कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
343

लमजुङका कोरोना संक्रमितहरुको संख्या बढेसँगै लकडाउनमा कडाइ गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राईसिस म्यानेजमेन्ट सेन्टर सिएमसीको बैठकले यस्तो निर्णय गरेको हो । लमजुङका कोरोना संक्रमितहरुको संख्या बढेसँगै लकडाउनमा कडाइ गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राईसिस म्यानेजमेन्ट सेन्टर सिएमसीको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर राख्दै अत्यावश्यक बाहेकका पसलहरु सञ्चालनको लागि समय सिमा निर्धारण गरेको छ । बैठकको निर्णय अनुसार औषधी बाहेकका अन्य पसलहरुलाई प्रत्येक दिन बिहान पाँच बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै खोल्न पाउने निर्णय भएको छ ।
बैठकले पेशा व्यवसाय सञ्चालनको क्रममा सुरक्षा सतर्कता र स्वास्थ्य प्रोटोकललाई अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ । बैठकले जिल्ला नाकाहरुमा पनि सुरक्षा सतर्कता अपनाउँदै खाद्यान्न तथा अन्य मालबाहक सवारी प्रवेशको लागि समय तोकेको छ । बैठकको निर्णय अनुसार जिल्ला प्रवेश गर्ने मुख्य पाउदी नाकाबाट बिहान १० बजेभित्र र अपरान्ह चार बजेपछि मात्रै खाद्यान्न तथा मालबाहक सवारी प्रवेश दिने निर्णय गरेको छ ।बैठकले जिल्लाबाट अत्यावश्यक बाहेक सवारी अनुमती नलिएका सवारी साधनलाई सँचालन नगर्ने निर्णय गरेको छ ।
जिल्ला भित्र सञ्चालन हुने निजी सवारी साधनहरुमा पनि सरकारको निर्देशन बमोजिम जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ ।बैठक पश्चात जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेक अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सहायक प्रमूख जिल्ला अधिकारी अनिलकुमार शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना संक्रमणको उच्च जोखिम रहेको अवस्थामा स्वयं सतर्क रहन आग्रह गरिएको छ ।सरकारले गत चैत्र ११ देखि जारी गरेको लकडाउनलाई असारको १ गतेदेखि केहि खुकुलो बनाएको थियो । लकडाउन खुकुलो बनेसँगै कोरोना संक्रमितहरुको संख्या पनि थपिएपछि जिल्लास्थित सिएमसीले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको हो ।

सन्देश पौडेल