सागर परियार
बिहिवार, असार २५, २०७७
380

एक घर भत्कीयो,दर्जनौ खेत डुवानमा


जुम्ला -वर्षेनि बाढी पहिरोको जोखिम मोल्दै आएको तातोपानी गाउँपालिका १ स्थित बाईराँका गाउँमा यस वर्षपनि बाढिले क्षेति पुराएको छ । शुक्रबार राती भएको भारी वर्षाका कारण आएको बाढीका कारण एक घर भत्कीएको छ । भने दर्जनौ मार्सी रोपेका खेत ढुवानमा परेका छन् । साथै आधा दर्जन घरहरुमा पानी पसेर भत्कीने अबस्थामा पुगेका छन् ।

शुक्रबार राती १२ बजे आएको बाढीले तातोपानी १ बाईराँका गाउँका सिंह सार्कीको ८ कोठे घर भत्कीएको छ । सुतिरहेकै अबस्थामा घरभित्रै बाढी पसेपछि धौधौले ज्यान जोगाएका सिहंले लत्ता कपडा, अन्नपात, ग्याँस सिलिण्डर, सोलारको व्यट्रि चामल सबै बगाएर लिएको पिडित सार्कीले बताए ।
उनले भने, गाउँपालिका टोली आएर अनुगमन गरी गएको पनि तीन दिन भईसक्यो तर अहिले सम्म केहि राहत आएको छैन् । घर भत्केर पुर्णरुपमा क्षेती भएकाले ८ जना परिवार बिचल्ली भएको आफन्तको गोठ मागेर बसिरहेको दुखेसो गरे । करिब एक लाख बराबरको क्षती भएको पिडित सिंह सार्कीले जानकारी दिए ।
त्यसका साथै स्थानीय नैना शाहि, दिनेश शाहि,केबी शाहि,दुर्गा शाहि र कालि बहादुर शाहिको घरमा बाढी बसेर घरै जलमग्न भएको छ । गाउँ भित्र निर्माण गरिएको अव्यवस्थित सडकका कारण घरभित्र बाढी पसेको नैना शाहिले बताईने ।
गाउँमा तरकारी, कोदो, सिमि लगायतका अन्न लगाएका जमिन समेत पुरिएको स्थानीय माग्ले सार्कीले बताए । स्थानीय सरकार विपद पूर्वाधार व्यवस्थापनलाई प्रभावकारी नगरेका कारण वर्षेनि बाईराँका गाउँ बाढि पहिरोको जोखिममा रहेको समेत टिप्पणी गरे । अहिले गाउनै त्रसित भएका छन् । तत्तकाल राहत र बाढी रोकथामका लागि स्थानीय सरकारले पहल गरीदिन समेत बाईराँका बासीले माग गरेका छन् । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएका उनिहरु वर्षातका कारण खोलाको दुषित पानी पिउन बाध्य भएका छन् ।
दर्जनौ मार्सी रोपेका खेत डुबानमा
गत वर्ष मनपरी नदी कटान तथा नदीजन्य बस्तु उत्खनन्का कारण तिला नदीको बाढीले डुबानमा परेको बाईराँकाका खेतहरु यस वर्ष गाउँबाटै आएको बाढीले डुबानमा परेका छन् । बाईराँका र राँका गाउँ स्थानीयका दर्जनौ मार्सीधान रोपेका खेत डुबानमा परेका हुन् । तिला नदीमा हाल पानीको बहाफ बढेको छैन् ।
स्थानीय दुर्गा शाहिले भनिन,“तिला नदी र गाउँबाट आउने बाढीले यस वर्ष बाईराँ ज्युलो पुरै डुबानमा पर्ने जोखिक निम्तीएको छ ।” गाउँको भिरालो पाखोमा बृक्षारोपण देखि नदीमा अवैध उत्खनन् नरोके सम्म बाईराँका गाउँ बाढीको जोखिमबाट मुक्ता नहुने समेत उनको भनाई छ ।
सयौ स्थानीयका खेतहरु वर्षेनि डुबानमा पर्ने नदीले कटान गर्ने गरेका कारण मार्सी उत्पादन हुने क्षेत्रफल समेत घट्दै गएको छ । तर स्थानीय सरकार भने विपद व्यवस्थापनका नाममा लाखौ बजेट छुटाएपनि प्रभावकारी कार्यान्वयन नगर्दा जोखिम भने उस्तै छ ।
यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार भत्कीएका, खेत डुबानमा परेका तथा सम्भावित जोखिम भएका राहत वितरणका लागि छलफल भईरहेको छ । घटनाको प्रकृति र क्षती अनुसार राहत उपलब्ध गराउने तयारी भईरहेको उनको भनाई छ । १ नम्बर वडाध्यक्ष प्रेम बहादुर कठायतले बाईराँका गाउँमा वर्षेनि आउने बाढीलाई नियन्त्रण गर्नका लागि खोलामा तडबन्द तथा वृक्षारोपण कार्यक्रमलाई अगाडी बढाईने उल्लेख गरे ।