कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५
695

आउटरिच नेपालका प्रबन्ध निर्देशक उजय शाक्यले फ्लेम लिडरसिप अवार्ड प्राप्त गरेका छन् । भारतको मुम्बईमा शुक्रबार आयोजना गरिएको फ्लेम अवार्डस् २०१८ मा उनी पुरस्कृत भएको आउटरिचले जनाएको छ । उनीसँगै अन्य केही ख्यातिप्राप्त कम्पनीका प्रतिष्ठित व्यक्तिहरु पनि उक्त अवार्डका विजेता बनेका छन् । सोही समुहका अन्य विजेताहरु भारत र बंगलादेशका अग्रणी व्यापारिक घरानाका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।
रुरल मार्केटिङ एसोसियसन अफ इन्डियाले सन् २००६ मा यो फ्लेम अवार्डको स्थापना गरेको हो र यसको उद्देश्य भारतको ग्रामीण भेगका बजारहरुमा बजारीकरण, प्रवद्र्धन र पहलकदमी गर्नेहरुमध्येबाट उत्कृष्टलाई प्रोत्साहित गर्न पुरस्कृत गर्नु हो । फ्लेम लिडरसिप अवार्डले बजारीकरणका लागि योगदान दिने व्यक्ति वा प्रोफेसनलहरुलाई सम्मान एवं प्रोत्साहन गर्नका लागी यो अवार्ड प्रदान गर्दै आएको छ ।