कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा गुठीचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमण गएको छ । सरकारी पैसाको दुरुपयोग गर्दै गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमण गएको खुलासा भएको छ ।

1138
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ । नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको हो । भारतबाट सामान लिएर आउने ट्रकहरूबाट नै अवैध निकासी भरहेको बताइएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो । सवारी साधनमा मात्र नभई ग्यालेनमा लगेर समेत सिमावर्ती भारतीय बजारमा बिक्री गर्ने र त्यहाँ प्रयोग गर्ने क्रम बढेको हो ।

1498
शिव बोहरा
शुक्रवार, माघ १२, २०७४

सरकारले संस्था ऐनअन्तर्गत दर्ता भइ सञ्चालनमा रहेका यातायात समितिहरूलाई अव भने जिल्ला प्रशासन कार्यालयमार्फत नवीकरण नगर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई संस्था दर्ता ऐनअन्तर्गत दर्ता हुन आउने यातायात समितिलाई दर्ता नगर्न र यसअघि दर्ता भएका समितिहरूको नवीकरण नगर्न परिपत्र गरेको हो ।

1421
भीम गौतम
बिहिवार, माघ ११, २०७४

नेपाल विद्युत प्राधिकरणका सात जनालाई उपकार्यकारी निर्देशकमा बढुवा गरेका छन् । लामो समयदेखि निमित्त उपकार्यकारी निर्देशक रहेका उनीहरुलाई बुधबार बसेको प्राधिकरण सञ्चालक समितिले बढुवा गर्ने निर्णय गरेको हो ।

1440
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

खोटाङको जयरामघाटमा पुल बनेपछि पूर्वको पशुपतिनाथ भनरे चिनिने हलेसी महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंलगायत तराईका जिल्लासँग जोड्ने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो ।

1791
मातृका दाहाल
बुधवार, माघ १०, २०७४

सरकारले १ सय ९० जना शहीदको सूची सार्वजनिक गरेको छ । शहीद सप्ताहको अवसर पारेर गृह मन्त्रालयले मंगलबार शहीदको विवरण सार्वजनिक गरेको हो । यो सूची राणा शासन अन्त्यका लागि ज्यानको आहूती दिएका ४ शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठ बाहेकको हो ।

993
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

झट्ट सुन्दा या देख्दा सबैलाई अचम्म लाग्न सक्छ, सदरमुकाममै एउटै छानोमुनि तीनवटा वडा कार्यालय सञ्चालन भएको । संघीय संरचनाअनुसार सिंहदरबारको अधिकार घरघरमा आएको छ । तर नागरिकले सिंहदरबारको अधिकार घरघरमा आएको कुनै महसुस गरेका छैनन । अहिले सिंहदरबारको अधिकार अझै परसरेको नागरिकले महसुस गरेका छन् । किनकि यसअघि आफ्नै घरदैलोमा सेवा पाएका तथा फराकिलो बस्तीमा साविकको एक गाविसका अधिकांश वडा अहिले गाभिएर एउटै वडा बनेका छन् ।

2541
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

नगरपालिकाले सडक स्तरोन्नतिमा ध्यान नपु¥याउँदा खोटाङको एउटा बस्ती नै खतरामा पर्ने भएको छ । सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्र जोडने सडक मर्मतका क्रममा रुपाकोट–मझुवागढी नगरपालिका–२ अल्छेढुंगास्थित चेर्पा बस्ती वर्षायाममा जोखिममा पर्ने भएको हो ।

812
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

अर्घाखाँचीका कृषक पशुमा कृत्रिम गर्भाधान गराउन उत्साहित भएका छन् । गाईभैंसीमा कृत्रिम गर्भाधान गराउँदा नस्ल सुधार मात्र नभई दूध उत्पादनमा समेत वृद्धि हुने भएपछि किसानहरू यसतर्फ बढी उत्साहित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयले जिल्लामा शुरु गराएको कृत्रिम गर्भाधान छोटो समयमै लोकप्रिय भएको छ ।

2403
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

विगू गाउँपालिकाबासीले अब सिंगटीबाटै निजी आवास निर्माणका लागि दोस्रो र तेस्रो किस्ता पाउने भएका छन् । अनुदान वितरणको जिम्मा पाएको नेपाल इन्भेष्टमेन्ट बैंकले सिंगटीमै शाखा खोलेर सेवा दिने भएपछि अनुदान रकम लिन सहज हुने भएको हो ।

1057
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

जिल्लाको बाँफिकोट गाउँपालिका–२ जिपुका स्थानीयले आफ्नै लगानीमा पाँचवटा खानेपानी आयोनजा निर्माण गरेका छन् । गाउँमा खानपानी समस्या बढ्दै गएपछि गाउलेले आफ्नै लगानीमा आयोजना निर्माण गरेका हुन् ।

970
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो ।

1200
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन सहिद स्मृति लघुजलविद्युत् आयोजनाको काम एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत २०६५ सालमा सुरु भएको उक्त योजनाको अहिलेसम्म १५ प्रतिशतमात्र काम भएको छ ।

894
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

जुम्लाको प्रसिद्ध पर्यटकीय चन्दननाथ मन्दिरमा बहुमूल्य भगवानका मूर्तिहरू बिग्रेका सिसी क्यामराको भरमा राखिएका छन् । गत वर्ष मन्दिरमा रहेका बहुमूल्य मूर्तिहरू चोरी भएपछि, त्यसपछि मूर्ति सुरक्षाका लागि मन्दिरमा सिसी क्यामेरा जडान गरिएको थियो ।

1207
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

इन्द्रावती गाउँपालिका–५ प्यूघरका सूर्यबहादुर माझीसँग आफ्नो नाममा भएको जग्गाको लालपुर्जा छ । भूकम्पले घर ढालेपछि टहरामा बस्दै आएका उनको साथैमा भूकम्पपीडित कार्ड पनि छ । तर, घर बनाउने जग्गा छैन । “कागजमा धनी नै छु,” उनी भन्छन्, “तर भौतिक रूपमा सुकुम्बासी हुनुपरेको छ ।”

1110