हरिश चन्द
आइतवार, भदौ १७, २०७५

सरकारले देशभरका सबै तुइन हटाएर पुल निर्माण गर्ने घोषणा गरे पनि डडेल्धुराको भित्री मधेसका नदीमा तुइन पनि नहुँदा यहाँका स्थानीय जोखिम मोलेरै नदी तर्न बाध्य छन ।

895
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

सुदूरपश्चिम तथा प्रदेश नम्बर ७ मा शनिबारदेखि गौरा पर्व सुरु भएकोे छ । गौरा पर्व सुरु भएसँगै कञ्चनपुर सदरमुकाममा किनमेल गर्नेको घुइँचो लागेको छ ।

796
अमरराज आचार्य
आइतवार, भदौ १७, २०७५

दाङका किसानले लगाएको धान र मकै बालीमा विभिन्न रोग देखा परेका छन् । धानमा गबारो, ब्लाष्ट, खैरा रोग र मकैमा डाँठ कुहिने रोग देखा परेपछि किसान चिन्तित भएका छन् ।

1629
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

सोह्रखुट्टेस्थित नयाँ बजार मल्टी भेन्यूले उपभोक्तालाई कुहिएको मासु खुवाएकोे फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको कारोबार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो मल्टीभेन्यूमा शिलबन्दी गरिदिएको छ ।

570
अनिश शर्मा गैरे
आइतवार, भदौ १७, २०७५

गुल्मी-देशकै सबैभन्दा धेरै कफी फल्ने गुल्मीको मुसीकोट नगरपालिका कफीको मुख्य क्षेत्र बन्दै गएको छ । मुसिकोट नगरपालिकाले कफीको विकास गर्न र कफी लगाउने किसानलाई प्रोत्साहन गर्ने उद्देश्य राखेर अघि बढेपछि गाउँगाउँमा कफीका बिरुवा लगाइएको छ । नगरपालिकाले पनि आफैंले सहुलियत दरमा कफिका बिरुवा उलब्ध गराएपछि कृषकलाई कफी खेती गर्न सहज भएको छ ।

2698
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेटसम्म बोल्दै केसीले बिहिबार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

677
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

बिमस्टेक सम्मेलनमा सहभागि हुन काठमाडाै आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । काठमाडाैबाट चार्टर बिमानमार्फत गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सिरीसेना त्यहाँबाट सडकमार्ग सिधै लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेका थिए ।

880
कृष्ण न्यौपाने
आइतवार, भदौ १७, २०७५

“नेपालीहरू घुस दिन प¥यो भने खुसीसाथ दिन्छन्, तर कर तिर्नपर्दा चाँही विरोध गर्छन्,” गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले भने, “यस्तो प्रवृत्ति त्याग्न जरुरी छ ।”

6803
रासस
शुक्रवार, भदौ १५, २०७५

म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेका छिन् । 

1761
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् ।

2158
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

दैलेख सदरमुकाममा बाजा गाजासहितको युवाको हुल नाच्दै रमाइहेका थिए । उनीहरूले आफ्नो शरीरभरि रंगीविरंगी बनाइ ‘बलत्कारीलाई फाँसी दे सरकार’ लेखेर नाचगानमा रमाइरहेका थिए । तर ती युवा कुनै आन्दोलनमा सहभागी भने भएका थिएनन् उनीहरू न्यू ज्वाला क्लब दैलेखले निकालेको रोपाइँ जात्रामा सहभागी थिए ।

941
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

नेपालगन्ज–कोहलपुर मुख्य फोरलेन राजमार्ग छेउमै राँझा विमानस्थलनजिक फोहर विसर्जन गर्न थालिएपछि दुर्गन्ध र फोहरले आवागमनमा समस्या भएको छ । मुख्य राजमार्गको छेउ र विमानस्थलको मुख्य प्रवेशद्वारमै फोहर फालेर थुप्रो लगाइँदा यात्रुलाई समस्या भएको हो ।

1173
राजेन्द्र बस्नेत
शुक्रवार, भदौ १५, २०७५

धादिङ र नुवाकोट जिल्लाको सिमाना भएर बग्ने कोल्पु खोलाको किनारमा अहिले बालुवा निकाल्नेको होडबाजी चलेको छ । काठमाडांैको रानीवनबाट उत्पत्ति भएको कोल्पु खोला धादिङको धुनिबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका र नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिकाको सिमाना हुँदै त्रिशूलीमा मिसिन्छ । आफ्नो जीविकोर्पाजनका लागि बालुवा निकाल्नेको कोल्पु खोलामा होडबाजी नै चलेको छ ।

1733
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

नदीमा पानीको बहाव बढेपछि कर्णाली नदीमा रहेका झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । अहिले पुलमाथि नै पानी आइपुग्ने र पुलको छेउमा नदीले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानीय प्रेम महतले बताए ।

1040
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

वन क्षेत्रबाट तार तान्ने अनुमति नहुँदा लामो समयदेखि रोकिएको बाँकेको राप्तीपारि क्षेत्रमा विद्युत् विस्तार कार्य छिट्टै पूरा हुने भएको छ ।

820