कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
478

मुगुका विभिन्न स्थानमा कानुनी सन्देशका होर्डिङ्ग बोर्ड राखिएको छ । बिषेश गरी महिला हिंसा, बाल बिवाह, बहुबिवाह, छाउपडी, घरेलु हिंसालगाएत मादक पदार्थ लागु औषध ओसार पोसार प्रयोग जस्ता गतिविधि पछिल्ला दिनहरुका बढ्दै जान थालेपछि यसलाई रोक्न चेतना जगाउने प्रयास गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मातहतका सरोकारवाला फाँट, प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय, जिल्लामा रहेका सरोकारवाला निकायहरुको सम्पर्क नम्बर सोही होर्डिङ्ग बोर्डमा उल्लेख गरिएको छ । जिल्लाका बिभिन्न भागमा कुनै पनि घटना हँुदा प्रहरी र सरोकारवाला निकायहरुमा सम्पर्क गर्नको लागी मोवाइल नम्बरसमेत राखिएको प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी गराएका छन् ।