कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमअफ) को बैठकमा सहभागी हुन अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन् । आगामी बिहिबारदेखि अमेरिकाको वासिंटन डिसीमा आयोजना हुन लागेको विश्व बैंक र आइएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य हो । बैठकमा अर्थमन्त्रीले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ ।

250
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्ने क्रम सुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ,” मौसमविद् नगरकोटीले भनिन् ।

217
कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६

पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् । एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो दुई सय ५० देखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् ।

329
विप्लव काफ्ले
मंगलबार, आश्विन २८, २०७६

भरतपुर महानगर क्षेत्रमा नक्सा पास गरेर घर बनाउने क्रम घट्न थालेको छ । ४० वर्षको तथ्यांक हेर्दा वर्षेनी नक्सा पास गर्ने क्रम घटेदो देखिन्छ । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि घर, संरचना बनाउँदा अनिवार्य रुपमा भूकम्प प्रतिरोधी बनाउनुपर्ने गरी मापदण्ड कडाईका साथ कार्यान्वयनमा आएको छ ।

1081
कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६

सुदूरपश्चिम प्रदेश सरकारमा करिब एक हजारको संख्यामा कर्मचारी अभाव हुँदा प्रदेशको विकास कार्यक्रम सुस्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुुसार समायोजन भई पदस्थापना हुन बाँकी समेत गरी नौ सय ७४ जना कर्मचारीको कमी भएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव किशोरकुमार चौधरीले दरबन्दी अनुसार पाँच सय ११ जना प्राविधिक र चार सय ६३ जना अप्राविधिक जनशक्तिको कम रहेको बताए ।

305
कृञ्जला पुलामी
शुक्रवार, आश्विन १७, २०७६

दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर। पछिल्ला दिनहरूमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ । केही समय अघिसम्म दसैंको नौरथा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दसैं र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन । विभिन्न प्रविधिको विकास तथा युवा पुस्ता सहर केन्द्रत हुन थालेका कारण पिङको मौलिकता हराउँदै गएको देखिन्छ ।

587
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

प्रदेश नं. ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र शिवशक्ति मिश्रित कृषक समूहको सक्रियतामा पोखराथोकमा कोल्डस्टोर स्थापना हुने भएको छ । मन्त्रालयको १ करोड ८७ लाख ७५ हजार तथा शिवशक्ति मिश्रित कृषक समूहको ६२ लाख ५८ हजार गरि कुल २ करोड ५० लाख ३३ हजारको लागतमा ३ सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र बन्न लागेको हो ।

514
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

बेंसीसहर नगरपालिकाले निर्माण गरेको नगर प्रोफाइल प्रमाणीकरणका लागि सरोकारवालासँग छलफल गरेको छ । करिब दुई महिना लगाएर तयार गरिएको नगर प्रोफाइलको प्रमाणीकरणका लागि सरोकारवालासँग छलफल गरेको हो । नगरपालिकाको योजना तर्जुमा सहज बनाउन साथै नगरको वस्तुस्थिति र नागरिकको अवस्थावारे जानकारी राख्नका लागि नगर प्रोफाइल बनाएको हो ।

476
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

वडा दशैंको अवसरमा बिधिपूर्वक चढाइने बलि भन्दा पनि मासु खानको लागि पछिल्लो समय च्यांग्रा रोजाइमा पर्न थालेको छ । तर लमजुङमा पहिले जस्तो च्यांग्रा आयात नहुँदा सर्वसाधरण भने निराश छन् ।

560
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

बैतडी-नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।

528
सागर परियार
बिहिवार, आश्विन १६, २०७६

भोजपुरका थमन्कुमार राई जुम्लाको रत्न चुडेश्व माविमा पढाउँछन् । वर्षभरि पढाएर केही पैसा कमाउँला दसैं तिहारजस्तो चाडपर्वमा खुसीका साथ घर जाने सोच बनाउँछन् बाहिरका शिक्षक । तर राईले दसैंको मुखमा पनि तलब नपाउँदा गाउँको महिला समूहबाट ऋण निकालेर भाडा गरी निरास हँुदै रित्तै घर फर्किएका छन् । त्यस्तै सोही विद्यालयमा पढाउने रोल्पाका मनीष बुढाथोकीले पनि सापटी गरेर भाडा गरी घर फर्केका छन् ।

717
दीननाथ बराल
बिहिवार, आश्विन १६, २०७६

नेपालीहरूको महान पर्व विजया दशमीको दिन नजिकिँदै गर्दा देशका मुख्य बजार क्षेत्रमा हिजो÷आज किनमेल गर्नेको अत्यधिक भीड लागेको छ । यसैक्रममा पोखरा क्षेत्रमा पनि दसैंको अवसरमा बजारमा किनमेल गर्नेको हिजो-आज भीडभाड सुरु भएको हो ।

519
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

चाडपर्व नजिकिएसँगै सरोकारवाहरुद्वारा म्याग्दीको सदरमुकाम बेनी लगायत स्थानीय तहका पसलहरु अनुगमन हुन सकेको छैन । चाडपर्वलाई लक्षित गरेर विगतझै यस वर्ष जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाले बजार अनुगमन नगर्दा उपभोक्ता मंहगीको मारमा परेका हुन् ।

632
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

गत भदौ १२ गते नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवालगायतका स्थानमा गाईको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । नेपालगञ्ज उपमहनगरपालिकाले सो विषयमा छानबिनका लागि अधिवक्ता विकास आचार्यको अध्यक्षतामा समिति गठन गरेको थियो ।

557
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

इलाममा सुरु भएको ‘सामाजिक रूपान्तरणका लागि युवा’ नामक परियोजनाले ९ महिनाको अवधिमा उल्लेख्य प्रगति गरेको छ । असुरक्षित आप्रवासन र मानव बेचबिखन रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाबाट गाउँमा नै युवालाई रोक्न विभिन्न किसिमका कार्यक्रम सुरु भएसँगै यसले उल्लेख्य प्रगति गरेको छ ।

495