कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

पूर्वमा जडिबुटी खोज तथा अनुसन्धानका लागि एक अर्ब लगानीमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र स्थापना हुने भएको छ । एक नम्बर प्रदेशलाई नै ध्यानमा राखेर १० बिघा क्षेत्रफलमा स्थापना गरिने केन्द्रको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका छन् ।

750
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा कडा प्रकृतिका रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाजस्ता कडा रोग लागेका विपन्न नागरिकलाई आर्थिक सहायता उपलब्ध गराउन सरकारले विपन्न नागरिक कोष सञ्चालन गरेको हो ।

1512
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

प्रदेश नम्बर ७ मा विभिन्न मन्त्रालय सञ्चालनमा आए पनि ती मन्त्रालयमा आवश्यक पर्ने कर्मचारी अझै आइपुगेका छैनन् । केही सीमित कर्मचारी आएका मन्त्रालय सञ्चालमा आए पनि केही मन्त्रालय त सञ्चालनमा आएका छैनन् । शुक्रबारसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यालय मात्रै सञ्चालनमा आएका छन् । सञ्चालमा आएका मन्त्रालयमा पनि सचिवबाहेक अन्य कर्मचारी पुगेका छैनन् ।

919
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

अल्पसंख्यक ह्योल्मो जातिको बसोबास रहेको पर्यटकीय गाउँ हेलम्बुमा ह्योल्मो संस्कृित झल्कने कलात्मक घरसहितको एकीकृत बस्ती निर्माण सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई हेलम्बुप्रति थप आकर्षित गर्नका लागि नमुना एकीकृत बस्ती निर्माण सुरु गरिएको हो ।

1747
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

आगामी बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकले जनाएका छन् ।

503
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपाल सरकारको अनुदान सहयोग तथा भवन डिभिजन कार्यालयद्वारा सञ्चालित जनता आवास कार्यक्रम विपन्न वर्गमा पुग्न नसकेको स्थानीयको गुनासो छ । जुम्लासहित कर्णालीका पाँच जिल्लामा जनता आवास कार्यक्रम सञ्चालित छ । दलित समुदायका विपन्न वर्गको राहतका लागि जनता आवास कार्यक्रम सम्पन्न र पहुँचवालाको पोल्टामा परेको जनगुनासोे छ ।

807
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

ओखलढुंगाका स्थानीय तहमा मनोमानी बढ्न थालेको छ । निर्वाचित प्रतिनिधिबाटै स्थानीय तहमा हुने सबै खाले गतिविधिमा व्यापक मनोमानी बढेको हो ।

560
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्न थालिएको छ । विगत साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्डयन प्राधिरण तयार भएसँगै आवश्यक पूर्वाधार तयार गर्न थालिएको हो । नागरिक उड्डयन प्राधिकरण र विभिन्न विमान कम्पनी र बागलुङ नगरपालिकाबीच गत साता विमानस्थल सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

1588
प्रगति ढकाल
सोमवार, माघ २९, २०७४

वन विकास कोषको रकम लामो समयसम्म परिचालन हुन नसकेर निष्क्रिय बनेपछि रकम जम्मा गर्ने व्यवसायीलाई नै फिर्ता गर्न सरकार सकारात्मक बनेको छ । कोष परिचालन गर्न सरकार असमर्थ बनेपछि व्यवसायीले पटक–पटक आफूले जम्मा गरेको रकम फिर्ता गर्न दबाब दिएकाले सरकारले व्यवसायीलाई नै फिर्ता गर्ने तयारी गरेको हो ।

2126
रासस
आइतवार, माघ २८, २०७४

महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।

1216
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको काम तीव्र रूपमा अगाडि बढे पनि ठेकेदारको लापरबाहीले डुडुवा शाखा नहरको काम अलपत्र परेको छ । डुडुवा शाखा नहरको निर्माणकार्य अलपत्र पारिएपछि स्थानीयले तत्काल काम सुरु गर्न माग गरेका छन् ।

1191
नीरज पिठाकोटे
आइतवार, माघ २८, २०७४

मुलुकको वैदेशिक व्यापारलाई सहज बनाउन निर्माण गर्न लागिएको वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा अवरोध सुरु भएको छ । आईसीपी निर्माणको अन्तिम अवस्था रहेको र केही दिनमै सञ्चालन हुने भनिए पनि जग्गाको मुआब्जा विवादका कारण स्थानीयले अवरोध गरेपछि सुरुमै विवादमा मुछिएको हो ।

1341
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

जिल्लाको छथर गाउँपालिकाका छथरपोखरीबासी भौतिक संरचना निर्माणका लागि वर्षात्को पानीको पर्खाइमा छन् ।

1052
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोला र नौलाको फोहर पानी पिउन बाध्य छन् ।

1062
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौंको खानेपानी योजना अलपत्र बनेको छ ।

2057