरिने भएको हो ।

851
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

गरिब घर परिचयपत्र वितरण गरिँदैछ भनेर वडा कार्यालय पुगेका धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका बुद्धिराम चौधरीले अतिगरिब परिचयपत्र पाएका छन् । शुक्रबार जब उनको हातमा वडा कार्यालयका कर्मचारीले अतिगरिब घर परिचयपत्र दिए, तब उनी अच्चम परे । धनगढीमा पक्की घरसहित डेढ बिघाभन्दा बढी जग्गा, एक इँट्टा उद्योग, ट्रयाक्टर छन् बुद्धिरामसँग । तर, सरकारले भने उनलाई अतिगरिब घर परिचयपत्र दियो ।

1494
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

शिक्षक सेवा आयोगका लागि अछाम जिल्लाबाट ४ हजार ६८५ जनाले आवेदन दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई अछाममार्फत उक्त संख्यामा आवेदन दर्ता भएका भएका हुन् ।

806
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य देवराज गुरुङ ताप्लेजुङ, १४ साउन जिल्लाको मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । बहुविवाह र बालविवाह गरेकाहरू उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बस्न नपाउने मापदण्ड तयार गरेको हो ।

909
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदूत साइगोको स्वागतमा आयोजित समसामयिक जापान–नेपाल आर्थिक सम्बन्ध विषयक छलफल कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

1516
रासस
सोमवार, श्रावण १४, २०७५

काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

2202
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ ।

929
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

डडेल्धुरामा पहिलो पटक निकै महंगो मानिने रुख अगरवूडको खेती गर्न शुरुवाति थालिएको छ । १० बर्षमा हुर्कने अगरवूड खेती गराउन यस बर्ष किसानलाई वोटविरुवा वितरण गरिएका छन । एक किसानलाई दुई विरवाका दरले यस बर्ष छ सय ४५ किसानलाई विरुवा वितरण गरिएको नेपाल अगरवूड परियोजना सञ्चालन गरेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुराले जनाएको छ ।

2048
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

सरोकारवालाले बाघको बासस्थान संरक्षणमा जोड दिएका छन् । आठौं अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा खुमलटारस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा आयोजित कार्यक्रममा बाल्दै सरोकारवालाले बाघको संरक्षण गर्न बासस्थानको पनि संरक्षण गर्न आवश्यक रहेको बाताएका हुन् ।

806
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

बाँकेमा यस वर्ष विगतको तुलनामा इँटा उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । मंसिरदेखि जेठसम्म इँटा उत्पादनको समय हुने भएकाले सोही समयमा यस वर्ष पटक पटक वर्षा र हावाहुरी आएका कारण ठूलो परिमाणमा इँटा क्षति हुँदा उत्पादनमा ४० प्रतिशत कमी आउने इँटा व्यवसायीहरूले बताएका छन् ।

883
नीरज पिठाकोटे
सोमवार, श्रावण १४, २०७५

देश संघीय संरचनामा गएपछि अहिले तीन तहको सरकार सञ्चालनमा छ । तीन तहको निर्वाचन सम्पन्न भएर संघीयता कार्यान्वयनमा आएपछि सरकारले देशको राजनीतिक अस्थिरता समाप्त भएको र अब आर्थिक विकासको लागि अगाडि बढ्नुपर्छ भनिरहँदा झण्डै तीन वर्षपछि मधेस आन्दोलनको झल्को दिदै आइतबार वीरगन्जमा विरोध -यालीसहित प्रदर्शन भएको छ ।

1005
शिव बोहरा
सोमवार, श्रावण १४, २०७५

संघीय सरकारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश–२ सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन खुलाउन अस्वीकार गरेको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि देशभरका यातायात व्यवस्था कार्यालयबाट दुई तथा चारपाङ्ग्रेको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको थियो । अन्य प्रदेशमा लाइसेन्सका आवेदन खुले पनि प्रदेश २ मा भने खुलेको छैन ।

1467