कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

विगू गाउँपालिका– ४ सिंगटीका जगतबहादुर खत्रीले भूकम्पपछि घर बनाएको डेढ वर्ष भयो । उनले पहिलो किस्ता लिएको २ वर्ष पुग्न लाग्यो । तर घर बनाए पनि दोस्रो किस्ताका लागि धाएको डेढ वर्ष पुगे पनि दोस्रो किस्ता पाउन सकेका छैनन् ।

1758
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

चार वर्षअघिको बाढीबाट विस्थापित गुलरिया नगरपालिका–४, रामपुर टापुका बाढीपीडितको पुनःस्थापनामा जग्गा खण्डीकरणमा रोक लगाउने सरकारी निर्णय नै बाधक बनेको छ । बाढीले घरवारविहीन भएकाहरूलाई जग्गा खरिद गरी घर निर्माणका लागि अनुदान वितरण गर्न सुरु भए पनि सरकारले गत साउन २६ गते कृषियोग्य जमिन खण्डीकरण गर्नमा रोक लगाउने निर्णय गरेपछि सो निर्णय पुनःस्थापनामा बाधक बनेको हो ।

871
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताए ।

957
दीननाथ बराल
शुक्रवार, पुष २८, २०७४

पर्यटकीय नगरी पोखरामा आज (बिहीबार) देखि सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला–२०७४ सुरु भएको छ । माघ ८ गतेसम्म संचालन हुने उक्त मेलाको कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्दै सरकारको एक्लो प्रयासमा आर्थिक समृद्धि नहुने बताए ।

918
लक्ष्मी सापकोटा
शुक्रवार, पुष २८, २०७४

मुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्यासको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्न थालेपछि ग्यास उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो । नेपाल आयल निगमका अनुसार ४२ लाख ८२ हजार ६ सय ३५ घरधुरीले ग्यासको प्रयोग गर्दै आएका छन् । बिजुलीलगायत ऊर्जाका अन्य स्रोतभन्दा पनि ग्यासको मूल्य सस्तो पर्ने हुँदा यसको खपत दिनप्रतिदिन बढ्दै गएको छ ।

940
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

जिल्लाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि काम प्रभावित भएको छ । जन्तेढुंगा गाउँपालिकाका सबै वडामा वडासचिव नभएपछि त्यस पालिकाकाको काम प्रभावित भएको छ । गाउँपालिकामा कार्यरत सबै सचिव सरुवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन बनेको हो ।

540
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

आगलागीले ध्वस्त भएको गुल्मीको दजाकोट गाउँ विस्तारै उठ्न थालेको छ । २०७३ वैशाख १८ गते आगलागीले नष्ट भएका घरका परिवार यति बेला धमाधम नयाँ घर बनाउन व्यस्त छन् ।

754
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो ।

957
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

सिमेन्ट तथा छड उद्योगहरूले एकाएक आफ्ना उत्पादनमा मूल्यवृद्धि गरेको भनी व्यापक विरोध भएपछि सिमेन्ट उत्पादक संघले मूल्यवृद्धि बाध्यात्मक भएको जनाएको छ ।

1590
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

सरकारले बाढीपहिरो तथा शीतलहरबाट प्रभावित नागरिकलाई लत्ताकपडा खरिद तथा घर मर्मतका लगि १ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गरेको छ । बाढीपहिरो, डुवान, शीतलहर र चीसो प्रभावितका लागि प्रतिपरिवार लत्ताकपडा किन्न १० हजार र घर मर्मत गर्न १५ हजार रुपैयाँका दरले रकम निकासा गरेको हो । त्यसैगरी शीतलहरप्रभावित २२ जिल्लाका नागरिकलाई दाउरा किन्न २ करोड २० लाख विनियोजन गरिएको छ ।

1091
शिव बोहरा
बुधवार, पुष २६, २०७४

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन कोटा निर्धारण गरिएकोे छ । सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अत्यधिक भिडभाड भएको भन्दै अनलाइनबाटै आवेदन दिने व्यवस्थालाई अनिवार्य गरेको हो । कर्णालीबाहेकका सबै कार्यालयबाट दैनिक निश्चित कोटा तोकेर अनलाइन आवेदन लिन सकिने व्यवस्था गरेको हो । कार्यालयमै पुगेर आवेदन दिनुपर्ने व्यवस्थाको अन्त्य मंगलबारदेखि कार्यान्वयनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

3969
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

पोखराका दुईवटा यातायात कार्यालयबाट बिचौलियाको काम गर्ने गरेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातयात कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनेकौं प्रलोभन देखाई रकम असुल्ने तथा अनावश्यक होहल्ला गरेको भन्दै प्रहरीले २९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

782
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

निरोगिताको प्रमाणपत्र दिने चिकिसत्कको टुंगो नलाग्दा यातायात व्यवस्था कार्यालय मेचीले सवारीचालक अनुमति–पत्र (लाइसेन्स) वितरणको प्रक्रिया रोकेको छ ।

769
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

विगू गाउँपालिका– ४ सिंगटीका भूकम्पपीडितले अब आवास निर्माणका लागि अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंगटी बजार क्षेत्रमा आवास निर्माण गर्ने भूकम्पपीडितहरूलाई अनुदान वितरणका लागि परिपत्र गरेको हो ।

1060
राजेन्द्र बस्नेत
मंगलबार, पुष २५, २०७४

ब्रुसबाङकी फुलमाया चेपाङले सुत्केरी हुँदा समेत पोषणयुक्त खाना त पाइनन् नै, पानी समेत पैंचो लिएर बच्चा हुर्काउनु प¥यो । स्थानीय खाद्य अधिकार समूहकी अध्यक्षसमेत रहेकी फूलमायाले सुत्केरीमा पानी अभावले पाएको पीडा सम्झिँदै भनिन्, “सासुससुराबाट पानी पैंचो गरेर बच्चालाई नुवाइधुवाइ र लुगा धोएँ ।”

1024

सातामा धेरै पढिएको