कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५
762

गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको अध्यक्षमा खिमबहादुर शाही चुनिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा भएको महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट शाहीको अध्यक्षतामा सर्वसम्मत रूपमा प्रदेश समिति चयन भएको हो । उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, सचिवमा हरिप्रसाद अधिकारी, उपसचिवमा महेश जिसी र कोषाध्यक्षमा सुनिता चन्द छन् । सुरेश शाही, लक्ष्मीचन्द्र कार्की, मनकला भण्डारी र विष्णु रावल सदस्यमा चुनिएका छन् भने हरिप्रसाद शर्मालाई सदस्यमा मनोनित गरिएको छ । सचिव हरिप्रसाद अधिकारीका अनुसार प्रदेशअन्तर्गत सबै जिल्लाका अध्यक्षहरू पदेन सदस्य रहनेछन् । अध्यक्ष शाहीले गैसस राज्यका सहयोगी भएको बताउँदै प्रदेशको विकासका लागि साझेदारी गरेर अगाडि बढ्न चाहेको बताए । उनले गैससलाई नियन्त्रण नभई नियमनमा राज्यले ध्यान दिनुपर्ने बताउँदै त्यसका निम्त्ति उपयुक्त ऐन बनाउनुपर्नेमा जोड दिए ।