नेपाल मिडिया सोसाइटीले संविधानको मौलिक हकअन्तर्गत सञ्चार हकको समेत अपव्याख्याले प्रेस स्वतन्त्रता कुण्ठित हुनसक्ने दुखद् संकेत देखिएको जनाएको छ । राज्य सञ्चालनका मुुख्य अंगहरू पछिल्लो समय न्यायालयको विषय सार्वजनिक टिकाटिप्पणीको विषय बन्ने र न्यायालयको नेतृत्वका बारेमा उठेका विषय र सन्दर्भ स्वतन्त्र न्यायपालिकाको गरिमालाई धुमिल गर्ने क्रियाकलाप हुन् भन्दै मिडिया सोसाइटीले चिन्ता व्यक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको तीव्र दबाबको सामना गर्दै अर्थमन्त्रीमा मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडालाई चयन गरेका छन् । मौद्रिक अर्थशास्त्रमा विद्यावारिधी गरेका खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर भइसकेका छन् । संसद सदस्य नभए पनि मन्त्री बन्ने सौभाग्य पाएका खतिवडाको चयनप्रति सर्वत्र प्रशंशा गरिएको छ । अहिलेको संकटपूर्ण अर्थतन्त्रलाई पार लगाउने एकमात्र योग्य व्यक्तिका रूपमा उनलाई हेरिएको छ ।
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले जीवनजल उत्पादन थालेको ९ महिनापछि ट्याब्लेट औषधि सिटामोलको व्यावसायिक उत्पादन सुरु गरेको छ । लिमिटेडले सोमबारदेखि सिटामोलको व्यवसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा सानो परिमाणमा उत्पादन सुरु गरेको छ । फागुन महिनाभित्र १० लाख ट्याब्लेट सिटामोल उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले जनाएको छ । बजारबाट आउने प्रतिक्रियाका आधारमा उत्पादन बढाउने लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले बताएका छन ।
सरकारले वैशाखदेखि काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । सवारीसाधनले अत्यधिक प्रदूषण गरेको भन्दै यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो ।
उनकै टोपी, उनकै कोट, र उनकै पटुकी बाँधी गाउँमा निष्कन्छन् । घरमा भेडा बाख्रा पुख्र्यौली रूपमा पाल्दै आएकाले पनि उनबाट बन्ने कपडाको व्यापार विगतमा धेरै गर्दथे । कुनै बेला उनको कपडा बिक्रीबाटै चाडपर्व मनाउने, नुन तेल गर्ने रकम कमाउँथे । समयको विकाससँगै राडीपाखीमा आँखा नजान थालेपछि लोप हुन पुग्यो ।
डडेल्धुरा आलिताल गाउँपालिकामा एक दिने एकीकृत घुम्ती शिविरको आयोजना गरिएको छ । दुर्गम क्षेत्र र गरिबीका कारण जिल्ला सदरमुकामसम्म पुग्न नसक्ने स्थानीय बासिन्दाको घरदैलोमै गई जिल्लास्थित सरकारी कार्यालयबाट एकै स्थानमा विभिन्न किसिमका सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयोजनमा आलिताल गाउँपालिका–२ मा एकीकृत घुम्तीशिविर आयोजना गरिएको हो ।
एडीबीले शुक्रबार आयोजना गरेको सन् २०१८ को पहिलो समीक्षा बैठकमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाएका आयोजनामा ८८ प्रतिशत खर्च भएको छ । एडीबीले शुक्रबार आयोजना गरेको सन् २०१८ को पहिलो समीक्षा बैठकमा सन् २०१७ मा ८८ प्रतिशत काम भएको देखाएको हो । बैठकमा एडीबीले ३३९ मिलियन डलर भुक्तानीको लक्ष्य राखेकोमा २९८ मिलियन डलर अर्थात् ३० अर्ब प्राप्ति भएको जानकारी दिएको छ । यो सन् २०१६ को तुलनामा बढी हो ।
नेपालको कानुनअनुसार जंगली जनावर मार्न पाइँदैन । कसैले मारिहाले कानुनअनुसार कारबाही भोग्नुपर्छ । तर, पछिल्लो समय जंगली जनावरबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न धमाधम अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जानकारी गराएको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरूबाट सोलार (सौर्य ऊर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरूबाट सोलारमार्फत विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत् उत्पादन भएको हो ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेपाल लगातार असफल बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षणअनुसार सुशासन, पारदर्शिता, छिटो–छरितो न्यायसम्पादन, चुस्त र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलगायत विषयमा नेपालको स्थिति निराशाजनक देखिएको हो ।
विशेष अदालतले बहुचर्चित नेपाल पर्यटन बोर्ड घोटाला प्रकरणमा तत्कालीन कायमुकायम कार्यकारी प्रमुख सुवास निरौलाले भ्रष्टाचार गरेको ठहर गर्दै ७ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार निरौलासहित बोर्डका तत्कालीन लेखा प्रमुख अनिलकुमार दास र अर्का एक ट्राभल एजेन्सी सञ्चालकलाई दोषी ठहर गर्दै बिगो र जरिवानासहित कैदको फैसला गरेको हो ।
केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजार छ । यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।
वारिपारि पुरै चट्टानैचट्टान बीचमा बगिरहेकी छन् बूढीगंगा । चट्टानमाथि रहेको छ मनागाउँ । यो बस्तीमा २०४ घरधुरी बसोबास गर्छन् । गाउँको छेवैबाट सुरु हुने चट्टानी भीरको बाटो । बाटोको सीधै तल पारिपट्टि बाजुरा सडकसँग जोडिएको तिपाडा बजार छ । बाजुराको तिपाडादेखि मनागाउँलाई जोड्ने रोपवे निर्माण गरिएको छ ।
ठेक्का सम्झौता भएको तीन महिना बिते पनि म्याग्दीको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि गतमंसिर ७ गते भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसियट्ससँग छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।