सागर परियार
सोमवार, असार २९, २०७७
315

जुम्ला-तातोपानी गाउँपालिका २ जर्मीका हर्केश दमाई यतिबेला बाँझो जगाा खनजोतमा जुटेका छन् । विगतका वर्षमा कालापहाड गएरै परिवारको खर्च चलाउने उनी यस वर्ष बाबु बाजेले बाँझै छोडेको जमिनलाई उपभोग गर्न खनजोतमा जुटेका हुन् । कर्णालीमा बाँझो जमिन नराख्ने प्रदेश सरकारको नीति अनुसार खनजोतका लागि निवेदन आह्वान गर्दा छनौटमा परेपछि हर्केश दमाई आजभोली बाँझो जोत्नमै व्यस्त छन् ।
त्यस्तै गोविन्द दमाई पनि विगतमा कालापहाड गएरै छोराछोरीको पढाई र खर्च जुटाउँथे । उनी कालापहाड जान छोडेको २ वर्ष भयो । तर उनी पनि यसपाली बाँझो रहेको जमिन खनजोतमा जुटेका छन् । उनले भने, “बाँझो जग्गा जातेर रैथाने उत्पादन गर्ने सोचमा थिए । तर सरकारले नै बाँझो जग्गा राख्न नपाइने नीति ल्याएर खनजोतका लागि छनौटमा पर्दा झनै उर्जा मिल्यो ।” कर्णाली सरकारको कृषि मन्त्रालयले खाद्य सुरक्षा उत्पादन विशेष कार्यक्रम (बाँझो जगा खनजोत) गर्न १७ लाख ७० हजार बजेट पठाएको छ । एकीकृत खेती गरी उत्पादन बढाउन उन्नत बीउ समेत दिने भएकाले सबै बाँझो जोत्न करिब १५-२० जना लगाएर बाँझो खन्न थालेको वीर दमाइले बताए ।
करिब एक हेक्टर बाँझो जमिनलाई खनेर एकीकृत खेती गर्ने तयारी छ । अधिकांश योजनाबाट लाभान्वित नहुने तातोपानी गाउँपालिका २ का विपन्न दलित किसानले पहिलो पटक बाँझो जगा खनजोत कार्यक्रम पाउँदा खुसीले पनि काम गरिरहेका छन् ।
कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै घरआँगनमै खाद्यन्न आउन थालेपछि जग्गा जोत्न छाडेको थियो । हर्केशले भने, “अहिले सरकारले बाँझो जमिन नराख्ने नीति ल्याएपछि हामी भरपुर उपयोग गर्न थालेका छौं । बाँझो रहेको जमिनमा गह्रा सुधार गरेर खेतिपाति गर्न उत्पादन वृद्धि गरी परनिर्भतालाई अन्त्य गर्ने समेत उनको भनाई छ ।”
बाँझो जग्गा उपयोग नहुँदा कोरोना जस्तै धेरै संकट परेका बेला खाद्यन्न अभाव झेल्नु परिरहेको छ । साथै आवश्यक पोसिलो पदार्थ प्राप्त गर्न नसकिने भएकोले रैथाने बालीको उत्पादनका लागि बाँझो जग्गा खन्न थालिएको हो । गाउँमा बेर्थै समय बिताएका युवायुवतीले पनि रोजगारी पाएका छन् ।

एकीकृत कृषि गरिँदै
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश र तातोपानी गाउँपालिकाको समन्वयनमा बाँझो जग्गा खनजोत कार्यक्रम सुरु भएको हो । तातोपानी गाउँपालिका कृषि शाखा संयोजक धर्मराज आर्चायले भने, “पालिकाभरीबाट परेका २२ निवेदन माथि स्थलगत अनुगन गर्दा १८ समूह मात्रै बाँझो खनजोतका लागि छनौट गरिएको हो ।
गाउँमा पुगेर बाँझो जग्गा जोत्न प्रेरित गरेपछि किसान बाँझो जग्गा उपयोग गर्न जुटेको उनकको भनाई छ । बाँझो जग्गा खनेर यहाँको अनुकुलता र मौसम अनुसारको बाली लगाउन सकिने छ । यसका लागि जम्मा १७ लाख ७० हजार बजेट आएको छ । बाँझो जगाको क्षेत्रफल र कामदारको जिल्ला दररेटको आधारमा १८ वटै समूहलाई बजेट दिने सम्झौता भएको प्रमुख आर्चायको भनाई छ । खनजोत भए लगत्तै कोदो पापर, चिनो कागुनो, मकैं, सिमिको उन्न्त बिउ वितरण गरी खेती गरिने तयारी रहेको कृषि संयोजक आर्चायले बताए ।
किसानको आम्दानी बढ्ने र रैथाने बालीको संरक्षण हुने निश्चित छ । गाउँमा धमाधम बाँझो जग्गा जोत्न थालेपछि स्वदेश तथा विदेशबाट फर्किएकाहरुले रोजगारी पाएको अनुभूति गरेका छन् । सामूहिक खेती प्रणलीको विकास र साझेदारीमा काम गर्न सजिलो भएको स्थानीय युवा मुकेश परियार बताउँछ ।
उता हिका गाउँपालिका पनि ५ लाखको लागतमा बाँझो जगाा खनेजात कार्यक्रम सुरु गरिएको छ । यसअघि तिला गाउँपालिका ६ घोडेगाउमा पनि बाँझो जगा खनेर व्यवसायिक फापर खेती भएको थियो । यसपाली तातोपानी गाउँपालिकामा १८ समूहबाट करिब एकजना भन्दा बढीले आफ्ना बाँझो जग्गा खनजोत गर्दै छन् ।

कसैले बाँझो राख्न पाउनन्
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने स्थानीय सरकारले पनि बाँझो जग्गाको उपयोग गर्ने नीति लिइएको बताउँछन् । उनले भने, “अब कसैले पनि जग्गा बाँझो राख्न पाउने छैनन् । बरु बाँझो जग्गा खनेर खेती गर्नेलाई हौसला र उत्प्रेरणा दिने काम स्थानीय सरकारले गर्ने छ । थप अनुदानदेखि उन्न्त जातको बिउ पनि दिन्छौ, तर किसानले बाँझो खनेर व्यवसायिक खेती गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
तातोपानी गाउँपालिकाले आगामी आवका लागि कृषिमा विनिायेजन गरेको १ करोड बजेट व्यवसायिक कृषिमा मात्र लगानी गर्ने उपाध्यक्ष गंगादेवी उपाध्ययाले बताइन् । साथै कर्णाली प्रदेश सरकारले पनि बाँझो जग्गा खनेर खेती गर्ने किसानलाई प्रोत्साहन दिने कार्यक्रम ल्याएको छ । कर्णाली भरी बाँझो जगा खनजोत कार्यक्रम सुरु भएको छ । सरकारी तथ्यांक अनुसार जुम्लामा १४ हजार र कर्णालीमा भरी ८२ हजार हेक्टर जमिन अहिले पनि बाँझै रहेको छ ।