दिलबहादुर केसी
बुधवार, असार १७, २०७७
577

दोलखा-तीन दिनअघि भारत हुँदै नेपालको तराई क्षेत्रमा छिरेको सलह कीरा हिमाली क्षेत्रसम्म देखा परेको छ । मंगलबार दिउँसो बिगू गाउँपालिका–५ चिलंखामा लाखौंका संख्यामा सलह देखा परेपछि स्थानीयहरू आतंकित भए ।
सलह आएर मकैका बोटमा बस्न थालेपछि स्थानीयले गाउँपालिकामा खबर गरे । बिगू गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले सलह एक्कासि गाउँमा देखिएको बताए । सलहले किसानका बालीनाली नष्ट गर्ने चिन्ता छ । “एक्कासि यस्तो कीरा देखियो, कसरी नियन्त्रण गर्ने र बालीनाली बचाउने भन्ने चुनौती थपियो,” उनले भने, “गाउँपालिकामा यस्तो कीरा नियन्त्रणको नत स्रोत र साधन छ न त ज्ञान नै ।”

कीरा देखिएपछि चिलंखामा स्थानीयले समात्न थालेका छन् । स्थानीय प्रवीण खड्काले सलह गाउँभरि उडिरहेको छ । दिउँसो वडा कार्यालय क्षेत्रमै बसेर आफूहरू कीरा टिप्न व्यस्त रहेको बताए ।
सलह नेपालमा देखिएको दोस्रो दिनमै विगू गाउँपालिका–१ लामाबगरमै देखिएको थियो । टेलिभिजन र सामाजिक सञ्जालमा देखिएको सलह जस्तै लागेपछि स्थानीयले समातेका थिए । ठूलो संख्यामा नभए तापनि एका दुईको संख्यामा लामाबगरमा देखिएको स्थानीय प्रदीप सुनुवारले बताए ।
बिगू गाउँपालिकाको लामाबगर र चिंलंखा दुवै हिमाली गाउँ हो । नजिकै हिमाल रहेको छ । गर्मीमा मात्र आउने सहल प्रतिकूल मौसमका बीचमै हिमाली क्षेत्रसम्म आइपुगेका हुन् । हिमाली क्षेत्रमा वर्षाको मौसममा प्रायः बादल लागि रहन्छ । त्यसैगरी चरिकोट बजारमा पनि सलह देखिएको हो । दुई हजार मिटर उचाइमा रहेको चरिकोट बजारमा सलह देखिएको स्थानीय अनिल श्रेष्ठले