केदार दाहाल
आइतवार, फाल्गुन १३, २०७४

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न धमाधम अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जानकारी गराएको थियो ।

2001
भीम गौतम
आइतवार, फाल्गुन १३, २०७४

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरूबाट सोलार (सौर्य ऊर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरूबाट सोलारमार्फत विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत् उत्पादन भएको हो ।

1781
मातृका दाहाल
शुक्रवार, फाल्गुन ११, २०७४

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेपाल लगातार असफल बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षणअनुसार सुशासन, पारदर्शिता, छिटो–छरितो न्यायसम्पादन, चुस्त र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलगायत विषयमा नेपालको स्थिति निराशाजनक देखिएको हो ।

906
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

विशेष अदालतले बहुचर्चित नेपाल पर्यटन बोर्ड घोटाला प्रकरणमा तत्कालीन कायमुकायम कार्यकारी प्रमुख सुवास निरौलाले भ्रष्टाचार गरेको ठहर गर्दै ७ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार निरौलासहित बोर्डका तत्कालीन लेखा प्रमुख अनिलकुमार दास र अर्का एक ट्राभल एजेन्सी सञ्चालकलाई दोषी ठहर गर्दै बिगो र जरिवानासहित कैदको फैसला गरेको हो ।

1435
सरस्वती ढकाल
शुक्रवार, फाल्गुन ११, २०७४

केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजार छ । यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।

1479
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

वारिपारि पुरै चट्टानैचट्टान बीचमा बगिरहेकी छन् बूढीगंगा । चट्टानमाथि रहेको छ मनागाउँ । यो बस्तीमा २०४ घरधुरी बसोबास गर्छन् । गाउँको छेवैबाट सुरु हुने चट्टानी भीरको बाटो । बाटोको सीधै तल पारिपट्टि बाजुरा सडकसँग जोडिएको तिपाडा बजार छ  । बाजुराको तिपाडादेखि मनागाउँलाई जोड्ने रोपवे निर्माण गरिएको छ ।

1288
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

ठेक्का सम्झौता भएको तीन महिना बिते पनि म्याग्दीको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि गतमंसिर ७ गते भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसियट्ससँग छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

784
प्रगति ढकाल
बिहिवार, फाल्गुन १०, २०७४

कृषिवन खेती विस्तारका लागि ५ अर्ब लगानी आवश्यक पर्ने भएपछि सरकार दाताको खोजीमा छ । वनको आधुनिक विकास गर्दै यस क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न ‘कृषिवन खेती विस्तार’को योजना ल्याइए पनि आवश्यक बजेटका अभावका कारण सरकारले दाताको खोजी गरिरहेको छ ।

1295
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

प्रदेश नम्बर ७ दार्चुलाको विकट नौगाड गाउँपालिका–४ होपरीका १८ वर्षीय प्रकाश महता जस्तो नाम त्यस्तै प्रतिभाका छन् । वि.सं २०५६ सालमा सामान्य परिवारमा जन्मिएका प्रकाश २०६३ सालमा गाउँकै भैरवराज निम्न माविमा कक्षा १ मा भर्ना भए ।

1070
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

स्थानीय तहमा कर्मचारी खटाइए पनि अटेर गरी कार्यक्षेत्रमा नगएका कर्मचारीको तलब रोक्का गरिने भएको छ । स्थानीय तह निर्वाचन भएकोे ९ महिनाभन्दा बढी समय भइसक्दासमेत कर्मचारी गाउँ नपुगेको जनप्रतिनिधिको तीव्र गुनासोपछि जिल्ला समन्वय समिति बागलुङले यस्तो निर्णय गरेको हो ।

1475
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीयवासी चकित परेका छन् । सातामा २ दिनमात्र पानी आउने गरेको धारामा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानीय चकित पर्नुका साथै समस्यामा परेका छन् । पानी आउने धारामा रगत आएपछि बनेपा दक्षुटोलका स्थानीय त्रसित भएका छन् ।

1586
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

सन् १९७८ देखिनै कोकाकोला फिफाको आधिकारिक प्रायोजक रहँदै आएको छ र त्यसपलदेखि नै हरेक खेलमा कोकाकोलासँगै छ । यो चालिसौं वर्षको आधिकारिक प्रायोजकमा, कोकाकोलाले यस वर्ष नेपालमा सबैभन्दा ठूलो अभियान ल्याएको छ कोक खाम् रसिया जाम् “जहाँ ४० जना भाग्यशाली उपभोक्ताले फिफा प्रत्यक्ष हेर्न रसिया जान पाउने छन् ।

776
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

खडेरीका कारण गाउँमा अन्नबाली उत्पादन हुन छाडेको र खाद्यान्न संकट आएको भन्दै कर्णालीका कयौं व्यक्ति रोजगारी खोज्दै भारत पलायन भएका छन् । लगातारको खडेरीले खाद्यान्न उत्पादन हुन छाडेको मुगुको भिइ गाउँपालिका २० प्रतिशत मानिस भारत पलायन भइसकेका छन् । यहाँको दलित समुदायका २ सय ६५ घरधुरीका करिब ४ सय मानिस पेट पाल्ने बाध्यताले रोजगारीका लागि भारतका विभिन्न सीमा क्षेत्रमा पुगेका छन् । दलित बस्तीका ९३ प्रतिशत र गैरदलित बस्तीका करिब ८६ प्रतिशत मानिस रोजगारी खोज्दै भारत पलायन भएका हुन् ।

968
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण इलाममा शैक्षिक संस्था र यातायात ठप्प भएका छन् । कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घ्घाटन कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेप गरेको भन्दै गरेको बन्दका कारण यहाँका शैक्षिक संस्था र यातायात ठप्प भएको हो ।

1565
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

हात्तीपाइले रोग निवारणका लागि डोटीका ७ गाउँपालिका र २ नगरपालिकामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गर्न ७३ लाख ३ हजार खर्च लाग्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

620