प्रकाश लम्साल
शुक्रवार, असार १९, २०७७
417

बारा-खेतमा धान रोप्न गएका बेला परेको चट्याङले बारामा बिहीबार चार महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका चार महिला किसानको चट्याङ लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१२ शीतलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका–१ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतीदेवी महतो छन् । उनीहरू चारैजनाको घटनास्थलमै मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए

चट्याङ लागेर घाइते भएकाहरू तीन जनाको कलैया अस्पतालमा र ७ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक गौतम मिश्रले चट्याङ लागेर फेंटा गाउँपालिका–१ मै ७ जना महिला गम्भीर घाइते स्थानीय बच्वादेवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लीलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका छन् । उनीहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा र बाराकै सुर्वण गाउँपालिकाको चरमोहना गाउँकी सीमा देवी, कलैया उपमहानगरपालिका–१२ की मरियम खातुन र कलैया उपमहानगरपालिका–१० का १२ वर्षीय बालक रन्जित कुशवाहाको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उपचार भइरहेको बताए ।
मृतकको शव पोष्टमार्टम गरी कलैया अस्पतालबाट आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । यसैबीच बारामा बिहीबार बिहान चट्याङ लागेर ज्यान गुमाएका बाराका चारजना महिलाको परिवारलाई प्रदेश २ सरकारले मन्त्रिपरिषद्को बैठकले परिवारलाई जनही १÷१ लाख रुपैयाँ राहत दिने राहतको घोषणा गर्दै चट्याङले घाइते भएकाको उपचार खर्च पनि प्रदेश सरकारले नै बेहोर्ने निर्णय गरेको छ ।
फेटा गाउँपालिकाले त्रिवेणीमा चट्याङ लागेर मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५० हजार तत्काल राहत दिने भएको छ ।