अमृता राई
आइतवार, बैशाख २३, २०७५
1154

रक्षामन्त्री ईश्वर पोखरेलले साना योजना कार्यान्वयनका लागि केन्द्रीय सरकारको मात्र भर नपर्न आग्रह गरेका छन् ।
कैलाली भ्रमण वर्ष पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन एवं प्रचार–प्रसार कैलाली जिल्लाको विकास र समृद्धिको मूल आधार कैलाली वर्ष २०७५ को उद्घाटन गर्दे मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उनले सानातिना विकासका लागि सरकारकै मुख नताक्न आग्रह गरे । ठूला आयोजनाका लागि पनि प्रदेश सरकारले प्रक्रियामार्फत केन्द्र सरकारसम्म फाइल पुराउनु पर्दछ । यहाँको पर्यटीकय क्षेत्र, गौरीफण्टा नाका, ताक्लाकोट नाकालगायतका विषयमा सर्वप्रथम प्रदेश सरकारलाई जानकारी गराउने अनिमात्र केन्द्रीय सरकारलाई जानकारी हुने र कार्यान्वयनका लागि सहज हुने बताए ।
कैलालीमा मात्र ४ सयवटा तालतलैया छन् । १० हजारभन्दा बढी क्षमता भएको कर्णाली नदीको लागि केन्द्रीय सरकारले सक्दो सहयोग जानकारी दिए । कर्णालीमा जलविद्युत्को मात्र उत्पादन गर्ने हो भने यहाँका पहाडी जिल्लाका जनतालगायत प्रदेश नं.७ का सम्पूर्ण जनतालाई सहज हुने जानकारी दिए । जलविद्युत् उत्पादन गरे प्रदेश नं.७ का २५ लाख जनतालाई सहज हुन्छ । कर्णालीमा बिजुली उत्पादन भए भारतलाई समेत निर्यात गर्न सकिन्छ ।
एमालेका उपाध्यक्ष भीम रावलले यस ठाउँको समृद्धिका लागि यहाँको जनताको इच्छा, आकांक्षा महत्पूर्ण रहेको बताए । यो पर्यटन वर्ष १ वर्षमात्र निरन्तरता नदिएर सधै यस्तो कार्यक्रम हुनुपर्छ । यहाँका जनताले पर्याप्त रूपले रोजगारी पाउनुपर्छ ।
कर्णाली करिडोरको पनि काम सुरु भइसकेको छ । यो करिडोरको कार्य सम्पन्न भएपछि यहाँका जनता लाभान्वित हुने उपाध्यक्ष रावलले बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको मूल आधार आन्तरिक पर्यटन नै रहेको जानकारी दिए । उनले आन्तरिक पर्यटकले यहाँको रीतिरिजाज, संस्कृति झल्काए बाह्य पर्यटक पनि आकर्षण हुने बताए ।