सागर परियार
शुक्रवार, असार १९, २०७७
638

सांसद विकास कोषको

जुम्लामा सांसद विकास कोषको चार करोड बजेट स्याउ बगैंचा व्यवस्थापनका लागि खर्च गरिने भएको छ । जुम्लामा स्याउ खेती विस्तार गर्न,स्याउबाटै जुम्लाको आर्थिक समृद्धी गर्ने लक्ष्यका साथ आगामी आवको सासद विकास पूर्वाधार कोषको ४ करोड बजेट स्याउ बगैचा,ओखर बगैचा व्यवस्थापनमै लगानी गरिने प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले बताए ।
उनले भने,“जुम्लाका १९ हजार घरधुरी मध्य १६ हजार घरधुरी स्याउखेतीमा निरर्भर छन् । भने,जुम्लाको कुल खेती योग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर छ । त्यसको तीन हजार सात सय हेक्टर जमिनमा स्याउ खेतीमध्ये एक हजार चार सय ४७ हेक्टर जमिनमा मात्रै स्याउ फल्ने सरकारी तथ्यांक छ ।” यो तथ्यांकलाई हेर्दा अझै ३ हजार घरधुरी स्याउखेतीबाट बन्चित छन् ।

उनिहरुलाई स्याउखेतीको पहुँचमा ल्याउन तथा सबै क्षेत्रफलमा स्याउ खेती विस्तार गर्न सांसद विकास कोष ४ करोड बजेट लगानी गर्ने योजना अघि सारेको सांसद महतले जानकारी दिए
यस अघि जुम्लामा दिइएका टुक्रे योजनाले खासै परिवर्तन नदेखिएको कृषिमा त झनै कुनै प्रभाव नपरेकाले ‘नमूना स्याउ तथा ओखरको बगैंचा’ ब्यवस्थापनमा एक वर्षको सांसद विकास पूर्वाधारको बजेट प्रयोग लक्ष्य राखिएको महतको भनाई छ । गृह जिल्ला जुम्ला पुगेका सांसद महतले बगैंचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकारसँगको समन्वय पछि बृहत बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञहरु, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाह मागेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाइ स्याउ सुपरजोन कार्याल ,कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठि चौरका प्रमुखहरुको सहभागितामा भएको बृहत छलफलले चक्लाबन्दी बगैचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन ? नमुना बगैचा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अभिमुखिकरण सम्पन्न भएको छ ।
तातोपानी क्षेत्रलाई एप्पल जोन
जिल्लाको तातोपानी गाउँपालिकाको गौतम बाडादेखि डाँगीवाडासम्मको जमिनलाई घेरवार, सिँचाई देखी संरक्षण गरि नमूना उत्पादन क्षेत्र बनाईने भएको छ । अमागामी आवमा सांसद विकास कोषको चार करोड लगानीमा तातोपानी क्षेत्रलाई प्रथामिकता दिदै स्याउ बगैचा व्यवस्थापन गरिने छ । ‘जुम्लामा थुप्रै परिवर्तन भएका छन् । तर कृषि सबैको प्रथामिकतामा पर्छ । तर बजेट र नीतिमा सम्बमेधन भएको पाईदैन् ।
कृषि उत्पादन बिना समृद्धि असम्भव भएकाले जिल्लाकै नमुनाको रुपमा स्याउको बगैंचा ब्यवस्थापनमामा लगानी बढाउनुको विकल्प नरहेको विज्ञहरुको भनाई छ । कृषिमा लगानी गर्ने सा.स्कद महतको बृहत प्याकेज कार्यक्रम निकै राम्रो र जिल्लाकै उत्पादनका लागि नमूना रहेको समेत कृषि विज्ञहरुले सुझाव दिएका छन् ।
तातोपानी क्षेत्रमा स्याउ उत्पादनका लागि जगा प्रयाप्त रहेको सांसद विकास कोष लगानी संग समन्वय गरी तातोपानी गाउँपालिकाले पनि स्याउ खेतीका लागि आश्यक लगानी गर्ने अध्यक्ष नवराज न्यौपानले बताए । कृषिमा १ करोड बजेट विनियोजन गरेका छौ स्याउखेती लगायतका व्यवसायीक कृषिलाई पहिलो प्रथामिकता दिईने लक्ष्य रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।