अमरराज आचार्य
सोमवार, असार २२, २०७७
404

दाङ-जिल्लामा लोप उन्मुख स्थानीय बालीप्रति आकर्षण बढदै गएको छ । परम्परागत रुपमा गरिँदै आएका बालीहरु प्रति पछिल्लो समयमा आकर्षण बढेको कृषिका अगुवाहरु बताउँछन् । घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा वि स २०६४ सालदेखि यस क्षेत्रमा स्थानीय जात संकलन गर्ने र संरक्षण गर्दै आएको जनाएको छ । यसका लागि जिल्ला भरबाट उक्त स्थान छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थामा संस्थापक अध्यक्ष राममणि पाण्डेले जानकारी दिए ।
जिल्लाको धेरै स्थानको अध्ययन पछि उपयुक्त स्थानको रुपमा रामपुरलाई छनोट गरेको उनको भनाइ रहेको छ । रामपुर भौगोलिक विविधता भएको क्षेत्र रहेको उनले बताए । उक्त स्थान तराईदेखि पहाडी क्षेत्रसम्म रहेको छ । लिवर्ड संस्थाले करिव ६ वर्ष यस कार्यका लागि सहयोग गरेको स्थानीयहरुको भनाइ रहेको छ । यसरी लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी लिए पछि स्थानीयहरुको यसतर्फ आकर्षण बढेको संस्थापक अधयक्ष पाण्डले बताए । “संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीय लोप उन्मुख जातप्रति आकर्षण बढेको हो” संस्थापक अध्यक्ष पाण्डेले भने । यसअघि स्थानीय जातलाई विश्वास नगर्नेहरु पनि विश्वास गरेर खेती गर्ने थालेको उनी बताउँछन् ।

स्थानीयले स्थानीय जातको बालीको महत्व बुझेपछि अपनत्व समेत गरेको उनको भनाइ छ । अहिले स्थानीय स्तरमा पाइने बाली संकलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले बताए । त्यसैगरी स्थानीय बाली उत्पादन गरेर बजारसम्म पु¥याउने गरेको पाण्डे बताउँछन् । संस्थाले अहिले तिलकी धानको लागि प्रख्यात जिल्ला रहेको भन्दै यसको संरक्षणसँगै विस्तार पनि गरिरहेको जनाएको छ । संस्थाले तिलकीका विभिन्न जातहरुलाई मिलाएर एक वटा बनाउने काम गरेको अध्यक्ष पाण्डेले बताए । पछिल्लो समयमा तिलकी धान लगाउनेहरुको संख्यामा पनि वृद्धि भएको उनको भनाइ छ । उत्पादन गरिएको धानको बीउ बजारसम्म पठाइने गरेको छ । “दाङ तिलकीका लागि पूर्वदेखि पश्चिमसम्म परिचित रहेको छ” अध्यक्ष पाण्डेले भने । यसको पहिचान जोगाइ राख्न आफूहरु लागि परेको बताए ।
रामपुरमा जिल्लामा पाइने लोपोन्मुख बालीहरुको संरक्षण हुँदै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरत पोख्रेलले जानकारी दिए । “पुराना पुराना बालीहरुको संरक्षण गर्ने काम भएको छ” पोख्रेलले भने । धान, गहँु, मकै, तोरी तथा तरकारीका बाली संरक्षण गरिँदै आएको उनको भनाइ रहेको छ । “दाङमा पहिलेदेखि हालसम्म पाइने अधिकाश बालीको संरक्षण गर्ने काम भएको छ” कृषि प्रसार अधिकृत पोख्रेलले भने । कृषिकलाई आवश्यक परेमा बीउसमेत उपलब्ध गराइदिने गरेको उनको भनाइ छ । यसरी संरक्षण गरेर राखिँदा पछिल्लो पुस्तालाई पहिलेका बालीका बारेमा समेत यसको जानकारी लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।