सागर परियार
सोमवार, श्रावण २८, २०७५

जुम्लास्थित हिँमा गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्ने विषयमा चर्को विवाद भएको छ । केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीच मै विवाद हुँदा गाउँपालिकाले अहिलेसम्म प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष तीन महिना भइसक्दा समेत केन्द्र तोक्ने विषयमा सहमती नहुनु बिडम्वना भएको स्थानीयको आरोप छ ।

603
कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५

अछामको रामारोशन गाउँपालिकाले जथाभावी रूपमा कैलाश खोलामा पाइने असला माछा मार्न रोक लगाएको छ । गाउँपालिकाको बैठकले असला माछा संरक्षणका लागि कैलाशखोला र शाखा खोलामा माछा मार्न रोक लगाएको हो । खोलामा अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा यहाँको स्थानीय असला जातको माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम नै पारित गरिएको र कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए ।

1931
कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५

बंगलादेश र इलामका युवाहरूले संयुक्त रूपमा युवाको क्षेत्रमा साझेदारी गर्न सक्ने विषयको खोजी गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित भर्चुअल अन्तक्र्रिया कार्यक्रममा इलाम र बंगलादेशका युवाहरूले साझेदारी रूपमा गर्न सक्ने क्रियाकलापहरूको खोजी गरिएको हो ।

818
शिव बोहरा
सोमवार, श्रावण २८, २०७५

दुईपाङ्ग्रे सवारीचालकले सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक–यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाइन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरका हेल्मेट आयात भइरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभइ दुर्घटना हुँदा सुरक्षित बनाउन लगाइने हेल्मेटले जोगाउनुको साटो फुट्ने गरेको पाइएको छ ।

1350
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ढिलाइ भएको छ ।

891
दिननाथ बराल
आइतवार, श्रावण २७, २०७५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले संघीय सरकारका कारण आफ्नो प्रदेशको विकासमा बाधा पुगेको बताएका छन् । मुख्यमन्त्रीसँग शुक्रबार भएको संक्षिप्त कुराकानीमा उनले विभिन्न कानुन समयमै संघीय सरकारले दिन नसक्दा विकासमा बाधा पुगेको बताएका हुन् ।

1405
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

1097
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

नागरिक संस्थाको दिगोपन सूचकमा नेपाल चौथो रहेको एक प्रतिवेदनले देखाएको छ । गोगो फाउन्डेसनले म्यानेजमेन्ट सिस्टम इन्टरनेसनलसँगको सहकार्यमा नागरिक संस्थाको दिगोपन सूचक मापन (सीएसओएसआई)प्रतिवेदन तयार गरी शुक्रबार सार्वजनिक गरेको अध्ययनमा नेपाल चौथो देखिएको हो ।

767
रेशमराज रोकाया
आइतवार, श्रावण २७, २०७५

नेपाल सरकारले गरिब लक्षित गरी वितरण गरेको गरिब परिचयपत्र अधिकांश धनीले मात्र प्राप्त गरेको खुलाशा भएको छ । जिल्लाका ७ वटै गाउँपालिकामा गरिबीको रेखामुनि रहेका स्थानीयलाई भन्दा राजनीतिक भनसुन र खान लाउन पुग्ने बासिन्दाले मात्र परिचयपत्र पाएको गुनासो छ ।

2068
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

बाजुराका अधिकांश स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । गत आवको बजेट खर्च गरेर जिल्ला बाहिर गएपछि स्थानीय तह प्रमुखविहीन भएका हुन् ।

667
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले वित्तीय संघ–संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

671
रासस
आइतवार, श्रावण २७, २०७५

पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

751
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

युथ एड्भोकेसी नेपालको संयोजन र विभिन्न संघसंस्थाको आयोजनामा राष्ट्रिय युवा अधिकार महाभेला हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा सुरु हुने महाभेला २ दिनसम्म चल्नेछ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले महाभेला उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

1609
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

जनकपुरका व्यापारीले कर वृद्धि नगर्न माग गर्दै जनकपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । कर वृद्धि गर्दा व्यापार व्यवसाय सञ्चालन गर्न विभिन्न समस्या आउने भन्दै व्यापारीहरूले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । उनीहरूले सुरक्षित व्यापार तथा व्यवसाय गर्ने वातावरण बनाइदिन मागसमेत गरेका छन् ।

1446
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ का ३४ वर्षीय कोषबहादुर मगर आरआर क्याम्पस काठमाडौंको मानविकी संकायका विद्यार्थी हुन् ।

1571